Sunday, December 14, 2014

बच्चा जन्मेपछि कहिले यौन सम्पर्क गर्ने?

छोटो उत्टर -> ६  हप्ता पछि (वा, अझ बढी समय पछि, बिस्तृत विवरण तल पढ्नुहोस):
मानिसहरुमा सन्तान जन्मने क्रममा यौनेच्छा वा जाँगर मात्रै होइन, यौनप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ। तेसैले कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्ने भन्ने कुरा दम्पतीमा भर पर्छ । धेरैले  बच्चा जन्मे पछि ६ हप्ता पछि यौन सम्पर्क शुरू गर्नु राम्रो हुने भन्छन भने अरुले ६ हप्ता भन्दा बढी कुरेर मात्र शुरु गर्न सकिने बताउछन । खासमा यौन सम्पर्कको लागि शारीरिक र मानसिक रुपमा तयार भए पछि यौन सम्पर्क शुरु गर्नु पर्छ ।

सबैको लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रुपमा भन्नुपर्दा दुवैले उपयुक्त ठानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय ठानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा राखेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित ठानेको भेटिन्छ। यो बेला यौनक्रियाकलापमा संलग्न हुनुको सट्टा एक अर्काको माया, कुराकानी, स्पर्श, अंकमाल गरेर एक अर्काको नजिक हुने गर्नु पर्छ ।

बच्चा जन्मेपछि  शारीरिक वा मानसिक कारणले  - यौनजीवनमा पार्ने प्रभावहरू
  • थकान, निन्द्रा को कमी
  • स्तनको भारीपन, मोटोपन
  • पीडा, हलचल गर्दा हुने असजिलो
  • शरीरमा भएका परिवर्तन
  • निराशा
  • बच्चा कसरी हुर्काउने भन्ने डर
  • खोप, औषधी, खाना, डाइपर आदिको थप खर्छ 
धेरैले बच्चा जन्मनुलाई सुखद माने पनि शिशु जन्मेका शुरुका धेरै दिनहरु तनावले भरिएका हुन्छन । यसरी खुशी र दुखको सामन्जस्यता गर्न गाह्रो हुने र मानसिक तनाब हुने सम्भाबना हुन्छ । यस्ता कुराले यौन जीबनमा असर पार्न सक्छ ।
यस्ता कुराहरू बाहेक अन्य असर गर्ने कुराहरुमा:
  • बच्चा बिउँझेला भन्ने डर / बच्चाको निद्रा खलबलिएला भन्ने डर (यसको लागि बच्चालाई अर्को कोठामा सुताउने गर्न सकिन्छ )
  • लोग्ने र स्वास्नीले एक अर्काको हेरचाह गर्ने समय पनि सन्तान माथी जाने हुनाले एक अर्कालाई माया कम गरेको वा बेवास्ता गरेको जस्तो लाग्न सक्छ। यसरी पति-पत्नीको सम्बन्धमा नै नकारात्मक प्रभाब पर्न सक्छ।

यी  सबै कुरालाई बिचार पुर्याएर सुत्केरी अवस्थाकी आमा शारीरिक तथा मानसिक रुपमा तयार भए पछि मात्र यौन क्रिया शुरु गर्नु पर्छ।
  • सुत्केरी अबस्थामा योनिश्राव कम हुन सक्छ  र महिलाले योनिमा सुख्खापनको महसुस गरेमा K-Y jelly वा तेस्तै अरु चिप्लो पदार्थको प्रयोग गर्न सकिन्छ। 
  • महिलाले केगेल कसरत गरेर योनिको मांसपेशीलाई बलियो बनाउनु राम्रो हुन्छ। 
  • स्पर्श, अंकमाल अनि बिस्तारै यौन अंगको स्पर्श गर्ने । सजिलो आसनमा यौन सम्पर्क गर्ने, असजिलो भएमा तुरुन्त रोक्ने ।
  • थाकेको  बेलामा यौनक्रियाकलाप नगर्ने
  • पोषणमा विशेष ध्यान दिने , हल्का र थोरै तर पटक-पटक खाने । खाने बित्तिकै यौन सम्पर्क नगर्ने ।
  • महिला तयार नहुँदै पुरुष लाई यौन सपर्क गर्न मन लागेमा हस्तमैथुन गर्ने वा गर्न लगाउने 
  • पोस्ट न्याटल डिप्रेसन वा आफ्नो अंगको बारेमा नकारात्मक धारणा भएमा चिकित्सकको सल्लाह लिने
  • लामो समय सम्म यौनसम्पर्क गर्दा पीडा हुन बन्द नभएमा वा रक्तश्राव भएमा चिकित्सकसँग सल्लाह लिइहाल्नुपर्छ।

No comments:

Post a Comment