Wednesday, September 30, 2015

चरमसुख (orgasm) महिला र पुरुषमा


चरमसुख अर्थात अर्गाजम (orgasm) भनेको यौन सम्पर्कको अन्तिम बिन्दु हो । यो बेलामा महिला र पुरुषले अत्याधिक आनन्दको अनुभब गर्ने हुनाले यसलाइ चरमसुख भनिएको हो । महिला र पुरुषले पाउने चरमसुख पनि फरक हुने बिभिन्न अनुसन्धानहरुले पत्ता लगाएका छन ।


महिलाको चरमसुख ?

न्यू साइन्टिस्ट म्यागजिनले महिलाको चरमसुखका बारेमा बिभिन्न अध्ययनको नतिजा प्रखाशित गरेको छ । यो नतिजाले महिलाको चरमसुखको बारेमा भएका भ्रमलाई चिरेर विभिन्न तथ्य पत्ता लगाएको बताइएको छ । वैज्ञानिक तथा यौन मनोविज्ञहरूले गरेको सो अध्ययनको निचोड यहाँ प्रस्तुत गरिएको छ।

  • जी-स्पटको बारेमा - वैज्ञानिकहरु महिलाको योनीभित्र हुने बिश्वास गरिएको जी-स्पट (G Spot) साँच्चिकै हुनेमा बिश्वस्त भएका छन । योनी भित्रको अति नै संवेदनशील क्षेत्र घर्षण गरेमा महिलालाई चरमसुख प्राप्त गर्न सजिलो हुन्छ । तर, अझै पनि योनीभित्र हुने यो संवेदनशील स्थान एकिन गरेर यहि हो भन्ने भन्न भने सकिँदैन। प्रत्येक महिलाले आँफुले अनुभब गरेको आधारमा कुनै क्षेत्रलाइ जी-स्प्ट भएको अन्दाज गरे पनि बैज्ञानिकरुपमा सो स्थानको बारेमा कसैलाइ थाहा छैन ।
  • अचम्म त, सर्भेक्षण गरिएका धेरै जसो महिलाले चरमसुख नै प्राप्त गर्न नसक्ने वा नसकेको देखिएको छ । अमेरिकामा गरिएको सो सर्भेक्षणमा ४३ प्रतिशत अमेरिकी महिलाहरुले चरमसुख नै प्राप्त गर्न नसक्ने समस्या भएको देखिएको थियो। पुरुषको दाँजोमा महिलाहरुलाइ यौनसुख प्राप्त गर्न कठीन हुने देखिन्छ । यसमा कतिपय महिलाले सम्भोगका बेला चरमसुख प्राप्त गर्न नसके पनि हस्त मैथुनले चरमसुख प्राप्त गर्न सक्छन । तर, कतिपय यस्ता महिला हुन्छन जसलाइलाई हस्तमैथुन गर्दा पनि चरमसुखको अनुभूति हुँदैन। यसरी केही गरे पनि चरमसुख प्राप्त गर्न नसक्ने महिलाहरुमा यस्तो समस्या वंशाणुगत नै आउने पनि देखिएको छ ।
  • वैज्ञानिकहरूले गरेको अनुसन्धानले चरमसुख भएको बेलामा महिलाको मस्तिष्कको सबै जसो भाग निस्त्र्किय हुन्छ। यौन क्रिडाको अन्तिम बिन्दुमा पुग्दा सेक्स बाहेक अरू सबै विषयमा दिमाग शून्य हुन्छ । चरम सुखका बेला मानिसको संवेदनाको अनुभूति गर्ने क्षेत्र पनि निष्त्र्किय हुन्छ। तेसैले होला, यौनले उन्मत्त भएको बेलामा भबिष्यको बारेमा सोच्न नसकिने भएको ।
  • केही गरे पनि चरमसुख प्राप्त गर्न नसक्ने महिलाको लागि भनेर् वैज्ञानिकहरूले एक प्रविधिको विकास गर्ने प्रयास गरिरहेका छन। यस्तो प्रविधि महिलाको ढाडभित्रको एक नसामा जोडिने बताइएको छ जसले महिलालाइ चरमसुख दिने मष्तिष्कको भागलाइ सक्रिय गराइदिन्छ ।
  • महिलालाइ गर्भधारणका लागि भने चरम-आनन्द हुनु आबश्यक हुँदैन । तेसैले चरमसुख कहिल्यै पनि प्राप्त गर्न नसकेका महिलाहरु पनि आमा बन्न भने सक्छन।

पुरुषको चरमसुख ?


महिला र पुरुषले उस्तै तरिकाले यौन सम्पर्क गर्ने र चरमसुख प्राप्त गर्ने भए पनि चरमसुखको प्रकार भने फरक हुन्छ । महिलाहरुमा हुने जस्तो जी-स्पट पुरुषमा हुँदैन । झण्डै आधा महिलाले जिन्दगी भर चरमसुख पाउन नसक्ने भए पनि चरमसुख प्राप्त गर्न नसक्ने पुरुषहरु कम हुन्छन ।

  • पुरुषहरु महिलाहरु भन्दा सजिलै चरमआनन्द प्राप्त गर्न सक्छन भने महिलालाई समय लाग्छ र कतिपय महिलाले भने चरमसुख प्राप्त नै गर्न सक्दैनन ।
  • पुरुषले एक चोटि यौन सम्पर्क गर्दा एक पटक मात्र चरमसुख प्राप्त गर्न सक्छ भने महिलाहरुले धेरै चोटि प्राप्त गर्न सक्छन । स्खलन पछि पुरुषको रिकभरी समय लामो हुन्छ । यस्को मतलब - पुरुष एक पटक स्खलित भए पछि फेरि उत्तेजित हुने समय लामो हुन्छ भने महिलाहरु चरमसुख प्राप्त गरेपछि फेरी तुरुन्तै उत्तेजित हुन सक्छन । यदि पुरुष लामो समय उत्तेजित रहेमा वा महिलाको जी-स्पटमा घर्षण गरिरहेमा, महिलाहरु लगातार धेरै चोटी चरमसुख प्राप्त गर्न सक्छन  ।
  • धेरै जसो पुरुषहरु छिटै स्खलित हुन्छन र स्खलित भए पछि यौन सम्पर्क गर्न सक्दैनन । तर महिलाहरुले चरमसुख प्राप्त गर्न समय लाग्ने हुनाले पुर्ण सन्तुष्टि प्राप्त गर्न सक्दैनन । यदि यस्तो भयो भने महिलाहरुलाइ यौन सम्पर्क गर्न त्यति मन हुँदैन । यस्तो समस्या भएमा, पाकक्रिडा र लामो समयसम्म स्खलित नभइ यौन सम्पर्क गर्ने तरिकाहरु प्रयोग गर्न सकिन्छ ।  
  • महिलाले चरम सुख प्राप्त गर्ने वा नगर्ने भन्ने कुरा पुरुषले महिलालाई गर्ने ब्यबहार र प्रेम अनि महत्त्व दिने/नदिने बानीले पनि प्रभाव पार्छ ।

Thursday, September 24, 2015

पुरुषहरुले शुक्रकीटको गुणस्तर वृद्धि गर्न दैनिक हस्तमैथुन र यौनसम्पर्क फलदायी

एक अध्ययन अनुसार पुरुषहरुले शुक्रकीटको गुणस्तर वृद्धि गर्न नियमित यौनसम्पर्क वा हस्तमैथुन गर्नु फलदायी हुने देखिएको छ । अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार सेक्स ब्ययामले शरीरलाइ चुस्त र फुर्तिलो बनाए जस्तै नियमित यौनसम्पर्क वा हस्तमैथुन गर्दा शुक्रकीटको गुणस्तरमा पनि वृद्धि हुने देखिएको छ ।

धेरै मानिसले दिनहुँ यौनसम्पर्क गर्दा मानिस कमजोर हुन्छ भन्ने सोच्छन र कमजोर मानिसको शुक्रकीट पनि कमजोर होला भन्ने अनुमान गर्छन । तर, दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शरीरमा उत्पादित शुक्रकीटमा डिएनएको क्षयीकरण कम हुने अनुसन्धानमा देखिएको छ । डिएनएको क्षयीकरण कम हुने हुनाले सेक्स गरे पछि झन स्वस्थ शुक्रकीट पैदा हुने अध्ययनको निष्कर्ष छ। दैनिक सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल मात्र हुने नभएर वीर्यको मात्रा पनि सन्तुलित हुने देखिएको छ ।

दैनिक सम्भोग वा हस्तमैथुन गर्दा दैनिक शुक्रकीटको फालिने हुनाले संख्या तथा वीर्यको आयतन घटछ । तर बीर्यमा कम शुक्रकीट भए पनि ती शुक्रकीटको गति तथा स्वास्थ्य भने राम्रो हुने हुनाले सम्भोगले मानिसको शुक्रकीटमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानकर्ताहरू बताउँछन।

लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको वीर्य शरीर भित्रै वीर्यथैली र वीर्यनलीमा नै थन्किन बाध्य हुन्छ । यसरी लामो समयसम्म निष्क्रिय् रहेको शुक्रकीटको डिएनएमा क्षति पुग्ने अनुसन्धानले देखाएको छ । मात्रा धेरै भए पनि शुक्रकीटको गुणस्तरमा र्‍हास आउने अनुसन्धानकर्ताहरू बताउँछन्।

Monday, September 7, 2015

डन्डिफोरले सताएको छ भने के गर्ने ?

प्रश्न - अनुहारमा अनुहारमा डन्डिफोर आएर सताएको छ के गर्ने होला ?

तपाइको उमेर कति भयो ? टिन अबस्थामा हो भने हर्मोनको कारणले डन्डिफोर आउछ ।

धुलो, मरेका कोष (dead cells), र छालावाट निस्कने तेल नै डन्डीफोरको मूख्य कारण हो / जे पायो तेही औषधी वा घेरलु औषधी लगाउँदा झन खराब गर्न सक्छ तेसैले - सरसफाई गर्नुहोस्, खुशी हुनुहोस ।
मूख्य रूपमा:

  • दिनमा २-३ पटक राम्रोसँग सफा पानीले अनुहार सफा गर्नुहोस्।
  • बिहान स्क्रब वा फेसवासले अनुहार सफा गर्ने र दिनमा एकपटक फेसप्याक लगाउने।
  • फेसप्याकका लागि तुलसी एवं निमका पात, एक चम्चा बेसन, एक चम्चा बेसार, सानो टुक्रा फिटकिरी मिसाई पेस्ट बनाउने र बिहान अनुहारमा लगाई १५ मिनेटसम्म त्यसै छोडी सुकेपछि सफा पानीले सफा गर्ने। हल्का हातले मसाज गर्दै नियमित रूपमा सफा गरे अनुहारको डन्डिफोर चाँडै हटेर जान्छ।
  • डन्डिफोर हटाउन खानामा पनि ध्यान दिनुपर्छ। हरियो सागपात धेरै खाने, फलफूल, गेडागुडीको रस, माछामासु, अण्डा, भिटामिनयुक्त खाना खाने र पानी बढी मात्रामा पिउने।
  • डन्डिफोर हुनेहरूले अनिँदो बस्नुहुँदैन
  • १५-१५ दिनमा दक्ष ब्युटिसियनको सल्लाहअनुसार अनुहारको उपचार गर्नुपर्छ।