Wednesday, June 13, 2018

१० जिवनदान दिने प्राकृतिक ‘एन्टिबायोटिक औषधि’हरु

बजारमा पाइने ‘एन्टिबायोटिक’ औषधीको बिभिन्न साइड इफेक्ट हुन्छन । तर, तिनको सट्टा प्राकृतिक रुपमै पाइने यि खानेकुराले कुनै साइड इफेक्ट नगरि एन्टिबायोटिकले जस्तै काम गर्छन । यिनिहरुमा एन्टिबायोटिकको मात्रा कम हुनाले ढिलो असर गर्ने भए पनि यिनले पनि शरिरमा रोगसँग लड्ने शक्ति बढाउन मद्दत गर्छन।

१. लसुन – लसुनमा ‘एलिसिन’ नामक गरेको एक तत्व पाइन्छ जसले मुटुमा हुने समस्याबाट हामिलाइ बचाउँन मद्दत गर्छ । खालि पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाँदा फाइदा हुन्छ ।

२. मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले हामिलाइ संक्रमण हुनबाट बचाउँछ । कागति पानिमा थोरै मह घोलेर पिंउदा फाइदा हुन्छ।

३. दालचिनि – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरिर भित्र हुने खराव पदार्थ अर्थात toxin लाइ हटाउन मद्दत गर्छ । दालचिनिलाइ तरकारि मा मसलाको रुपमा वा चियामा हालेर पिउँदा पनि फाइदा हुन्छ ।

४. बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले शरिरमा immunity बढाउँन सहयोग पुर्याउँछ । बेसारलाइ तरकारिमा हालेर पकाउनुको बाहेक दुध वा पानीमा हालेर पिउँदा पनि फाइदा हुन्छ । ब्याक्टेरियल इन्फेक्सन भएर घाँटि दुखेको बेलामा एक चम्चा बेसार मुखमा हालेर दुध वा पानिले निल्दा फाइदा गर्छ ।

५. सुन्तला – सुन्तलामा पाइने भिटामिन सी ले पनि रोग प्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।

६. तुलसि – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट हामिलाइ बचाउँछ । तुलसिको पात खाने वा चियामा हालेर पिउदा पनि फाइदा हुन्छ ।

७. अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँन सहयोग गर्छ । अदुवालाई तरकारिमा मसलाको रुपमा वा चियामा हालेर पिउन सकिन्छ ।

८. हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर वा अचार वा तरकारिमा हालेर खान सकिन्छ ।

९. रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ । हरियो खुर्सानिमा हुने भिटामिन सि ले पनि रोगसंग लड्ने क्षमता बढाउँछ ।

१०. प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर वा तरकारिमा हालेर खान सकिन्छ।



Saturday, March 24, 2018

यौन शक्ति बढाउने ५ घरेलु औषधिहरु

के तपाईको यौन जीवनमा समस्याहरु छन? यौन सम्पर्क गर्न मन लाग्दैन वा यौन सम्पर्क गर्दा भरपुर मनोरन्जन हुँदैन ? तेसो हो भने त्यस्ता समस्याहरुलाइ लुकाएर बस्नुभन्दा पनि तिनको समाधान खोज्नु पर्दछ। नियमित यौन क्रियाकलाप गरिरहेको मानिस र त्यसरि यौन क्रियाकलाप गर्न नपाएको व्यक्तिका व्यवहार निकै फरक हुन्छन । त्यसैले यौन स्वास्थ्यको दर्पण पनि हो ।

यौन शक्ति बढाउन भनेर प्रयोग गरिने डाक्टरि औषधिले तपाइको स्वास्थ्यमा नकाररात्कम प्रभाव पनि पार्न सक्छ । तर यहाँ प्रस्तुत औषधिहरु, औषधि नै होइनन - हामिले दैनिक प्रयोग गर्ने खानेकुराहरु हुन । यिनको उचित प्रयोगले तपाइको यौन शक्ति बढ्नुको साथै जिवन शुखमय हुन्छ :

अमला र मह

दुइ चम्चा अमलाको रसमा एक चम्चा सुकेको अमलाको चुर्ण मिलाउनुहोस् । त्यसमा एक चम्चा शुद्ध मह मिलाएर दिनमा दुइ चोटि सेवन गर्नुहोस् । यसको नियमित प्रयोगले यौन शक्ति बढाउँछ ।

दुध र अश्वगन्धा

खाने दुधमा अश्वगन्धाको चुर्ण आधा चम्चा हालेर बिहान र बेलुकी खाने गर्नुपर्छ । यो यस्तो औषधि हो जसले यौन शक्ति बढाउनुका साथै धेरै पुरुषहरुमा देखिने शिघ्रपतनको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

प्याज, मह र मिस्रि

आधा चम्चा प्याजको रस लिनुहोस् र त्यसमा आधा चम्चा मह मिलाउनुहोस । त्यस घोलमा आधा चम्चा मिस्रि मिलाएर बिहान र बेलुका खाने गर्लाले पनि यौन क्षमता वृद्धि हुन्छ ।

तुलसी र दुध

तुलसिको बिउको चुर्ण बनाएर त्यसलाइ खाने दुधमा हालेर बिहान र बेलुका नियमित खाने गर्नाले पनि यौन दुर्बलता हट्छ । तुलसिलाइ प्राचिनकालदेखि नै यौनवद्र्धक वनस्पति मानिएको छ।

पिपल र दुध

पिपलको फल र पिपलको जरालाई कुटेर मिश्रण बनाउनुहोस् । सय मिलिलिटर दुधमा दुइ चम्चा पिपलको फल र जराको मिश्रण घोलेर उमाल्नुहोस् । यसलाई छानेर बिहान र बेलुका खाने गर्नाले पनि यौन शक्तिमा वृद्धि हुन्छ ।

यसरि यौनवर्धक खानेकुरामा अमला, मह, दुध, प्याज, तुलसि, पिपल आदिलाइ मान्न सकिन्छ ।

Friday, January 26, 2018

के हस्तमैथुन समस्या हो ?

हस्तमैथुन भनेको के हो ?


आफुले आँफ्नै यौनांग चलाउने खेलाउँने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने क्रियाकलापलाई हस्तमैथुन भनिन्छ। यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौन अंगको घर्षण मुख्य तरिका हो। हस्तमैथुन गर्दा मात्र होइन, बिपरितलिंगि वा समलिंगि साथिसंग सम्भोग गर्दापनि दुई व्यक्तिको यौनअंगहरु एकआपसमा घर्षण नै गराइन्छ । हस्तमैथुन गर्नु वा सम्भोग गर्नु वास्तमा एउटै कुरा हुन ।

मानिसले आफ्नो यौन अंग अरू कसैको यौन अंगमा घर्षण गराएर मात्र यौन आनन्द प्राप्त गर्ने हुँदैहोइन । यौन अंग वा ति बाहेक जहाँ घर्षण गरेर पनि यौनानन्द लिन सकिन्छ । तेस्तै, यौन क्रिया हो हस्तमैथुन - जसबाट यौन सम्पर्कबाहेक अन्य तरिकाबाट यौन आनन्द तथा यौन चरमसुख प्राप्त गर्न सकिन्छ ।

सिद्वान्तत: सम्भोग गर्दा वा हस्तमैथुन गर्दा यौन अंगको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै हो । त्यसैले जसरि सम्भोग गर्दा कुनै पनि हानि हुँदैन, त्यसरि नै हस्तमैथुन गर्दा पनि कुनै हानि हुँदैन । तेसैले हस्तमैथुन कुनै समस्या नै होइन।

के हस्तमैथुन सुरक्षित छ ?


यसको सजिलो उत्तर - "सुरक्षित तरिकाले गरेको हस्तमैथुन सुरक्षित हुन्छ।"

सामान्यत: हस्तमैथुन आफैंले कुनै पनि खराबी गर्दैन । तर, जब मानिसहरु हस्तमैथुनको बारेमा नकारात्मक सोच्छन, त्यस पछि भने समस्या आउन सक्छ । जस्तो कि, हस्तमैथुन गरेर हीनताबोध वा दोषीपन महशुस गरेमा मानसिक समस्या हुन सक्छ । हाम्रो स्वस्थ यौन विकासमा हाम्रा सामाजिक मूल्य–मान्यताको पनि ठूलो भूमिका हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा मूल्य–मान्यताले आन्तरिक रूपमा द्वन्द्वात्मक स्थिति सिर्जना भए नकारात्मक असर देखा पर्छन् । यस्ता नकारात्मक असरबाट जोगिन हामीले मनबाटै नकारात्मक धारणा निकाल्न सक्नुपर्छ ।

सुरक्षित हस्तमैथुन भनेको के के हो त?
१) हस्तमैथुनले कुनै खरावि गर्दैन भनेर विश्वास गर्ने । "होला" भनेर होइन, मन देखिनै, पुर्णरुपमा विश्वास गर्ने ।
२) यौन अंगको छाला र बनावट कमलो हुन्छ । तेसैले ति अंगमा घाउचोट लाग्ने कुनै पनि सामाग्रि प्रयोग नगर्ने। बल प्रयोग नगर्ने । जस्तो कि शिशाका, काठका, फलामका, तिखो, धार भएका सामग्रि प्रयोग नगर्ने।
३) बिस्तारै र समयलगाएर, चिल्लो घसेर हस्तमैथुन गर्ने ।
४) अरुले नदेखुन जस्तो लाग्छ भने, एकान्तमा, झ्याल ढोका बन्द गरेर, आवाज बाहिर नजाने गरेर हस्त मैथुन गर्ने ।
५) अझ, आँफ्नो यौन पार्टनर हुनेले ति पार्टनरलाई पनि हस्तमैथुन गर्न सहयोग गर्दा यो सम्बन्धि नकारात्मक असरबाट छुटकरा मिल्छ।



Sunday, December 3, 2017

हस्तमैथुनले तौल घटने, सोच्ने शक्तिमा कमि हुन्छ हो? (अन्धविस्वास)

नियमित हस्तमैथुनले स्वास्थमा कुनै असर गर्दैन, बरु यसले यौनिक तनावलाइ कम गरेर ब्यक्तित्व बिकासमा सहयोग गर्छ ।

सोच्ने शक्ति र हस्तमैथुन

हाम्रो समाजले हस्तमैथुनलाइ जबरजस्ति खराब कार्य बनाएको हो। हुन त, यौन क्रिडा नै खराब हो भनेर ब्रम्हचारि भएर बस्नु राम्रो हो भनेर भन्ने मानिसहरु पनि नभएका होइनन । हाम्रै समाजमा धेरै हाँस्न हुन्न, धेरै हास्यो भने रुनु पर्छ भनेर भन्ने पनि छन।

हस्तमैथुन गर्न हुँदैन भन्नु र धेरै हास्नु हुन्न भन्नु उस्तै हो !

हस्तमैथुनले सोच्ने शक्तिमा कुनै खरावि गर्दैन । सोच्ने शक्ति र हस्तमैथुनको बिचको सम्बन्ध बुझ्न निम्न उदाहरण उपयोगि होला:

हर्के भर्खर १७ बर्षको भयो । पुर्ण यौवनको मात चढिसकेको हर्केलाइ केटिहरु देख्ने बित्तिकै काउकुति लाग्न थाल्छ । उनिहरुको स्तन, नितम्बमा आँखा पुग्छ, भित्र कस्ता होलान, समात्दा कस्तो अनुभव हुन्थ्यो होला । सोच्दा सोच्दै उ बोल्न नै बिर्सिन्छ, लल्याक लुलुक हुन्छ । केटिहरुले हर्केको मनोदशा बुझ्दैनन, उसलाइ लजालु केटा भन्ठान्छन, आफ्नो बाटो लाग्छ्न । उ लुकिचोरि केटिहरुको अंग अंग नियाल्दै दिन बिताउँछ । सुत्ने बेलामामा पनि केटिहरुका पुष्ट स्तन र नितम्ब आँखा वरिपरि नाचिरहन्छन, बिहान उठदा उसको लिंग सँधै ठाडो भइ रहेको हुन्छ । सपनामा पनि ठिटिहरुले छोड्दैनन र बेलाबेलामा स्वप्नदोष पनि भइ रहन्छ । राति स्वप्नदोष भएर बिउँझदा कट्टु भिजेको देख्दा उसलाइ धेरै ग्लानि हुन्थ्यो । उसले त स्वप्नदोष हुनु पनि राम्रो होइन भन्ने सुनेको थियो । उ अति नै चिन्तित हुन थाल्यो । चिन्ताले पढाइमा समस्या आउन थाल्यो ।

एक दिन उसको एउटा साथि बिर्खेको घरमा एउटा यौन उपन्यास फेला पार्यो।

हर्केले प्रतिक्रिया दियो, "हैट, यस्तो किताव पनि पढ्छन ? मान्छेको मति बिगार्ने किताव।"

बिर्खे "के भन्या तेस्तो, यो त मलाइ हस्त मैथुन गर्न सहयोगि किताव हो।"

हर्के - "हस्तमैथुन त नपुंसकले मात्रै गर्छ।"

बिर्खे - "कस्ले भन्यो? तलाइ थाहा छ, म कसरि नलजाइ केटिहरुसंग बोल्न घुलमिल हुन सक्छु?"

हर्के - "कसरि नि?"

बिर्खे - "बेलाबेलामा हस्तमैथुन गर्ने हुनाले मलाइ केटि देख्ने बित्तिकै यौन चहाना बढ्दैन। तेसैले उनिहरुसंग साथिको जस्तो ब्यबहार गर्न सक्छु। हस्तमैथुन गर्नु भनेको आँफुले आँफैलाइ शान्त बनाउनु पनि हो। खासमा कतिपय केटिहरुले पनि हस्त मैथुन गर्छन । यस्तो गर्दा सामाजिक समस्या पनि कम हुन्छ, रमाइलो पनि हुन्छ ।"

हर्के - "हो र ? मैले त यस्तो सोचेकै थिइन ! मलाइ पनि त्यो उपन्यास पढन मन लाग्यो।"

के तपाइले पनि हर्केले जस्तै सोच्नु भएको थियो, कि बिर्खेले जस्तो । बिर्खेको कुरा एकदम नै सहि छ । युवावस्तामा मानिसलाइ यौनको चहाना हुन्छ। यौन इच्छालाइ शान्त बनाउने उपाय नभएमा मानिसको मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ ।

तेसैले, हस्त मैथुन गर्ने मानिसको सोच्ने सक्ति बढि हुन्छ, अनि पढाइमा पनि सफल हुन्छन ।

हस्तमैथुन र शरिरको तौल


शरिरको तौल घटनु भनेको धेरै क्यालोरि खर्च हुनु हो । हस्त मैथुन गर्ने प्रक्रिया अनुरुप कति क्यालोरि खर्च हुने कुरा निर्धारण हुने भए पनि साधारणतया एक पटक हस्त मैथुन गर्दा १०० देखि १५० क्यालोरि सम्म खर्च हुन सक्छ । १०० क्यालोरि खर्च गर्नु भनेको करिव डेढ किलोमिटर डौडिनु बराबर हुन्छ । तेसैले हस्तमैथुन गर्दा खर्च हुने बराबरको खान्कि थप नगरेमा शरिरको तौल घटन पनि सक्छ ।

मोटा ब्यक्तिको लागि त तौल घट्नु राम्रो कुरा हो । दुब्लो पातलो ब्यक्तिले हस्त मैथुन गरे पछि एक कप जुस वा दुध वा चिनिहालेको चिया मात्रै खाए पनि खर्च भएको क्यालोरि पुर्ति हुन्छ ।

Wednesday, January 18, 2017

जानी राखौं, शास्त्र अनुसार सहवासका लागि अत्यन्त हानिकारक ५ अवस्था

यौन सहवास जीवनको एउटा अभिन्न पक्ष हो । यौन सहवासबाट मानिसको जीवनको शुरुवात हुने र जिवन भर नै यौन क्रियामा सक्रिय हुने हुँदा सबै प्राणीलाई यौनको बारेमा चासो र कौतुहलता हुन्छ । अन्य प्राणीले यौनलाइ संतान उत्पादनको तरिका मात्रै माने पनि मानिसले भने यसलाइ आनन्दको एक साधन पनि मान्ने गर्छ । मानिसको स्वास्थ र सामाजिक मर्यादाको लागि शास्त्रमा निम्न यौन सम्बन्ध राख्न नुहने अवस्थाहरु उल्लेख गरिएका छन ।

शास्त्र भन्छः

१– होसमा नभएको बेला यौन सम्बन्ध राख्नु हुँदैन । स्त्री वा पुरुष एक जना मात्र होसमा नहुँदा पनि यौन सम्बन्ध राख्दा शरिरमा नकारात्मक प्रभाव पर्नुका साथै मानिसको जीवनका लागि समेत घातक हुन सक्ने सम्भावना हुन्छ । तेस्तै नशामा रहेको ब्यक्तिसँग पनि यौन सम्बन्ध राख्नु हुँदैन । सहि गलत छुट्टाउन कठिन हुने यस्तो समयमा यौन सम्बन्ध राख्नु उचित मानिँदैन ।

२ – बिरामी भएको बेलामा यौन सम्बन्ध राख्नु हुँदैन । यौन जोडीमा कोही अस्वस्थ रहेको अवस्थामा यौन सम्बन्ध राख्नु हुँदैन । यौन सम्पर्कले तपाइँको स्वास्थ्यमा थप प्रतिकुल असर गर्न सक्नुका साथै स्वास्थ्य थप जटिल हुन सक्छ । यौन सम्पर्कले रोग सर्ने सम्भावना का साथै यस्तो सहबासबाट जन्मिने बच्चा समेत अस्वस्थ हुन सक्ने सम्भावना रहन्छ । तेसैले स्वस्थ्य ठिक भएको समयमा मात्रै यौन सम्पर्क गरौं ।

३ – अनिन्द्राले ग्रस्त, चिन्ता ग्रस्त, थकित बेलामा यौन सम्बन्ध राख्नु हुँदैन । शास्त्रले अनिद्राले पीडित अवस्थाको ब्यक्तिलाइ पनि रोगी नै मानेको हुनाले यस्तो बेलामा यौन सम्बन्ध राख्न बर्जित गरेको छ । तेस्तै, चिन्ताग्रस्त अवस्थामा पनि यौन सम्बन्ध राख्नु उचित मानिँदैन । यस्तो अवस्थामा गरिने यौन सम्बन्ध पीडादायक हुन सक्छ । तेस्तै, कुनै कुरा गुमाएर दुःखी भएको ब्यक्तिलाई यौन सम्बन्ध राख्न बाध्य पार्नु खराव मानिन्छ । तेस्तै, धेरै थकित अबस्थामा यौन सम्बन्ध राख्नु हुँदैन । शरीर धेरै थाकेको बेला यौन सम्बन्ध राखेर्का स्वस्थ्यमा प्रतिकुल असर गर्न सक्छ । तेसैले स्वस्थ र स्फुर्त हुँदाको अवस्थामा मात्र यौन सम्बन्ध राख्नु स्वस्थकर मानिन्छ ।

४ – अत्याधिक यौनिक भावना आएको समयमा पनि यौन सम्बन्ध राख्नु हुँदैन । यस अघिका अवस्थाहरु यौन क्रियाकलाप गर्न रहर र जाँगर नलाग्ने अवस्था थिए भने यो अलि भिन्न अबस्था हो । मनमा यौनिक भावना आएको बेलामा नै यौन क्रिया गर्नु पर्छ । तर, त्यहि यौनिक भावना अत्यधिक मात्रामा आएमा सो ब्यक्तिले होस गुमाउने सम्भावना रहन्छ । यसारी अत्याधिक यौनिक भावना आएर होस गुमाएको अवस्थामा गलत ब्यक्तिसँग सहवास गर्ने, गलत तरिकाले र स्वस्थ्य प्रतिकुल जोखिम उठाएर सहवास गर्ने सम्भावना रहन्छ । तेसैले यस्तो बेलामा सहवास गर्दा सामाजिक जीवन बरबाद हुन सक्छ भने यस्तो अवस्था बुझेर ब्ल्याकमेल गरेर गलत फाइदा लिने सम्भावना पनि उत्तिकै हुनसक्छ।

५ – स्त्री महिनावारी भएको समयमा र पुरुष वा महिला ब्रत बसेको समयमा यौन सम्बन्ध राख्न वर्जित छ । स्त्री महिनावारी भएको समयमा सरसफाइको साथै रोग संक्रमणको खतरा पनि उच्च हुन्छ । तेसैले शास्त्रको साथ साथै चिकित्सकहरुले समेत यस्तो अवस्थामा यौन सम्पर्क नगर्न सुझाव दिन्छन । तेस्तै कुनै ब्यक्ति पुजा, व्रत वा ध्यानमा छ भने पनि यौन सम्बन्ध राख्न उचित हुदैन । यस्तो समयमा गरिने यौन सम्बन्धलाई शास्त्रमा महापाप भनिएको छ ।

Friday, December 2, 2016

सेक्स कतिपटक गर्दा राम्रो हुन्छ ?

मानिसहरुमा यौन चाह कम वा बढि हुन सक्छ । धेरै सेक्स चहाना हुने र कम सेक्स चहाना हुनेको बिचमा जोडि बन्यो भने सम्स्या हुन सक्छ । अनि, धेरैले प्रश्न गर्छन - सेक्स कतिपटक गर्दा राम्रो होला ?

यहि पटक नै सेक्स गर्दा राम्रो हुन्छ भन्ने कुनै नियम छैन । तेसैले, यौन साथिको चाह र आफ्नो चाहको मिलावटले जति पट्क गर्दा आफुँलाइ संतुष्टि मिल्छ त्यति पटक गर्दा राम्रो हुन्छ । तेसैले शारिरिक आवश्यक्ता अनुसार नै सेक्स गर्नुको बिकल्प छैन । चाह नभै सेक्स गर्ने कुरा भएन । चाह हुँदा हुँदै नगर्दा पनि तनाव हुने, र आफ्नो अन्य कार्यमा अबरोध हुन सक्छ । श्रिमान श्रिमति वा प्रेमि प्रेमिकाको बिचमा आत्मियता र प्रेमको लागि पनि नियमित यौन सम्पर्क गर्नु उचित हुन्छ ।

यस बिषयमा भएका धेरै अध्ययन नभए पनि केहि अध्ययनले हप्तामा एक दिन बिराएर वा तिन चोटि सम्म सेक्स गर्नु राम्रो हुने बताइएको थियो । सो अध्ययन अनुसार यसरि हप्तामा तिन चोटि सम्म सेक्स गर्दा सेक्स प्रति लगाव रहिरह्न्छ र सेक्स प्रति वितृष्णा पनि जाग्दैन । यसले यौन आकर्षणलाइ पनि ताजा राख्न सहयोग गर्दछ ।

बिहानै सेक्स


हाम्रो समाजमा सबैले सेक्स गर्ने भए पनि कसैले पनि कहिल्यै सेक्स गर्दैनन कि जस्तो ब्यबहार गर्ने चलन छ । तेसैले सेक्स एकान्त र सबै सुतिसकेपछि रात मा गर्ने चलन छ । तर, रातमा भन्दा पनि बिहान सेक्स गर्दा दिन राम्रो हुने सम्भावना रहन्छ । सेक्स पछि मनमा भएका तनाव कम हुन्छन, मान्छेको स्वभाव सजिलो र रमाउने हुन्छ तेसैले बिहान यौन सम्पर्क गर्दा दिन राम्रो हुन सक्छ । बिहान गर्ने सेक्सका फाइदाहरु :


  • एकाविहानै सेक्स गरे दिनभरि "मुड फ्रेस" हुन सक्छ ।
  • बिहानको समयमा शरिरमा बढि मात्रामा सेक्स हार्मोन्सको उत्पादन हुने बताइन्छ । तेसैले होला बिहान उठदा धेरै जसो पुरुषहरुको लिंग ठाडो भइ रहेको हुन्छ । यसलाइ अंग्रेजिमा मर्निंग बोनर्स (morning boners) पनि भनिन्छ ।
  • सेक्सले क्यालोरि जलाउन मद्दत गर्ने भए पनि यसले थकाइ लाग्दैन । तेसैले, यौन पार्टनर दुबैजनालाइ दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुष हुन्छ ।
  • विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि गढि हुने बताइन्छ ।
  • विहानको सेक्स ब्रेकफाष्ट वा अन्य खानेकुरा नखाइ गर्नु उत्तम हुन्छ ।

Friday, February 12, 2016

HIV त लागेन ?

प्रश्न - हाल म अफगानिस्तानमा काम गर्दै छु । आज भन्दा पाँच दिन अगाडि मैले एक युवतीसंग यौन सम्बन्ध राखेको थिए तर, यौन सम्पर्क को बेला कण्डम भित्र नै फुटेको रैछ पछि मात्रै थाहा भयो । तेस्को भोलिपल्ट लिङ चिलाउने र साना बिमिरा लिङमा देखिन थाल्यो । दुइ दिन पछि ति बिमिरा आफै हराएर गयो र अहिले सबै ठिक छ । तर, मलाइ डर लागि रहन्छ कि मलाइ HIV त भएन भनेर । म के गरौं, कृपय जवाफ दिनुहोला।

HIV को लक्षण देखिन ८-१० बर्ष लाग्छ तेसैले तपाइले दिएको लक्षण HIV लागेको ले होइन ।

तपाइले भने अनुसार ती बिमिरा डराएको कारण ले आएको र अहिले ठिक भएको पनि हुन सक्छ । वा, कुनै यौन रोग सरेर ठिक भएको पनि हुन सक्छ । डाक्टरको मा गएर चेक गर्नु उपयुक्त हुन्छ ।

HIV को बारेमा
AIDS (acquired immune deficiency syndrome) र HIV (Human immunodeficiency virus infection) फरक कुरा हुन । HIV भन्नाले AIDS रोग लगाउने किटाणु शरिरमा पस्नु भन्ने हो । तर, HIV किटाणु शरिरमा हुँदैमा AIDS रोग लागि हाल्दैन । तेसैले HIV परिक्षण गरेर यसको औषधि गरे आ AIDS को रोकथाम गर्न सकिन्छ । HIV किटाणु सरेको चाँडै पत्ता लागेमा आजकाल औषधिले नियन्त्रण गर्न सकिन्छ । ते

सैले एकपटक HIV test गर्नुहोला । Be safe than sorry !! आजकाल घरमै HIV टेस्ट पनि गर्न सकिन्छ । अफगानिस्तानमा पाइन्छ कि पाइदैन त्यो बारेमा भने अनलाइनमा बुझ्नुहोला।