Thursday, September 24, 2015

पुरुषहरुले शुक्रकीटको गुणस्तर वृद्धि गर्न दैनिक हस्तमैथुन र यौनसम्पर्क फलदायी

एक अध्ययन अनुसार पुरुषहरुले शुक्रकीटको गुणस्तर वृद्धि गर्न नियमित यौनसम्पर्क वा हस्तमैथुन गर्नु फलदायी हुने देखिएको छ । अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार सेक्स ब्ययामले शरीरलाइ चुस्त र फुर्तिलो बनाए जस्तै नियमित यौनसम्पर्क वा हस्तमैथुन गर्दा शुक्रकीटको गुणस्तरमा पनि वृद्धि हुने देखिएको छ ।

धेरै मानिसले दिनहुँ यौनसम्पर्क गर्दा मानिस कमजोर हुन्छ भन्ने सोच्छन र कमजोर मानिसको शुक्रकीट पनि कमजोर होला भन्ने अनुमान गर्छन । तर, दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शरीरमा उत्पादित शुक्रकीटमा डिएनएको क्षयीकरण कम हुने अनुसन्धानमा देखिएको छ । डिएनएको क्षयीकरण कम हुने हुनाले सेक्स गरे पछि झन स्वस्थ शुक्रकीट पैदा हुने अध्ययनको निष्कर्ष छ। दैनिक सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल मात्र हुने नभएर वीर्यको मात्रा पनि सन्तुलित हुने देखिएको छ ।

दैनिक सम्भोग वा हस्तमैथुन गर्दा दैनिक शुक्रकीटको फालिने हुनाले संख्या तथा वीर्यको आयतन घटछ । तर बीर्यमा कम शुक्रकीट भए पनि ती शुक्रकीटको गति तथा स्वास्थ्य भने राम्रो हुने हुनाले सम्भोगले मानिसको शुक्रकीटमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानकर्ताहरू बताउँछन।

लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको वीर्य शरीर भित्रै वीर्यथैली र वीर्यनलीमा नै थन्किन बाध्य हुन्छ । यसरी लामो समयसम्म निष्क्रिय् रहेको शुक्रकीटको डिएनएमा क्षति पुग्ने अनुसन्धानले देखाएको छ । मात्रा धेरै भए पनि शुक्रकीटको गुणस्तरमा र्‍हास आउने अनुसन्धानकर्ताहरू बताउँछन्।

No comments:

Post a Comment