Monday, October 12, 2015

महिनावारीमा यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?

छोटकरी उत्तर - महिनावारीमा पनि यौनसम्पर्क गर्न हुन्छ !

हाम्रो समाजमा महिनावारी भएकी महिलालाई ‘अछुत’ जस्तो व्यवहार गरिन्छ जुन एकदम गलत हो । खासमा महिनावारी भएकी महिलालाइ स्याहार सुसार र माया गर्नु पर्छ । सुदूरपश्चिमका केही स्थानमा रहेको छाउपडी प्रथा एकदमै गलत प्रथा हो जसले महिलाहरुलाइ रोगको संक्रमण र इन्फेक्सन गर्न सक्छ सक्छ ।

महिनावारीका समयमा महिला र पुरुषबीच यौनसम्पर्क हुने कुरा पनि सामाजिक दृष्टिले वर्जित गरेको भने पनि हुन्छ। हिन्दू धर्मशास्त्रमा महिनावारीका बेला नारी अछुत हुने र त्यस्तो बेला सम्भोग गर्ने पुरुष नर्कमा जाने उल्लेख छ, जुन बकवास कुरा हो । त्यसैले होला कतिपय रजस्वला भएकी स्त्री आफैं पनि सम्भोगका लागि तयार हुँदिनन् । रजस्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेतका गलत धारणा समाजमा छन । यद्यपि पछिल्लो समयमा धेरै मानिसहरुमा त्यस्तो मानसिकता बदलिँदै गएको पाइएको छ । खासमा, चिकित्साशास्त्रले पनि महिनावारीका बेला गरिने सम्भोगलाई सामान्य नै मान्छ ।

आफ्नो ब्यक्तिगत सरसफाइलाइ ध्यान दिएर महिनावारीका बेला गरिने सम्भोगले घाटा भन्दा पनि फाइदा नै पुर्याउँछ, जस्तै:

गर्भ रहने सम्भावना कम

महिनावारीका बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुने स्वास्थ्य विज्ञानले बताउँछ । यद्यपि महिलाको योनिभित्र छिरेको वीर्यमा भएका शुक्रकीट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर, धेरै जसो अबस्थामा महिनावारीको समयमा गर्भ रहंदैन ।

पाठेघरमा असर गर्दैन

महिनावारीका बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुला हुने भएकाले लिंगले हानि पुर्‍याउने अनुमान कसैले गरेका हुन्छन् तर त्यो सही होइन । लिंग पाठेघरको मुखसम्म पुग्न नै सक्दैन र पाठेघरकओ निकै साँघुरो मुखबाट छिर्ने सम्भावना पनि हुँदैन ।

चिकित्साशास्त्र

चिकित्साशास्त्रले महिनावारीका बेला गरिने सम्भोगलाई सामान्य मान्छ । डाक्टरहरुका अनुसार महिनावारीका बेला बगेको रगतले लिंगमा कुनै असर गर्दैन। तर, यस्तो बेलाम यौन सम्पर्क गरिसके पछि भने यौन जोडि दुबैले राम्ररी सफा गर्नु पर्ने डाक्टरहरु बताउँछन् । यदि महिलामा यौन रोग छ भने त्यस्तो रगतबाट पुरुषमा संक्रमण हुने सम्भावना चाहिँ बढी हुन्छ । त्यसैले यौनसम्पर्कका बेला सावधानी अपनाउनु राम्रो हुन्छ ।

रगत बग्ने क्रम चाँडै रोकिन्छ

महिनावारीका बेला यौनसम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिट्टै रोकिन्छ । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटि धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

महिलालाइ तल्लो पेट दुखाइ कम

कतिपय महिलालाइ महिनावारीको बेलामा तल्लो पेटमा धेरै दुखाइ हुने गर्छ । तर महिनावारीका बेलामा यौनसम्पर्क गर्ने महिलामा भने दुखाइ कम हुने गरेको पाइएको छ । यसका कारण धेरै हुन सक्छन् – पहिलो, चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ । त्यस्तै, दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्नकम हुन्छ ।