Monday, January 26, 2015

लिंग र योनी को बर्गिकरण, कामसूत्रको आधारमा

कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार तीन वर्गमा विभाजित गरेका छन् । योनिको गहिराइ अनुसार पनि तीन वर्गमा विभाजित गरेका छन्:
पुरुषको लिंगको नाप अनुसार :
  • खरायो (Hare - smallest)
  • वृष (साँढे)(Bull - medium)
  • अश्व (घोडा) (Horse - big)
योनिको गहिराइअनुसार
  • मृगी (Deer - smallest)
  • घोडी (Mare - medium)
  • हस्तिनी (Elephant - large)
यी यौनांगमा खरायो पुरुषको लिंग मृगी महिलाको योनीसंग मिलन भयो भने समान अर्थात 'समरत' भएको मानिन्छ । तेस्तै साँढे लिंगको पुरुष र घोडी योनी भएको महिलाको मिलन सुखद हुन्छ भने घोडा पुरुष र हस्तिनी महिला संगको मिलन सुखद हुने मानिन्छ ।

यी समागम बाहेक अन्य विषम पुरुष र महिलाको यौनसम्पर्कलाई 'विषमरत' भनिन्छ । विषमरत समागमलाई पनि सुखद बनाउन बिभिन्न आसनमा मैथुन गरेर आनन्द लिन सकिन्छ । यी आसनहरूको बारेमा हामी भविष्यमा चर्चा गर्ने नै छौं ।

'विषमरत' सम्भोगमा पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा 'उच्चरत' भनिन्छ भने सानो भएमा 'नीचरत' भनिन्छ।

लिंगको लम्बाइ

उत्तेजित अवस्थामा लिंगको सरदर लम्बाइ १२-१५ सेमी (५.१ - ५.९ इन्च) मानिन्छ । संसारभरका ९५ प्रतिशत मानिसको लिंगको लम्बाई १०.७-१९.१ से.मी. (४.२-७.५ इन्च) लामो भएको पाइएको छ ।

योनी उत्तेजित हुँदा यसको गहिराइ र गोलाकार दुबै तन्किन्छन । मांसपेशीले बनेको एकदमै लचिलो नली आकारको योनी को सरदर लम्बाइ ७.५ सेमी (२.५ देखि ३ इन्च) हुन्छ । तर एउटै महिलाको योनीको आकार पनि यौन सम्पर्क गर्दा, नगर्दा, र उत्तेजित हुँदा फरक फरक हुन सक्छ । पुरुषको लिंगको लम्बाई जस्तो महिलाको योनीको गहिराइको बारेमा त्यति धेरै अध्ययन अनुसन्धान भएको छैन । औसत लिंगको लम्बाई भन्दा औसत योनीको गहिराइ छोटो हुने हुनाले महिलालाई सन्तुष्ट हुन लिंगको लम्बाई लामो हुने कुनै आबश्यकता हुँदैन । 

No comments:

Post a Comment