Tuesday, December 23, 2014

संधै रोमान्टिक भइ रहने टिप्स

सेक्स र रोमान्स एक अर्काका पुरक हुन । तेसैले सुखी यौन जीवनको लागि रोमान्टिक हुनु अत्याबश्यक हुन्छ । यसका लागि निम्न १० टिप्स उपयोगी हुन सक्छन:
  • एक अर्काको बीचमा कहिल्यै पनि झुठो कुरा नगर्नुहोस 
  • एक अर्काको बीचमा खुलस्त भएर कुराकानी गर्नुहोस्
  • एक अर्का प्रति मायालु र उदार बन्नुहोस
  • आफ्नो पार्टनरले चित्त दुखाएमा उसलाई सके सम्म कसरी माफ गर्ने भनेर सोच्नुहोस
  • कहिले पनि, कुनै पनि हालतमा, छुट्टिने कुरा नगर्नुहोस
  • 'सरी' भन्न सिक्नुहोस र सरी भन्दा मन देखिने साँच्चिकै सरी भएको आभाष दिलाउनुहोस् 
  • एक अर्का बीचमा इख वा 'इगो' लाई आउन नदिनुहोस
  • ठीक नभएको बेलामा पार्टनरलाई खुशी पार्न मात्र 'ठिकै छ' नभन्नुहोस
  • अहिलेको अबस्थालाई पहिलाको अबस्था संग कहिल्यै पनि नगर्नुहोस
  • र, सबै भन्दा ठूलो कुरा -- एक अर्कालाई एक दमै धेरै माया गर्नुहोस् 

Sunday, December 14, 2014

बच्चा जन्मेपछि कहिले यौन सम्पर्क गर्ने?

छोटो उत्टर -> ६  हप्ता पछि (वा, अझ बढी समय पछि, बिस्तृत विवरण तल पढ्नुहोस):
मानिसहरुमा सन्तान जन्मने क्रममा यौनेच्छा वा जाँगर मात्रै होइन, यौनप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ। तेसैले कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्ने भन्ने कुरा दम्पतीमा भर पर्छ । धेरैले  बच्चा जन्मे पछि ६ हप्ता पछि यौन सम्पर्क शुरू गर्नु राम्रो हुने भन्छन भने अरुले ६ हप्ता भन्दा बढी कुरेर मात्र शुरु गर्न सकिने बताउछन । खासमा यौन सम्पर्कको लागि शारीरिक र मानसिक रुपमा तयार भए पछि यौन सम्पर्क शुरु गर्नु पर्छ ।

सबैको लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रुपमा भन्नुपर्दा दुवैले उपयुक्त ठानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय ठानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा राखेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित ठानेको भेटिन्छ। यो बेला यौनक्रियाकलापमा संलग्न हुनुको सट्टा एक अर्काको माया, कुराकानी, स्पर्श, अंकमाल गरेर एक अर्काको नजिक हुने गर्नु पर्छ ।

Thursday, December 11, 2014

महिलालाई औंलाले नै शंतुष्ट कसरी पार्ने ?

शिघ्रस्खलनको समस्याले पीडित पुरुषहरु महिलालाई शंतुष्ट पार्न नसकेको ग्लानीले पीडित भएको पाइन्छ । तर लिंगले सन्तुष्ट पार्न नसके पनि लिंग पछि सबै भन्दा राम्रो यौन अंग - औंला - को प्रयोग गरेर पनि महिलालाई सन्तुष्ट पार्न सकिन्छ ।


महिलाको यौन प्रतिक्रिया चक्र

More in Wikipedia - Human sexual response cycle.
मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा बाडिएको छ। १. उत्तेजनाको चरण
२. प्लाटो फेज
३. चरमसुख र
४. रिजोलुसन फेज।

Friday, December 5, 2014

कण्डम प्रयोगका तेह्र टिप्स

पहिला कण्डम प्रयोगका ७ मुख्य टिप्सहरु भिडियो मा हेर्नुयोस त्यस पछि १३ टिप्स पढ्नुहोला:
कण्डम प्रयोगका टिप्सहरु (१३ टिप्स)

१. राम्रो गुण्स्तरको नयाँ कण्डम प्रयोग गर्नुहोस् । प्रयोग गर्नु अघि त्यसको समाप्ती मिति हेर्नुहोस् ।
२. यौन साथीको मुख, योनि वा गुदॄार सम्पर्क राख्नु अघि कण्डम लगाउनुहोस् ।
३. सावधानी पूर्वक कण्डमको प्याकेट खोल्नुहोस् र खोल्नको लागि तिखो सामाग्रीहरु जस्तै कैची वा दाँतको प्रयोग नगर्नुहोस् ¸ ख्याल गर्नुहोस् ।
४. कण्डम लगाउनु भन्दा अगाडि त्यसको टुप्पालाई समातेर हावा बाहिर निकाल्नुहोस् । कण्डममा हावाका फोकाहरु भएको खण्डमा कण्डम च्यातिन वा झर्न सक्छ । यसले स्वखलित पश्चात वीर्यको लागि ठाँउ मिल्दछ अन्यथा फुटन चुहिन सक्छ ।
५. बाहिर पट्टी घुमेको कण्डमको गोलाकार छेउलाई, उत्तेजित लिङग माथिबाट कण्डम छिराउनुहोस् ।
६. कण्डमलाई उत्तेजितलिङगको माथिल्लो भाग देखि तल्लो यौन केश सम्म लगाउनुहोस् ।
७. कण्डम भित्र रहेको हावालाई बिस्तरै बाहिर निकाल्नुहोस् र कण्डम उपयुक्त रुपले सुरक्षित छ भनि जाँच गर्नुहोस् ।
८. विर्य स्खलन पश्चात, तर लिङग नरम हुनु अघि कण्डमको गोलाकार छेउलाई मजबुत ढङगले समातेर र होशियारीका साथ यौनसाथीबाट लिङग निकाल्नुहोस् ।
९. यौन साथीको शरिरबाट निस्कने तरल पदार्थ (योनि रस) को सम्पर्कबाट बच्नको लागि टिष्यू पेपरको प्रयोग गर्नुहोस्, र कण्डमलाई बिस्तारै लिङगबाट निकाल्नुहोस् ।
१०. कण्डमलाई पोको पारेर फोहोर फाल्ने भाँडामा फाल्नुहोस् ।
११. कण्डम पुन: प्रयोग गर्न मिल्दैन । त्यस्तै गरी यदि कण्डम उल्टो लगाएमा र सजिलै तलतिर नझरेमा कण्डम पुन सुल्टो नगर्नु ।
१२. कण्डमहरुलाई चिसो र सुख्खा ठाँउमा राख्नुहोस् । उच्च तापक्रम तथा शरीरको तापले कण्डमलाई कमजोर पार्दछ । त्यसैले वालेट वा पाईन्टको गोजीमा कण्डमलाई हप्तादिन भन्दा बढि नराख्नुहोस् ।
१३. चिल्लो युक्त जेली तथा क्रिमहरु जसतै भ्यास्लीनले कण्डम फुट्न सक्छ । त्यसैले, पानी युक्त लुब्रिकेन्टहरु (मलम) सुरक्षित हुन्छ ।