Friday, December 5, 2014

कण्डम प्रयोगका तेह्र टिप्स

पहिला कण्डम प्रयोगका ७ मुख्य टिप्सहरु भिडियो मा हेर्नुयोस त्यस पछि १३ टिप्स पढ्नुहोला:
कण्डम प्रयोगका टिप्सहरु (१३ टिप्स)

१. राम्रो गुण्स्तरको नयाँ कण्डम प्रयोग गर्नुहोस् । प्रयोग गर्नु अघि त्यसको समाप्ती मिति हेर्नुहोस् ।
२. यौन साथीको मुख, योनि वा गुदॄार सम्पर्क राख्नु अघि कण्डम लगाउनुहोस् ।
३. सावधानी पूर्वक कण्डमको प्याकेट खोल्नुहोस् र खोल्नको लागि तिखो सामाग्रीहरु जस्तै कैची वा दाँतको प्रयोग नगर्नुहोस् ¸ ख्याल गर्नुहोस् ।
४. कण्डम लगाउनु भन्दा अगाडि त्यसको टुप्पालाई समातेर हावा बाहिर निकाल्नुहोस् । कण्डममा हावाका फोकाहरु भएको खण्डमा कण्डम च्यातिन वा झर्न सक्छ । यसले स्वखलित पश्चात वीर्यको लागि ठाँउ मिल्दछ अन्यथा फुटन चुहिन सक्छ ।
५. बाहिर पट्टी घुमेको कण्डमको गोलाकार छेउलाई, उत्तेजित लिङग माथिबाट कण्डम छिराउनुहोस् ।
६. कण्डमलाई उत्तेजितलिङगको माथिल्लो भाग देखि तल्लो यौन केश सम्म लगाउनुहोस् ।
७. कण्डम भित्र रहेको हावालाई बिस्तरै बाहिर निकाल्नुहोस् र कण्डम उपयुक्त रुपले सुरक्षित छ भनि जाँच गर्नुहोस् ।
८. विर्य स्खलन पश्चात, तर लिङग नरम हुनु अघि कण्डमको गोलाकार छेउलाई मजबुत ढङगले समातेर र होशियारीका साथ यौनसाथीबाट लिङग निकाल्नुहोस् ।
९. यौन साथीको शरिरबाट निस्कने तरल पदार्थ (योनि रस) को सम्पर्कबाट बच्नको लागि टिष्यू पेपरको प्रयोग गर्नुहोस्, र कण्डमलाई बिस्तारै लिङगबाट निकाल्नुहोस् ।
१०. कण्डमलाई पोको पारेर फोहोर फाल्ने भाँडामा फाल्नुहोस् ।
११. कण्डम पुन: प्रयोग गर्न मिल्दैन । त्यस्तै गरी यदि कण्डम उल्टो लगाएमा र सजिलै तलतिर नझरेमा कण्डम पुन सुल्टो नगर्नु ।
१२. कण्डमहरुलाई चिसो र सुख्खा ठाँउमा राख्नुहोस् । उच्च तापक्रम तथा शरीरको तापले कण्डमलाई कमजोर पार्दछ । त्यसैले वालेट वा पाईन्टको गोजीमा कण्डमलाई हप्तादिन भन्दा बढि नराख्नुहोस् ।
१३. चिल्लो युक्त जेली तथा क्रिमहरु जसतै भ्यास्लीनले कण्डम फुट्न सक्छ । त्यसैले, पानी युक्त लुब्रिकेन्टहरु (मलम) सुरक्षित हुन्छ ।

No comments:

Post a Comment