Monday, January 26, 2015

लिंग र योनी को बर्गिकरण, कामसूत्रको आधारमा

कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार तीन वर्गमा विभाजित गरेका छन् । योनिको गहिराइ अनुसार पनि तीन वर्गमा विभाजित गरेका छन्:
पुरुषको लिंगको नाप अनुसार :
  • खरायो (Hare - smallest)
  • वृष (साँढे)(Bull - medium)
  • अश्व (घोडा) (Horse - big)
योनिको गहिराइअनुसार
  • मृगी (Deer - smallest)
  • घोडी (Mare - medium)
  • हस्तिनी (Elephant - large)
यी यौनांगमा खरायो पुरुषको लिंग मृगी महिलाको योनीसंग मिलन भयो भने समान अर्थात 'समरत' भएको मानिन्छ । तेस्तै साँढे लिंगको पुरुष र घोडी योनी भएको महिलाको मिलन सुखद हुन्छ भने घोडा पुरुष र हस्तिनी महिला संगको मिलन सुखद हुने मानिन्छ ।

यी समागम बाहेक अन्य विषम पुरुष र महिलाको यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ । विषमरत समागमलाई पनि सुखद बनाउन बिभिन्न आसनमा मैथुन गरेर आनन्द लिन सकिन्छ । यी आसनहरूको बारेमा हामी भविष्यमा चर्चा गर्ने नै छौं ।

Monday, January 5, 2015

पुरूषले अरूसँग यौनसम्पर्क गरेको कुरा थाहा पाउँन सक्छ ?

म २० वर्षकी भएँ । घरमा मेरो बिवाहको कुरा चलिरहेको छ । केही समय अघि मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई बिवाह पछि मेरो लोग्नेले मैले पहिले नै यौन सम्पर्क गरेको थाहा पाउछ कि पाउदैन भनेर जान्न मन लागेको छ।


उत्तर:-

बिवाह गरेपछि दुलाहलाई आफ्नी दुलही कुमारी हो कि होइन भन्ने चासो हुन सक्छ तर यकीन रूपमा कुमारित्व पत्ता लगाउन सकिदैन । यौन सम्पर्क गर्दा हुने योनिच्छदका कारण कुमारी भए नभएकोमा शंका गर्न सकिने भए पनि योनीको झिल्ली ब्यायाम गर्दा वा कुनै दुर्घटना हुँदा पनि टुट्न सक्छ । तेसैले, तपाइले नभने सम्म तपाइको श्रीमानले यौन सम्पर्कको बारेमा थाहा पाउने सम्भावना हुँदैन। अझ, कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ।

कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ।

यदि श्रीमान शंकालु भएमा र योनिच्छदको बारेमा स्पस्टीकरण नै दिनु पर्ने भए निम्न उपाय गर्न सकिन्छ (कुनै एक छान्नुहोस्):

  • तपाईलाई "झील्लीको बारेमा थाहा नै नभएको र कसरी टुट्यो भन्ने पनि थाहा नभएको" बताए पनि हुन्छ, किनकी व्यायाम गर्दा वा दुर्घटना हुँदा टुटेको झिल्ली को बारेमा महिलाहरुलाई थाहा नै हुँदैन । रगत नै आए पनि योनीबाट कहिलेकाही रगत आउनु सामान्य नै हुने हुनाले त्यति ध्यान दिदैनन । कुनै हालतमा पनि बनावटी घटना वा दुर्घटना बनाएर स्पस्टिकरण नदिनुहोला । तेस्ता घटनाको क्रस चेक गर्न मिल्छ र ढाटेको थाहा भएमा सम्बन्धमा नै समस्य आउन सक्छ ।
  • कुनै महिला साथीको लहै लहैमा लागेर हस्तमैथुन गरेको भन्नुहोस् । हस्तमैथुन गरेको भन्दा पुरुषहरुले सामान्यरूपमा लिन सक्छन किनकी धेरै जसो पुरूषहरूमा हस्तमैथुन गर्ने अनुभब हुन्छ। अझ तयारी स्वरूप बिवाह पूर्ब नै केरा, भन्टा वा नक्कली लिंग (डिल्डो)को प्रयोग गरेर एक दुई चोटी हस्तमैथुन गरेर अनुभब लिनु पनि फलदायी हुन सक्छ । यसरी हस्तमैथुन गरेपछि झिल्ली बाँकी रहने सम्भावना नै हुँदैन ।

  • अब तपाइको यौन सम्पर्कको बारेमा कुरा गरौँ :
  • तपाईले यौन सम्पर्क गर्दा तपाइले गर्भनिरोधको साधन प्रयोग गरेको नगरेको बताउनु भएको छैन । गर्भ रहेको छैन भने त ठिकै छ, यदी गर्भ रहेको भएमा त्यसको पनि निदान गर्नु पर्ने हुन्छ।
  • तपाईले यौन सम्पर्क को संग गर्नु भयो पनि लेख्नु भएको रहेनछ । यौन सम्पर्क रमाइलोको लागि मात्र गरेको नभएर प्रेम सम्बन्ध भएको पुरुष भएमा बिवाह पछि पनि समस्या उत्पन्न हुन सक्छ । यदीतपाईले यौन सम्पर्क गरेको पुरुष बिवाह गर्न लायक र राजी भएमा उन संग नै बिवाह गर्न उचित पनिहुन सक्छ । त्यो पनि सोच्नु होला। बाँकी तपाईको इच्छा !

  • एउटा रमाइलो प्रसंग : देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन।