Wednesday, January 18, 2017

जानी राखौं, शास्त्र अनुसार सहवासका लागि अत्यन्त हानिकारक ५ अवस्था

यौन सहवास जीवनको एउटा अभिन्न पक्ष हो । यौन सहवासबाट मानिसको जीवनको शुरुवात हुने र जिवन भर नै यौन क्रियामा सक्रिय हुने हुँदा सबै प्राणीलाई यौनको बारेमा चासो र कौतुहलता हुन्छ । अन्य प्राणीले यौनलाइ संतान उत्पादनको तरिका मात्रै माने पनि मानिसले भने यसलाइ आनन्दको एक साधन पनि मान्ने गर्छ । मानिसको स्वास्थ र सामाजिक मर्यादाको लागि शास्त्रमा निम्न यौन सम्बन्ध राख्न नुहने अवस्थाहरु उल्लेख गरिएका छन ।

शास्त्र भन्छः

१– होसमा नभएको बेला यौन सम्बन्ध राख्नु हुँदैन । स्त्री वा पुरुष एक जना मात्र होसमा नहुँदा पनि यौन सम्बन्ध राख्दा शरिरमा नकारात्मक प्रभाव पर्नुका साथै मानिसको जीवनका लागि समेत घातक हुन सक्ने सम्भावना हुन्छ । तेस्तै नशामा रहेको ब्यक्तिसँग पनि यौन सम्बन्ध राख्नु हुँदैन । सहि गलत छुट्टाउन कठिन हुने यस्तो समयमा यौन सम्बन्ध राख्नु उचित मानिँदैन ।

२ – बिरामी भएको बेलामा यौन सम्बन्ध राख्नु हुँदैन । यौन जोडीमा कोही अस्वस्थ रहेको अवस्थामा यौन सम्बन्ध राख्नु हुँदैन । यौन सम्पर्कले तपाइँको स्वास्थ्यमा थप प्रतिकुल असर गर्न सक्नुका साथै स्वास्थ्य थप जटिल हुन सक्छ । यौन सम्पर्कले रोग सर्ने सम्भावना का साथै यस्तो सहबासबाट जन्मिने बच्चा समेत अस्वस्थ हुन सक्ने सम्भावना रहन्छ । तेसैले स्वस्थ्य ठिक भएको समयमा मात्रै यौन सम्पर्क गरौं ।

३ – अनिन्द्राले ग्रस्त, चिन्ता ग्रस्त, थकित बेलामा यौन सम्बन्ध राख्नु हुँदैन । शास्त्रले अनिद्राले पीडित अवस्थाको ब्यक्तिलाइ पनि रोगी नै मानेको हुनाले यस्तो बेलामा यौन सम्बन्ध राख्न बर्जित गरेको छ । तेस्तै, चिन्ताग्रस्त अवस्थामा पनि यौन सम्बन्ध राख्नु उचित मानिँदैन । यस्तो अवस्थामा गरिने यौन सम्बन्ध पीडादायक हुन सक्छ । तेस्तै, कुनै कुरा गुमाएर दुःखी भएको ब्यक्तिलाई यौन सम्बन्ध राख्न बाध्य पार्नु खराव मानिन्छ । तेस्तै, धेरै थकित अबस्थामा यौन सम्बन्ध राख्नु हुँदैन । शरीर धेरै थाकेको बेला यौन सम्बन्ध राखेर्का स्वस्थ्यमा प्रतिकुल असर गर्न सक्छ । तेसैले स्वस्थ र स्फुर्त हुँदाको अवस्थामा मात्र यौन सम्बन्ध राख्नु स्वस्थकर मानिन्छ ।

४ – अत्याधिक यौनिक भावना आएको समयमा पनि यौन सम्बन्ध राख्नु हुँदैन । यस अघिका अवस्थाहरु यौन क्रियाकलाप गर्न रहर र जाँगर नलाग्ने अवस्था थिए भने यो अलि भिन्न अबस्था हो । मनमा यौनिक भावना आएको बेलामा नै यौन क्रिया गर्नु पर्छ । तर, त्यहि यौनिक भावना अत्यधिक मात्रामा आएमा सो ब्यक्तिले होस गुमाउने सम्भावना रहन्छ । यसारी अत्याधिक यौनिक भावना आएर होस गुमाएको अवस्थामा गलत ब्यक्तिसँग सहवास गर्ने, गलत तरिकाले र स्वस्थ्य प्रतिकुल जोखिम उठाएर सहवास गर्ने सम्भावना रहन्छ । तेसैले यस्तो बेलामा सहवास गर्दा सामाजिक जीवन बरबाद हुन सक्छ भने यस्तो अवस्था बुझेर ब्ल्याकमेल गरेर गलत फाइदा लिने सम्भावना पनि उत्तिकै हुनसक्छ।

५ – स्त्री महिनावारी भएको समयमा र पुरुष वा महिला ब्रत बसेको समयमा यौन सम्बन्ध राख्न वर्जित छ । स्त्री महिनावारी भएको समयमा सरसफाइको साथै रोग संक्रमणको खतरा पनि उच्च हुन्छ । तेसैले शास्त्रको साथ साथै चिकित्सकहरुले समेत यस्तो अवस्थामा यौन सम्पर्क नगर्न सुझाव दिन्छन । तेस्तै कुनै ब्यक्ति पुजा, व्रत वा ध्यानमा छ भने पनि यौन सम्बन्ध राख्न उचित हुदैन । यस्तो समयमा गरिने यौन सम्बन्धलाई शास्त्रमा महापाप भनिएको छ ।