Saturday, March 24, 2018

यौन शक्ति बढाउने ५ घरेलु औषधिहरु

के तपाईको यौन जीवनमा समस्याहरु छन? यौन सम्पर्क गर्न मन लाग्दैन वा यौन सम्पर्क गर्दा भरपुर मनोरन्जन हुँदैन ? तेसो हो भने त्यस्ता समस्याहरुलाइ लुकाएर बस्नुभन्दा पनि तिनको समाधान खोज्नु पर्दछ। नियमित यौन क्रियाकलाप गरिरहेको मानिस र त्यसरि यौन क्रियाकलाप गर्न नपाएको व्यक्तिका व्यवहार निकै फरक हुन्छन । त्यसैले यौन स्वास्थ्यको दर्पण पनि हो ।

यौन शक्ति बढाउन भनेर प्रयोग गरिने डाक्टरि औषधिले तपाइको स्वास्थ्यमा नकाररात्कम प्रभाव पनि पार्न सक्छ । तर यहाँ प्रस्तुत औषधिहरु, औषधि नै होइनन - हामिले दैनिक प्रयोग गर्ने खानेकुराहरु हुन । यिनको उचित प्रयोगले तपाइको यौन शक्ति बढ्नुको साथै जिवन शुखमय हुन्छ :

अमला र मह

दुइ चम्चा अमलाको रसमा एक चम्चा सुकेको अमलाको चुर्ण मिलाउनुहोस् । त्यसमा एक चम्चा शुद्ध मह मिलाएर दिनमा दुइ चोटि सेवन गर्नुहोस् । यसको नियमित प्रयोगले यौन शक्ति बढाउँछ ।

दुध र अश्वगन्धा

खाने दुधमा अश्वगन्धाको चुर्ण आधा चम्चा हालेर बिहान र बेलुकी खाने गर्नुपर्छ । यो यस्तो औषधि हो जसले यौन शक्ति बढाउनुका साथै धेरै पुरुषहरुमा देखिने शिघ्रपतनको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

प्याज, मह र मिस्रि

आधा चम्चा प्याजको रस लिनुहोस् र त्यसमा आधा चम्चा मह मिलाउनुहोस । त्यस घोलमा आधा चम्चा मिस्रि मिलाएर बिहान र बेलुका खाने गर्लाले पनि यौन क्षमता वृद्धि हुन्छ ।

तुलसी र दुध

तुलसिको बिउको चुर्ण बनाएर त्यसलाइ खाने दुधमा हालेर बिहान र बेलुका नियमित खाने गर्नाले पनि यौन दुर्बलता हट्छ । तुलसिलाइ प्राचिनकालदेखि नै यौनवद्र्धक वनस्पति मानिएको छ।

पिपल र दुध

पिपलको फल र पिपलको जरालाई कुटेर मिश्रण बनाउनुहोस् । सय मिलिलिटर दुधमा दुइ चम्चा पिपलको फल र जराको मिश्रण घोलेर उमाल्नुहोस् । यसलाई छानेर बिहान र बेलुका खाने गर्नाले पनि यौन शक्तिमा वृद्धि हुन्छ ।

यसरि यौनवर्धक खानेकुरामा अमला, मह, दुध, प्याज, तुलसि, पिपल आदिलाइ मान्न सकिन्छ ।