Monday, November 23, 2015

पुरुषका दुइ अण्डकोष किन सानो र ठूलो हुन्छन ?

पुरुषको लिंगको फेदमा झुण्डिने अण्डकोष वा अण्डाशय पुरुषको एउटा प्रमुख प्रजनन अङ्ग हो। यसमा शुक्रकीट अर्थात मानव प्रजननकोष उत्पादन गर्नुका सथै पुरुषत्व हार्मोनहरु पनि उत्पादन गर्दछ । लिङ्गको फेद नजिक झुण्डिएको पातलो छालाको थैली (अण्डकोष थैली) भित्र रहने दुईवटा  रहेका दुइ अण्डाआकार (तर, अलि चेप्टो) अंगलाइ अण्डकोष भनिन्छ। यी अण्डकोष भित्र धेरै साना-साना नली आकारका भाग हुन्छन् जहां शुक्रकीटको उत्पादन हुन्छ।

सामान्य अण्डकोष
  • १०-११ वर्षको उमेरबाट किशोरावस्थामा प्रवेशसंगै अण्डकोषको विकास प्रारम्भ हुन्छ। 
  • अण्डकोषको तौल १० ग्राम देखि १४ ग्राम हुन्छ। तर, अण्डकोषका आकार र तौल व्यक्तिअनुसार फरक-फरक हुन्छ र मानिसको बनोट, उचाइ आदि कुरा जस्तै यस्को आकार पनि फरक हुनु सामान्य हो।
  • यो अण्डाकार भए पनि अलिक् चेप्टो खालको हुन्छ। 
  • सामान्यतः मानिसको देब्रे अण्डकोष दाहिनेभन्दा केही तल झोल्लिएको हुन्छ। 
  • अण्डकोष सतह छाम्दा रबर छामेजस्तो, कुनै गिर्खा नभएको समथर सतह भएको हुन्छ। 

अण्डकोषको समस्या

कतिपय पुरुषहरुमा अण्डकोष सामान्य भन्दा सानो वा ठूलो हुने समस्या पनि देखिन्छ । अण्डकोषमा संक्रमण भएमा वा कुनै बिकार भएमा यसको सामान्य बिकास हुन नसकेर सानो वा ठूलो भएको हुनसक्छ । तर धेरै जसो अबस्थामा हामी आंफैले अण्डकोष ठूलो भएको वा सानो भएको चिकित्सकको सहायताबिना छुट्टयाउन सक्दैनौं। घरेलु रुपमा अण्डकोष असामान्य भएको थाहा पाउन निम्न कुरामा ध्यान दिनु उचित हुन्छ:
  • अण्डकोषमा कुनै गिर्खा हुनु हुँदैन।  
  • अण्डकोषलाइ हल्का रुपमा छाम्दा वा त्यसै पनि दुख्यो भने यसमा समस्या भएको हुन सक्छ  
  • काछमा भारीपनको अनुभव वा तानिएजस्तो अनुभब भएमा केही समस्य भएको हुन सक्छ

दुवै अण्डकोष समान आकार वा आयतनका भने हुँदैनन् तेसैले तिनमा सामान्य भिन्नता हुदैमा आत्तिनु पर्दैन। अनि, अण्डकोष समान रूपमा झुन्डिएका पनि हुंदैनन । तेसैले, एउटा अण्डकोष केही माथि र अर्को केही तल हुनु पनि सामान्य अबस्था हो ।


नदुख्ने किसिमले यो ठूलो हुनुको कारणहरूमा यसमा पानी जम्नु, रक्त नसा फुक्नु, सिस्ट जस्ता कारण पर्छन्। अण्डकोष बढ्ने कारणले अण्डको षको क्यान्सर हुनसक्छ। यस्तो बढीजसो १० वर्षभन्दा पहिले र २० देखि ४० वर्षको बीचमा हुन्छ।

अण्डकोष कसरी जाँच्ने? 
अण्डकोषको स्वपरीक्षण गर्न सिके कुनै खराबी आएको तुरुन्तै थाहा पाउन सकिन्छ।

  • न्यानो (तातो) पानीले नुहाएपछि अण्डकोषको परीक्षण गर्नुपर्छ। यसले अण्डकोष थैलीलाई खुकुलो पार्छ र अण्डकोष केही तल र्झछ, जसले गर्दा अण्डकोष परीक्षण गर्न सजिलो हुन्छ।
  • अण्डकोष परीक्षण गर्दा दुवै हात प्रयोग गर्नुपर्छ। बूढी औंला अण्डकोषको माथितिर राख्नुहोस्, चोर तथा माझी औंलालाई पछाडितिर।
  • अब बिस्तारै आफ्ना बूढी औंला तथा औंलाहरूको बीचमा अण्डकोषलाई घुमाउँदै छाम्नुपर्छ। एक अण्डकोषको परीक्षण सकिएपछि अर्को अण्डकोषको परीक्षण पनि त्यसैगरी गर्नुहोस्।
  • अण्डकोष थैली तथा यौनाङ्ग क्षेत्रको छालाको रंगमा भएको परिवर्तन वा कुनै गिर्खा वा डल्ला भए-नभएको कुरालाई निरीक्षण गर्नुपर्छ।

अण्डकोष सुक्नु चिन्ताको विषय हुनुपर्छ ? 

आफ्नो एउटा अण्डकोष अर्कोभन्दा सानो भएका कुरा मात्र गर्नुभएको छ। पहिलेको तुलनामा सुकेको हो कि होइन भन्ने विषयमा भने केही भन्नुभएको छैन। अण्डकोष सुके प्रजनन क्षमतामा असर पर्न सक्ने  भएकाले सचेत हुनुपर्छर्। तपाईंले पहिले कुनै संक्रमण भएको कुरा पनि उल्लेख गर्नुभएको छैन। अण्डकोषमा कत्तिको क्षति पुगेको छ भन्ने कुरामै प्रजनन क्षमता भर पर्छ। केही स्थितिमा एउटा अण्डकोषमा  नराम्रोसँग दखल पुगेको छ भने उक्त अण्डकोषले मात्र काम गर्न नसक्ने होइन कि अर्को अण्डकोषमा समेत असर पुग्नसक्छ। एउटा अण्डकोष सुकेर गए पनि अर्को अण्डकोषबाट उत्पादित वीर्यमा  शुक्रकीटको मात्रा र गुण राम्रो भए सन्तान उत्पादन गर्न सकिन्छ।

अब के गर्नु बेस होला त ? 

अण्डकोषको आकार वा आकृति केही फरक भयो भन्दैमा यौन चरमसुख, सन्तान उत्पादन गर्ने क्षमता, वीर्यस्खलन आदिमा फरक पर्दैन। तपाईंको जस्तो उमेरमा यौन स्वास्थ्यसम्बन्धी चासो हुनु एकदमै  स्वाभाविक हुन् र हुनसक्छ, तपाईंलाई खास केही नभएको होस्। तपाईंको अण्डकोष जस्तो महत्त्वपूर्ण अंगले राम्रोसँग कार्य गर्न सक्ने कुरा सुनिश्चित गर्नु महत्त्वपूर्ण कुरा हो। केही गम्भीर खराबी भए प्रजनन  क्षमतामा नकारात्मक असर पर्न सक्ने कुरालाई बिर्सनु हुँदैन।

माथि चर्चा गरिएका आधारमा तपाईंलाई आफ्नो अण्डकोष के-कति सामान्य वा असामान्यजस्तो लाग्यो बुझ्न मद्दत पुग्यो होला, तर पनि तपाईंलाई अण्डकोषमा आएका यी परिवर्तन असामान्य लाग्छन् वा  सामान्य भएको पक्का गर्न चाहनुहुन्छ भने कृपया शल्य-चिकित्सकबाट परीक्षण गराउनुहोस्, धेरै ढिला गर्नु उचित हुँदैन।

Sunday, November 15, 2015

बाख्रासंग यौन सम्पर्क (प्रश्न / उत्तर)

प्रश्न : नमस्कार म १७ बर्षिय युवक हु।सेक्स अन्धो हुन्छ भन्छन।सायद म पनि अन्धो भएछु क्यार ३ दिन भयो मैले बाख्रालाई यौन सम्बन्ध राखेको बाख्राको योनी भित्र मेरो यौन रस अर्थात शुक्रकीट भित्रै पस्यो।के अब बाख्राले गर्भ धारण गरछ मान्छेको? मलाई डर लागेको छ।

उत्तर:

बाख्रा संग यौन सम्पर्क गर्नु राम्रो होइन किनकि:

  • यो अप्राकृतिक यौन सम्पर्क हो । यस्तो यौन सम्पर्कले के कस्तो प्रभाव हुन्छ भन्ने अध्ययन भएको छैन ।
  • यसरि यौन सम्पर्क गर्नु पशुको अधिकारको उलंघन हो र कानुन अनुसार दण्डनिय पनि हुन सक्छ ।
  • जनावरसंग यौन सम्पर्क गर्दा रोग लाग्न सक्छ । जसको उपचार सजिलो नहुन सक्छ ।
  • समाजले पनि यस्तो कार्यलाइ राम्रो मान्दैन । तेसैले कसैले यो बारेमा थाहा पाएमा तपाइ समाज बाट नै बहिस्कृत पनि हुन सक्नु हुन्छ ।

अब, तपाइको प्रश्नको जवाफ - यसरि सम्पर्क गर्दा गर्भ भने रहँदैन । किनकि, मानिसको शुक्रकिटले बाख्रा वा अन्य जनावरको अण्ड सिंचित गर्न सक्दैन ।

तेसैले, गर्भ रहने सम्भावना नभए पनि अन्य समस्या हुने हुनाले यस्तो यौन सम्पर्क यथासिघ्र बन्द गर्नु होला ।

Monday, October 12, 2015

महिनावारीमा यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?

छोटकरी उत्तर - महिनावारीमा पनि यौनसम्पर्क गर्न हुन्छ !

हाम्रो समाजमा महिनावारी भएकी महिलालाई ‘अछुत’ जस्तो व्यवहार गरिन्छ जुन एकदम गलत हो । खासमा महिनावारी भएकी महिलालाइ स्याहार सुसार र माया गर्नु पर्छ । सुदूरपश्चिमका केही स्थानमा रहेको छाउपडी प्रथा एकदमै गलत प्रथा हो जसले महिलाहरुलाइ रोगको संक्रमण र इन्फेक्सन गर्न सक्छ सक्छ ।

महिनावारीका समयमा महिला र पुरुषबीच यौनसम्पर्क हुने कुरा पनि सामाजिक दृष्टिले वर्जित गरेको भने पनि हुन्छ। हिन्दू धर्मशास्त्रमा महिनावारीका बेला नारी अछुत हुने र त्यस्तो बेला सम्भोग गर्ने पुरुष नर्कमा जाने उल्लेख छ, जुन बकवास कुरा हो । त्यसैले होला कतिपय रजस्वला भएकी स्त्री आफैं पनि सम्भोगका लागि तयार हुँदिनन् । रजस्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेतका गलत धारणा समाजमा छन । यद्यपि पछिल्लो समयमा धेरै मानिसहरुमा त्यस्तो मानसिकता बदलिँदै गएको पाइएको छ । खासमा, चिकित्साशास्त्रले पनि महिनावारीका बेला गरिने सम्भोगलाई सामान्य नै मान्छ ।

आफ्नो ब्यक्तिगत सरसफाइलाइ ध्यान दिएर महिनावारीका बेला गरिने सम्भोगले घाटा भन्दा पनि फाइदा नै पुर्याउँछ, जस्तै:

गर्भ रहने सम्भावना कम

महिनावारीका बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुने स्वास्थ्य विज्ञानले बताउँछ । यद्यपि महिलाको योनिभित्र छिरेको वीर्यमा भएका शुक्रकीट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर, धेरै जसो अबस्थामा महिनावारीको समयमा गर्भ रहंदैन ।

पाठेघरमा असर गर्दैन

महिनावारीका बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुला हुने भएकाले लिंगले हानि पुर्‍याउने अनुमान कसैले गरेका हुन्छन् तर त्यो सही होइन । लिंग पाठेघरको मुखसम्म पुग्न नै सक्दैन र पाठेघरकओ निकै साँघुरो मुखबाट छिर्ने सम्भावना पनि हुँदैन ।

चिकित्साशास्त्र

चिकित्साशास्त्रले महिनावारीका बेला गरिने सम्भोगलाई सामान्य मान्छ । डाक्टरहरुका अनुसार महिनावारीका बेला बगेको रगतले लिंगमा कुनै असर गर्दैन। तर, यस्तो बेलाम यौन सम्पर्क गरिसके पछि भने यौन जोडि दुबैले राम्ररी सफा गर्नु पर्ने डाक्टरहरु बताउँछन् । यदि महिलामा यौन रोग छ भने त्यस्तो रगतबाट पुरुषमा संक्रमण हुने सम्भावना चाहिँ बढी हुन्छ । त्यसैले यौनसम्पर्कका बेला सावधानी अपनाउनु राम्रो हुन्छ ।

रगत बग्ने क्रम चाँडै रोकिन्छ

महिनावारीका बेला यौनसम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिट्टै रोकिन्छ । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटि धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

महिलालाइ तल्लो पेट दुखाइ कम

कतिपय महिलालाइ महिनावारीको बेलामा तल्लो पेटमा धेरै दुखाइ हुने गर्छ । तर महिनावारीका बेलामा यौनसम्पर्क गर्ने महिलामा भने दुखाइ कम हुने गरेको पाइएको छ । यसका कारण धेरै हुन सक्छन् – पहिलो, चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ । त्यस्तै, दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्नकम हुन्छ ।


Wednesday, September 30, 2015

चरमसुख (orgasm) महिला र पुरुषमा


चरमसुख अर्थात अर्गाजम (orgasm) भनेको यौन सम्पर्कको अन्तिम बिन्दु हो । यो बेलामा महिला र पुरुषले अत्याधिक आनन्दको अनुभब गर्ने हुनाले यसलाइ चरमसुख भनिएको हो । महिला र पुरुषले पाउने चरमसुख पनि फरक हुने बिभिन्न अनुसन्धानहरुले पत्ता लगाएका छन ।


महिलाको चरमसुख ?

न्यू साइन्टिस्ट म्यागजिनले महिलाको चरमसुखका बारेमा बिभिन्न अध्ययनको नतिजा प्रखाशित गरेको छ । यो नतिजाले महिलाको चरमसुखको बारेमा भएका भ्रमलाई चिरेर विभिन्न तथ्य पत्ता लगाएको बताइएको छ । वैज्ञानिक तथा यौन मनोविज्ञहरूले गरेको सो अध्ययनको निचोड यहाँ प्रस्तुत गरिएको छ।

  • जी-स्पटको बारेमा - वैज्ञानिकहरु महिलाको योनीभित्र हुने बिश्वास गरिएको जी-स्पट (G Spot) साँच्चिकै हुनेमा बिश्वस्त भएका छन । योनी भित्रको अति नै संवेदनशील क्षेत्र घर्षण गरेमा महिलालाई चरमसुख प्राप्त गर्न सजिलो हुन्छ । तर, अझै पनि योनीभित्र हुने यो संवेदनशील स्थान एकिन गरेर यहि हो भन्ने भन्न भने सकिँदैन। प्रत्येक महिलाले आँफुले अनुभब गरेको आधारमा कुनै क्षेत्रलाइ जी-स्प्ट भएको अन्दाज गरे पनि बैज्ञानिकरुपमा सो स्थानको बारेमा कसैलाइ थाहा छैन ।
  • अचम्म त, सर्भेक्षण गरिएका धेरै जसो महिलाले चरमसुख नै प्राप्त गर्न नसक्ने वा नसकेको देखिएको छ । अमेरिकामा गरिएको सो सर्भेक्षणमा ४३ प्रतिशत अमेरिकी महिलाहरुले चरमसुख नै प्राप्त गर्न नसक्ने समस्या भएको देखिएको थियो। पुरुषको दाँजोमा महिलाहरुलाइ यौनसुख प्राप्त गर्न कठीन हुने देखिन्छ । यसमा कतिपय महिलाले सम्भोगका बेला चरमसुख प्राप्त गर्न नसके पनि हस्त मैथुनले चरमसुख प्राप्त गर्न सक्छन । तर, कतिपय यस्ता महिला हुन्छन जसलाइलाई हस्तमैथुन गर्दा पनि चरमसुखको अनुभूति हुँदैन। यसरी केही गरे पनि चरमसुख प्राप्त गर्न नसक्ने महिलाहरुमा यस्तो समस्या वंशाणुगत नै आउने पनि देखिएको छ ।
  • वैज्ञानिकहरूले गरेको अनुसन्धानले चरमसुख भएको बेलामा महिलाको मस्तिष्कको सबै जसो भाग निस्त्र्किय हुन्छ। यौन क्रिडाको अन्तिम बिन्दुमा पुग्दा सेक्स बाहेक अरू सबै विषयमा दिमाग शून्य हुन्छ । चरम सुखका बेला मानिसको संवेदनाको अनुभूति गर्ने क्षेत्र पनि निष्त्र्किय हुन्छ। तेसैले होला, यौनले उन्मत्त भएको बेलामा भबिष्यको बारेमा सोच्न नसकिने भएको ।
  • केही गरे पनि चरमसुख प्राप्त गर्न नसक्ने महिलाको लागि भनेर् वैज्ञानिकहरूले एक प्रविधिको विकास गर्ने प्रयास गरिरहेका छन। यस्तो प्रविधि महिलाको ढाडभित्रको एक नसामा जोडिने बताइएको छ जसले महिलालाइ चरमसुख दिने मष्तिष्कको भागलाइ सक्रिय गराइदिन्छ ।
  • महिलालाइ गर्भधारणका लागि भने चरम-आनन्द हुनु आबश्यक हुँदैन । तेसैले चरमसुख कहिल्यै पनि प्राप्त गर्न नसकेका महिलाहरु पनि आमा बन्न भने सक्छन।

पुरुषको चरमसुख ?


महिला र पुरुषले उस्तै तरिकाले यौन सम्पर्क गर्ने र चरमसुख प्राप्त गर्ने भए पनि चरमसुखको प्रकार भने फरक हुन्छ । महिलाहरुमा हुने जस्तो जी-स्पट पुरुषमा हुँदैन । झण्डै आधा महिलाले जिन्दगी भर चरमसुख पाउन नसक्ने भए पनि चरमसुख प्राप्त गर्न नसक्ने पुरुषहरु कम हुन्छन ।

  • पुरुषहरु महिलाहरु भन्दा सजिलै चरमआनन्द प्राप्त गर्न सक्छन भने महिलालाई समय लाग्छ र कतिपय महिलाले भने चरमसुख प्राप्त नै गर्न सक्दैनन ।
  • पुरुषले एक चोटि यौन सम्पर्क गर्दा एक पटक मात्र चरमसुख प्राप्त गर्न सक्छ भने महिलाहरुले धेरै चोटि प्राप्त गर्न सक्छन । स्खलन पछि पुरुषको रिकभरी समय लामो हुन्छ । यस्को मतलब - पुरुष एक पटक स्खलित भए पछि फेरि उत्तेजित हुने समय लामो हुन्छ भने महिलाहरु चरमसुख प्राप्त गरेपछि फेरी तुरुन्तै उत्तेजित हुन सक्छन । यदि पुरुष लामो समय उत्तेजित रहेमा वा महिलाको जी-स्पटमा घर्षण गरिरहेमा, महिलाहरु लगातार धेरै चोटी चरमसुख प्राप्त गर्न सक्छन  ।
  • धेरै जसो पुरुषहरु छिटै स्खलित हुन्छन र स्खलित भए पछि यौन सम्पर्क गर्न सक्दैनन । तर महिलाहरुले चरमसुख प्राप्त गर्न समय लाग्ने हुनाले पुर्ण सन्तुष्टि प्राप्त गर्न सक्दैनन । यदि यस्तो भयो भने महिलाहरुलाइ यौन सम्पर्क गर्न त्यति मन हुँदैन । यस्तो समस्या भएमा, पाकक्रिडा र लामो समयसम्म स्खलित नभइ यौन सम्पर्क गर्ने तरिकाहरु प्रयोग गर्न सकिन्छ ।  
  • महिलाले चरम सुख प्राप्त गर्ने वा नगर्ने भन्ने कुरा पुरुषले महिलालाई गर्ने ब्यबहार र प्रेम अनि महत्त्व दिने/नदिने बानीले पनि प्रभाव पार्छ ।

Thursday, September 24, 2015

पुरुषहरुले शुक्रकीटको गुणस्तर वृद्धि गर्न दैनिक हस्तमैथुन र यौनसम्पर्क फलदायी

एक अध्ययन अनुसार पुरुषहरुले शुक्रकीटको गुणस्तर वृद्धि गर्न नियमित यौनसम्पर्क वा हस्तमैथुन गर्नु फलदायी हुने देखिएको छ । अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार सेक्स ब्ययामले शरीरलाइ चुस्त र फुर्तिलो बनाए जस्तै नियमित यौनसम्पर्क वा हस्तमैथुन गर्दा शुक्रकीटको गुणस्तरमा पनि वृद्धि हुने देखिएको छ ।

धेरै मानिसले दिनहुँ यौनसम्पर्क गर्दा मानिस कमजोर हुन्छ भन्ने सोच्छन र कमजोर मानिसको शुक्रकीट पनि कमजोर होला भन्ने अनुमान गर्छन । तर, दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शरीरमा उत्पादित शुक्रकीटमा डिएनएको क्षयीकरण कम हुने अनुसन्धानमा देखिएको छ । डिएनएको क्षयीकरण कम हुने हुनाले सेक्स गरे पछि झन स्वस्थ शुक्रकीट पैदा हुने अध्ययनको निष्कर्ष छ। दैनिक सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल मात्र हुने नभएर वीर्यको मात्रा पनि सन्तुलित हुने देखिएको छ ।

दैनिक सम्भोग वा हस्तमैथुन गर्दा दैनिक शुक्रकीटको फालिने हुनाले संख्या तथा वीर्यको आयतन घटछ । तर बीर्यमा कम शुक्रकीट भए पनि ती शुक्रकीटको गति तथा स्वास्थ्य भने राम्रो हुने हुनाले सम्भोगले मानिसको शुक्रकीटमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानकर्ताहरू बताउँछन।

लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको वीर्य शरीर भित्रै वीर्यथैली र वीर्यनलीमा नै थन्किन बाध्य हुन्छ । यसरी लामो समयसम्म निष्क्रिय् रहेको शुक्रकीटको डिएनएमा क्षति पुग्ने अनुसन्धानले देखाएको छ । मात्रा धेरै भए पनि शुक्रकीटको गुणस्तरमा र्‍हास आउने अनुसन्धानकर्ताहरू बताउँछन्।

Monday, September 7, 2015

डन्डिफोरले सताएको छ भने के गर्ने ?

प्रश्न - अनुहारमा अनुहारमा डन्डिफोर आएर सताएको छ के गर्ने होला ?

तपाइको उमेर कति भयो ? टिन अबस्थामा हो भने हर्मोनको कारणले डन्डिफोर आउछ ।

धुलो, मरेका कोष (dead cells), र छालावाट निस्कने तेल नै डन्डीफोरको मूख्य कारण हो / जे पायो तेही औषधी वा घेरलु औषधी लगाउँदा झन खराब गर्न सक्छ तेसैले - सरसफाई गर्नुहोस्, खुशी हुनुहोस ।
मूख्य रूपमा:

  • दिनमा २-३ पटक राम्रोसँग सफा पानीले अनुहार सफा गर्नुहोस्।
  • बिहान स्क्रब वा फेसवासले अनुहार सफा गर्ने र दिनमा एकपटक फेसप्याक लगाउने।
  • फेसप्याकका लागि तुलसी एवं निमका पात, एक चम्चा बेसन, एक चम्चा बेसार, सानो टुक्रा फिटकिरी मिसाई पेस्ट बनाउने र बिहान अनुहारमा लगाई १५ मिनेटसम्म त्यसै छोडी सुकेपछि सफा पानीले सफा गर्ने। हल्का हातले मसाज गर्दै नियमित रूपमा सफा गरे अनुहारको डन्डिफोर चाँडै हटेर जान्छ।
  • डन्डिफोर हटाउन खानामा पनि ध्यान दिनुपर्छ। हरियो सागपात धेरै खाने, फलफूल, गेडागुडीको रस, माछामासु, अण्डा, भिटामिनयुक्त खाना खाने र पानी बढी मात्रामा पिउने।
  • डन्डिफोर हुनेहरूले अनिँदो बस्नुहुँदैन
  • १५-१५ दिनमा दक्ष ब्युटिसियनको सल्लाहअनुसार अनुहारको उपचार गर्नुपर्छ।

Wednesday, August 5, 2015

योनीलाई कसिलो (टाईट) कसरी बनाउने? केगेल कसरतबारे छोटो विवरण

कसिलो योनी एक किसिमको भ्रम हो (किन् भ्रम हो, यहाँ प्रश्ट्याइएको छ) ! तर, महिलाले योनिको मांशपेषीको ब्ययाम गरेर बलियो बनाएमा आफ्नो इच्छा अनुसार लिंगलाइ थिचेर रमाइलो अनुभब प्रदान गर्न सक्छन ।
यसरी योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा गर्न सकिन्छ । यौनाङ्ग क्षेत्र तथा योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एउटा राम्रो उपाय हो। यो कसरतका कसरी गर्ने भन्ने छोटो बिबरण तल दिइएको छ ।

योनीको मांसपेशीको संकुचन कसरत 

यो  ब्ययाम प्रत्येक पटक पिसाब फेर्दा गर्न सकिन्छ । पिसाब फेर्दा फेर्दै पिसाब रोक्ने प्रयास गर्दा वा पिसाब नफेर्दा पनि पिसाब रोकेको जस्तो गरेअ मांसपेशीलाइ संकुचन गर्दा योनीको मांसपेशी बलियो र भनेको बेलामा कडा बनाउन सकिन्छ । यो प्रक्रिया दोहर्याएर, तेहेर्याएर उक्त मांसपेशीलाइ बलियो बनाउदा पुरुषलाइ योनी कसिलो भएको भान पार्न सकिन्छ ।
सुरुमा एक सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने । बिस्तारै त्यो समयलाइ यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउने गर्नु पर्छ। केहि समय पछि सक्दो लामो समय -- जस्तै १० देखि १५ सेकेन्डसम्म संकुचित गर्ने छोड्ने गर्न सकिन्छ। यो कार्य शुरुमा दिनमा एक चोटी गर्ने, पछि बिस्तारै बढाउँदै 20 पल्टसम्म पुर्याउनु पर्छ।

Wednesday, July 22, 2015

५ तथ्य, महिला गर्भनिरोधक चक्किको बारेमा (पिल्स)

यौन सम्पर्क पछि गर्भाधारण नहोस भनेर महिलाहरुले प्रयोग गर्ने अस्थाइ परिवार नियोजनका साधन हरु मध्ये सबै भन्दा सुरक्षित र सजिलो गर्भनिरोधक चक्किलाई मानिन्छ। तर सर्बसाधारणमा यसको प्रयोगको बारेमा अन्योल भने रहिरहेको हुनाले सो को निवारण गर्न यो सामाग्रि तयार पारिएको हो । यस्ता कतिपय अन्योलाहरु अन्धबिस्वास मात्र हुन भने अरु चाँही सहि प्रयोग गर्ने जानकारि नहुनुका परिणाम हुन । निम्न भिडियोमा यो बारेमा चर्चा गरिएको छ :

के गर्भनिरोधक चक्कीले साइड इफेक्ट गर्छ? यस्तो औषधिले महिलाको प्रजनन क्षमतामा असर गर्छ ? यि प्रश्नको उत्तर तलका तथ्यले प्रष्ट पार्नेछ:

१. महिलाले प्रयोग गर्ने गर्भनिरोधक चक्कि के हो?

महिलाहरुले खाने गर्भनिरोधक चक्कि सन १९६०को दशकबाट नै प्रयोग हुन थालेको हो । यि चक्किमा सेन्थेटिक हर्मोन प्रयोग गरिएको हुन्छ जसले गर्भ रहन दिदैन। बिश्वभर यस्तो औषधि प्रयोग गर्ने महिलाको शंख्या २० करोड भन्दा बढि रहेको बताइन्छ । नेपालमा सि.आर.यस. कम्पनिले निलोकन र सुनौलो गुलाफ ब्र्यांडका गर्भनिरोधक चक्कि बिक्रि वितरण गर्ने गरेको छ। यि दुइ पिल्सको नाम मात्र फरक हो दुबैमा उस्तै मात्रामा एस्ट्रोजन तथा प्रोजेस्टिन हर्मोनको मिश्रण रहेको हुन्छ।
पिल्समा हुने हर्मोनले हर्मोन असन्तुलित हुने महिलाको हर्मोन सन्तुलित पार्ने कार्य पनि गर्न सक्छ ।

२. के गर्भनिरोधक पिल्स रोक्ने बित्तिकै गर्भ रहन्छ? 

गर्भनिरोधक चक्कीले प्रयोग गर्ने महिलालाइ गर्भाधारण गर्न केही समय ढिलो हुनसक्ने सम्भावना रहन्छ । चक्की सेवन बन्द गर्ने बित्तिकै गर्भ नरहन सक्छ तेसैले, बच्चा जन्माउन इच्छा भएमा पिल्स सेवन बन्द गरेको २ देखि ३ महिनासम्म पनि पर्खनु पर्ने हुन सक्छ । केही महिलाहरुलाइ यो समय ६ महिनासम्म लामो पनि हुन सक्छ ।

Saturday, June 27, 2015

हस्तमैथुन कसरी कम गर्ने

प्रश्न : मलाइ हस्तमैथुनले कुनै प्रकारको सम्स्या हुदैन भन्ने थाहा छ, तै पनि दिनमै २-४ चोटी हस्तमैथुन गर्दा अरू कार्यहरूमा पनि असर गरेको जस्तो लाग्छ । तेसैले, हस्त मैथुन बाट कसरी छुटकारा पाउने होला ?
उत्तर् --> खासमा भन्ने हो भने, यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा पाइने आनन्दको तरिकामा कुनै फरक हुँदैन। तेसैले अशुरक्षित यौन सम्पर्क गरेर हानी गर्नु भन्दा हस्तमैथुन गरेर सुरक्षित रहनु बुद्धिमानी हुन्छ । समाजमा चलेका हल्ला र भ्रमहरू जे जस्तो भए पनि बैज्ञानिकहरूका अनुसार हस्तमैथुनले कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या गर्दैन ।
हस्तमैथुन आफैंमा खराब नभए पनि यसका कारणले हुने हीनताबोध वा गलत कार्य गरेको जस्तो लागेमा चाँही समस्या हुन सक्छ । तेसैले हस्तमैथुन सम्बन्धी डर, लाज र धकलाई हामीले मनवाट निकालेर फाल्न सक्नुपर्छ । 
तपाइलाई अत्याधिक हस्त मैथुन गरेर आफ्नो दैनिक क्रियाकलापमा नै असर गरेको जस्तो लागेको रहेछ। यस्तो समस्या बढी यौन उत्तेजना बढाउने किताब, फिल्म, चित्र हेर्नेलाइ बढी हुने सम्भावना हुन्छ। 
यसको लागि: 
  • शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरूमा भाग लिने
  • यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने
  • आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिने
  • धेरै समय एक्लै नबस्ने (एकान्त वा हस्तमैथुन गर्नमिल्ने ठाउँमा नबस्ने)



Saturday, May 30, 2015

हस्तमैथुन गरौँ स्वास्थ्य रहौं

केही तथ्य :
  • हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउछ भन्नु भ्रम हो
  • हस्तमैथुन स्वास्थ्यका लागि हानिकारक नभै फाइदाजनक हुने विज्ञहरू बताउँछन्।
  • समय र धनको बर्बादीबाट बचाउँदै यौनसन्तुष्टि प्राप्त गर्ने एकमात्र विकल्प हस्तमैथुन हो
  • अझ कसैले त सेक्स गर्दा नपाएको चरमसन्तुष्टि हस्तमैथुन गर्दा पाइने पनि बताउछन
  • हस्तमैथुनले मुडलाई सही ठाउँमा ल्याउने तथा तनाव  घटाउछ
  • प्रोस्टेट क्यान्सरको खतरा कम गर्छ

हस्तमैथुन कति फाइदाजनक?

पुरुषलाई हस्तमैथुनले आनन्द दिने मात्र होइन, यसले शरीरमा जम्मा भएका बूढापूराना शुक्रकीटलाई  त्याग्नसमेत सघाउ पुर्‍याउँछ। पुराना शुक्रकीट फ्याँकिएपछि नयाँ शुक्रकिटको उत्पादन तथा विकासमा सघाउ पुग्छ। हस्तमैथुनले पुरुषमा  प्रोस्टेट क्यान्सरको खतरा समेत कम गर्ने विज्ञहरू बताउँछन्।

चिकित्साजन्य फाइदाका अतिरिक्त मैथुनका संवेगात्मक तथा मनोवैज्ञानिक फाइदासमेत छन्। यसले मुडलाई सही ठाउँमा ल्याउने तथा तनाव  घटाउने काम गर्छ। हस्तमैथुनले पार्टनरसँगको यौनसम्बन्धलाई सुधार्नसमेत सघाउ पुर्‍याउँछ। त्यसैले अब हस्तमैथुन लजाउनुपर्ने तथा  हीनताबोध गर्नुपर्ने विषय रहेन। यो यौनिक रूपमा सक्षम मानिसले सन्तुष्टि प्राप्त गर्ने नियमित क्रिया हो।

महिलालाई हस्तमैथुनका फाइदा

हस्तमैथुनबाट पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टि र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन्। (महिलाले कसरी हस्तमैथुन गर्छन?) हस्तमैथुन महिलाको स्वास्थ्यका लागिसमेत हितकर  छ, तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका भने हुनु हुँदैन। यदि हस्तमैथुन पछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई  नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ।

Tuesday, May 26, 2015

महिलाले हस्तमैथुन कसरी गर्ने ? हस्तमैथुनका फाइदाहरू

म भर्खर १६ वर्षकी भएँ । मलाई एकदमै यौन समबन्धी जिज्ञासा भइ रहन्छ तर, मलाई यौन सम्बन्ध नै राख्न भने मन छैन । महिलाले पनि हस्तमैथुन गर्ने सुनेकी छु, यो कसरी गर्ने भन्ने तरिका बताइदिनु भए आभारी हुने थिए।

महिलाहरूको यौन अङ्ग पुरुषको तुलनामा अलि भित्र तिर हुने, र पुरुषको जस्तो बाहिर ननिस्केको हुनाले  धेरै महिलाहरूले आफ्ना यौन अङ्गहरूलाई राम्ररी हेरेका पनि हुँदैनन्। यौन र हस्तमैथुन गर्नु भन्दा पहिले आफ्ना अङ्गहरूका बारेमा आधारभूत जानकारी लिनु आवश्यक हुन्छ। सबै जसो पुरुषहरूले (९० प्रतिशत भन्दा बढीले ) हस्तमैथुन गर्ने भए पनि महिलाहरू मध्ये ६०-८० प्रतिशतले हस्त मैथुन गर्ने गरेको बिभिन्न सर्बेक्षणले देखाएका छन् ।

हस्त मैथुनका फाइदाहरू: 

  • हस्तमैथुन गर्ने महिलालाई आफ्ना यौनअंगका बारेमा धेरै थाहा हुन्छ । 
  • किशोरावस्थामा हुने तीब्र्स यौन चाहना हुने हुँदा, यस्तो बेलामा हस्तमैथुन गरेर यौनेच्छा  शान्त पार्ने सबै भन्दा राम्रो विकल्प हो।
  • हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। 
  • तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। 
  • हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ। 
  • अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले एचआईभी/एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ।
  • यौन साथीसंग सम्पर्क गर्दा पनि यौन सन्तुष्टि कसरी लिन सकिन्छ भन्ने कुरा पनि थाहा हुने हुनाले बढी शुख र आनन्द हुने आसन प्रयोगहरू गरेर दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अबलम्बन गर्न पनि हस्तमैथुनले सहयोग हुन्छ ।

Saturday, May 16, 2015

साथीसंग यौनका कुरा (कामसुत्रको सुझाब)

के तपाईं पनि आफ्नो प्रेमी/प्रेमिका वा पति/पत्नीबीच संग यौन सम्पर्कका कुरा गर्न लजाउने र डराउने गर्नुहुन्छ? बिभिन्न अध्ययनले कतिपय पति/पत्नी सम्भोग गरे पनि सम्भोगको बारेमा कुनै कुराकानी गर्दैनन । यस्तो हुँदा सम्भोग सम्बन्धी गलत जानकारी र गलत धारणाको बिकास हुन सक्ने डर हुन्छ । जोडी बीचको सम्बन्ध अझ सुन्दर तथा मजबुद बनाउन सम्भोगको महत्वपूर्ण भूमिका भए जस्तै यौन सम्बन्धी कुराकानी र सल्लाह गर्दा पनि जोडी बीचको सम्बन्ध अझ सुन्दर तथा मजबुद हुन्छ ।
पुरातन ग्रन्थ कामसुत्रमा ‘प्रेमको आधार नै सम्भोग हो' भनिएको छ र यसमा स्त्री र पुरुषहरूको शारीरिक संरचना र मनोविज्ञानको बारेमा उल्लेख गरिएको छ । शरीर र मन अलग अलग भएपनि दुवैलाई एक बनाउने आधार नै सम्भोग भएको मानिन्छ । यौन जीवनमा कुनै पनि असन्तुष्टि भएमाआपसी सम्बन्धमा ठुलो समस्या पर्न सक्छ । यस कारण पनि आफ्नो साथीसँग यौनको बारेमा खुलेर कुरा गर्नु अति आवश्यक हुन्छ ।
कामसुत्रमा लेखिएको छ, 'सम्भोगका बारेमा खुलेर कुरा गर्दा तपाईले आफ्नो वैवाहिक जीवनलाई आफ्नो साथीसँगको सम्बन्धमा सामञ्जस्य बनाएर खुशीयाली र रोमाञ्चक बनाउन सक्नुहुन्छ ।' यो पौराणिक ग्रन्थमा सम्भोग बाहेक मानिसको जीवन शैली, एक अर्काको कर्तब्य, गृहकला, नाट्यकला, सौन्दर्यशास्त्र आदिको बारेमा पनि बिस्तृत रूपमा चर्चा गरिएको छ । यौन सम्बन्धी ब्यबशाय - नृत्यकला र वेश्याबृतीको जीबनको बारेमा पनि कामसुत्रको किताब मा चर्चा गरिएको छ । यिनै कुराहरूलाई आधार बनाएर सम्बन्धलाई मजबुत बनाउन आफ्ना यौनसाथीसँग खुलेर कुरा गर्नु सम्बन्ध बलियो बनाउने दिशामा पहिलो कदम हो।

साथीसँग सम्भोगका चर्चा

एउटै आसन भन्दा सम्भोगका बिभिन्न आसनहरूको पर्योग गर्दा यौन सम्पर्कको भिन्दै आनन्द हुन्छ । तर यी आसनमा यौन सम्पर्क गर्नु अघाडी वा गर्ने बेलामा नै दुबैजनाले आफुँले गरेको अनुभब आदानप्रदान गर्नु पर्ने हुन्छ । यसरी आफ्नो साथीसँग यस विषयमा खुलेर कुरा गर्दा सम्भोगको पूरा आनन्द लिन सक्नुहुन्छ । अझ, यौन आसनका बारेमा सही जानकारी एक अर्कामा बाँडन कामसुत्र किताब नै संगै पढ्न पनि सकिन्छ । प्रत्येक आसन, प्रतेक अनुभब, र विषयमा आफ्नो यौनसाथीसँग चर्चा गर्दा यौन जीबन बढी रोचक र बिबिधताले भरिपूर्ण बनाउन सहयोग पुग्छ । रोचकताको साथसाथै तपाईहरू बीचको आत्मियता पनि बढ्न सक्छ ।

Wednesday, May 13, 2015

सम्भोग क्षमता बढाउन ६ सहयोगी उपायहरु

यौन  क्रियामा सम्भोग क्षमता बढाउनु निम्न उपाय हरू उपयोगी हुन सक्छन:
  1. पोषिलो खाना खानुहोस्, स्वस्थ र मजबुत रहनुहोस् – तपाइँको भोजनमा पोषक तत्वहरुको पर्याप्तता भयो भने त्यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्छ र यौन जिवनलाई दहि्रलो बनाउँछ । त्यसैले पोषिला तथा शक्ति दिने खानाहरु जस्तै अण्डा, ओखर लगायतका विभिन्न फलका गुदी, माछा मासु, दुध, सागपात जस्ता खाना नियमित खानुहोस् । तर, जंक फूडबाट भने टाढा रहनुहोस् ।

  2. व्यायाम – स्वस्थ पुरुष यौनिक रुपमा पनि तन्दुरुस्त नै हुन्छ । यौन इच्छा तथा यौन क्षमता बढाउन व्यायाम उत्तम उपाय हो । व्यायामले तनाव घटाउँछ र सरीरमा यौन हर्मोनको रुपमा रहेको टेष्टेस्टेरोन हर्मोनको उत्सर्जन बढाउँछ ।

  3. धूमपान मध्यपान छाड्नुहोस् – तपाइँले सुन्नु भएकै होला की धूमपान मध्यपानले यौन जिवनमा असर गर्छ भन्ने कुरा । धूमपानले सरीरमा रक्त प्रवाहमा नकारात्मक असर पूराउँछ । यसले फोक्सोमा पनि असर पूराउँछ । जसले यौन क्षमता मात्र नभएर अरु सबै शारीरिक तथा मानसिक क्षमतामा नकारात्मक असर पूराउँछ । त्यस्तै मध्यपानले पनि शरीरमा नकारात्मक असर पूराउने र यौन उत्तेजनामा असर पुर्याऊने बताइन्छ ।

  4. हस्तमैथुन सन्तुलित गर्नुस्- हस्तमैथुन गर्नु नराम्रो होइन । तर, सेक्स गरे पछि शिथिल भए जस्तै हस्तमैथुन पछि पनि फेरी उत्तेजित हुन केही समय कुर्नु पर्छ । तेसैले यौन सम्बन्धका लागि पनि केही कुरा बाँकी राख्नुहोस् । क्षणिक उत्तेजनालाई नियन्त्रण गर्दा तपाईले सेक्समा राम्रो प्रदर्शन गर्न सक्नुहुन्छ । तर, शीघ्र स्खलनको समस्या हुनेले युवाहरूले हस्त मैथुन गरेर यौन सम्पर्क गर्दा लामो समय सम्म स्खलित नभएको पनि बताउँछन । तेसैले तपाई आफ्नो क्षमता र अबस्था हेरेर हस्तमैथुन गर्ने वा नगर्ने गर्नु होला ।

  5. सम्भोगका लागि सही आसन छान्नुहोस् – सम्भोगका लागि उपयुक्त आसन र नयाँ प्रयोगले पनि यौन जिवनलाई दह्रो तथा सुखमय बनाउन सहयोग गर्छ । मुखमैथुनले पनि पार्टनरबीच मनोवैज्ञानिक खुल्लापन र निकटलाई बढाइ यौन सम्बन्धलाई सुखमय बनाउँछ ।

  6. कसिला भित्री वस्त्र नलगाउनुहोस् – बढि कसिला भित्री वस्त्रले पनि यौन क्षमतामा असर पूराउँछ । यसले यौन तथा प्रजनन क्रियामै असर पुर्याउने बताइन्छ । बढि कसिला कट्टु लगाउँदा पुरुषको हकमा लिंगका कोषमा असर पुग्ने र लिंगमा रक्तप्रवाह गर्ने रक्तनली थुनिने खतरा हुने हुँदा त्यसले लिंगको उत्तेजनामा असर पूराउँछ र यौन क्षमतामा नकारात्मक असर पुग्न सक्छ । 
 

Thursday, May 7, 2015

ब्लु–फिल्मदेखि बलिउडसम्म - सन्नी लियोनको अभिनय यात्रा

पछिल्लो समयमा सबैभन्दा चर्चित बलिउड अभिनेत्री सन्नी लियोनको बिगत सुन्दा जो कोहिले पनि जिब्रो टोक्छन । बयस्क फिल्म खेलेर अभिनय क्षेत्रमा हात हालेकी सन्नी अहिले बलिउड सेलिब्रेटी भइ सकेकी छिन र अब उनी आफ्नो बिगतलाई भुल्न चहान्छिन ।  भारतीय मुलकी क्यानेडिन पोर्न स्टार सन्नी अघिल्लो बर्ष इन्टरनेटमा सबै भन्दा बढी खोजिएकी बलिउड सेलिब्रेटी हुन । बलिउड प्रबेशको छोटो समयमा नै धेरै सफलता हाँसिल गर्न सफल सन्नीको बारेमा साना-साना कुरा मिडियाले लेख्ने गर्दछन ।

अब सन्नी लियोन को बारेमा जानकारी:
  • सन्नीको जन्म १३ मे १९८१ मा क्यानडाको सार्निया शहरमा भएको थियो। 
  • उनका तिब्बतियन बाबु र हिमाञ्चल प्रदेशकी आमा सन्नी जन्मनु भन्दा अघाडी नै क्यानडा स्थाई बसोबास गर्न गएका थिए। 

Tuesday, April 21, 2015

सपनामा सेक्स, राम्रो हो कि नराम्रो हो ?

के तपाईले पनि कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देख्नु हुन्छ? वा आफ्नै पति/पत्नी वा प्रेमी/प्रेमिकाका साथ यौन क्रिया गरेको सपना पो देख्नुहुन्छ कि ?
सबैले सपना देख्छन् र सपानामा अनेक कुराहरू साँच्चै भएको जस्तो गरेर अनुभव गरिन्छ । तर सपना यस्तै देख्छु भनेर देख्न भने सकिदैन तेसैले सपनामा देखेको कुराले बिपनामा पनि असर गर्छ भन्ने बिश्वास गरिन्छ । पुरातन काल देखि सपनाको आधारमा शुभ हुने वा अशुभ हुने भविष्यबाणी गरिंदै आएको छ । आज हामी बिभिन्न यौन सम्बन्धी सापनाको बारेमा कुरा गर्छौं :
आफ्नो पार्टनरसँग: आफ्नै पार्टनर लोग्ने स्वास्नी वा प्रेमी प्रेमिका बीच यौन सम्पर्क भएको सपना देख्नु भनेको कि तपाईहरू बीच एकदमै राम्रो सम्बन्ध छ अथवा तपाईलेआशा गरे अनुरुपको यौन शुख प्राप्त गर्न सक्नु भएको छैन । यदि तपाईले सपनामा पनि बिपनामा गरेकै जस्तो यौन सम्पर्क गर्नुहुन्छ भने तपाईलाई बधाई छ, तपाईहरू बीचको सम्बन्ध एक दमै राम्रो रहेछ । यदी सपनामा गर्ने यौन क्रिडा बिपानामा गर्ने क्रिडा भन्दा भिन्न खालको छ भने तपाईमा यौन सम्बन्धी कुनै अतृप्त इच्छा रहेका छन् भनेर बुझ्न सकिन्छ । यस्तो अबस्थामा तपाईले आफ्नो पार्टनरसंग तपाईले देखेको सपना सम्बन्धी कुरा गरेर सपानामा गरेको जस्तै यौन क्रिडा गर्ने सहमती गर्न पनि सक्नु हुन्छ । यसरी तपाईले आफ्नो अतृप्त चाहना पनि पूर्ण गर्न सक्नु हुन्छ ।
पूर्व पार्टनरसँग- यदि तपाईले सपानामा आफ्नो पूर्ब पार्टनर पूर्व गर्लफ्रेण्ड / ब्वाइफ्रेण्ड वा पति/पत्नी संग सेक्स गरेको सपना देख्नुहुन्छ भने तपाईले पूर्ब पार्टनरसंगको यौन क्रिया मिस गरिरहनु भएको छ। तपाईंले अवचेतन रूपमा आफ्नो नयाँ पार्टनरलाई पूरानो पार्टनरसंग तुलना गरिरहेरको पनि हुन सक्छ । यदी तपाई अहिले एक्लै हुनुहुन्छ भने तपाईले पार्टनर भन्दा पनि बढी सेक्स मिस गरेको पनि हुन सक्छ । तेसैले तपाईले के मिस गर्नु भएको छ त्यसको निदान गर्नु आबश्यक हुन्छ ।

Wednesday, April 15, 2015

पुरुषले शीघ्र स्खलन रोक्ने उपायहरू

७५ प्रतिशत पुरुषले योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेट भित्रै स्खलन हुन्छन । तीन मिनेट सम्म सख्लन नहुने पुरुष धेरै कम हुन्छन । तर, लिङ्गलाई योनिमा पसाए पछि ३० सेकेन्ड वा सो भन्दा कम समयमा स्खलन हुनु वा ५ - १० धक्कामा नै वीर्यस्खलन हुनुलाई छिटो स्खलन भएको मानिन्छ ।


यदि तपाई छिटो स्खलन हुने समस्या बाट पिडित हुनुहुन्छ भने त्यसको कारण नै पत्ता लगाएर मात्र त्यसको समाधान खोज्नुपर्दछ । कहिले काहिँ यौन कार्यकै चिन्ताले पनि यस्तो समस्या भएको हुन सक्छ । तेसैले चिन्ता र मनमा भय छ भने त्यो हटाउनु मुख्य समाधान हुन सक्छ । यौन सम्पर्कको बेला तनाव कम गर्ने र आत्मविश्वास बढाउनु ले पनि यौन क्रियाकलाप मा सघाउछ। सामान्यतया शीघ्र स्लखन हुनु अस्वाभाविक होइन र शीघ्र स्खलन भयो भनेर चिन्ता लिनु पर्दैन । शीघ्र स्खलन भए पनि नभए पनि लामो समय सम्म यौन क्रिया गर्न निमन उपाय प्रयोग गर्न सकिन्छ ।

शीघ्र स्खलन रोक्न के गर्ने ? 


Thursday, April 2, 2015

स्पर्श, मानिसहरूले एक अर्कालाई छुनुको महत्व


काम  उत्तेजनाको लागि स्पर्श गर्नु पर्ने महिलाका कामोत्तेजक अंगको बारेमा यो पोस्टमा पढ्नु होला,पुरुषका सम्बेदनशील अंगको बारेमा पनि हामीले यस अघिनै चर्चा गरेका थियौं ! आज स्पर्श भनेको के हो र किन चाहिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं : 
स्पर्शले मानिसलाई मित्रता, प्रेम यौनआकर्षण व्यक्त गर्न सहयोग गर्छ सामाजिक परम्परा अनुसार विभिन्न उमेर, लिंग र व्यक्तिहरू बीचमा स्पर्श गर्न अनुमति दिने नदिने गरिन्छ यस्ता परम्परा बिभिन्न समुदायहरूमा फरक फरक हुन सक्छ
स्पर्श पनि दुई प्रकारका हुन्छन – खराब स्पर्श र असल स्पर्श : असल स्पर्श सहमतीमा गरिएका सबै जसो स्पर्श असल स्पर्श हुन यसका उदाहरणहरू - धाप मार्नु (स्याबासी दिनु), मालिस गर्नु, अंगालो हाल्नु, चुम्बन गर्नु, सुम्सुम्याउनु आदि हुन् सहमतिमा नगरिएका धेरै जसो स्पर्श खराब स्पर्श हुन्छन र यी प्राय: पीडादायी पनि हुन्छन उदाहरणको लागि पिट्नु, धकेल्नु, जबर्जस्ती गर्नु (जबर्जस्ती चुम्बन वा यौन सम्पर्क  गर्नु) खराब स्पर्श हुन्