Tuesday, April 21, 2015

सपनामा सेक्स, राम्रो हो कि नराम्रो हो ?

के तपाईले पनि कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देख्नु हुन्छ? वा आफ्नै पति/पत्नी वा प्रेमी/प्रेमिकाका साथ यौन क्रिया गरेको सपना पो देख्नुहुन्छ कि ?
सबैले सपना देख्छन् र सपानामा अनेक कुराहरू साँच्चै भएको जस्तो गरेर अनुभव गरिन्छ । तर सपना यस्तै देख्छु भनेर देख्न भने सकिदैन तेसैले सपनामा देखेको कुराले बिपनामा पनि असर गर्छ भन्ने बिश्वास गरिन्छ । पुरातन काल देखि सपनाको आधारमा शुभ हुने वा अशुभ हुने भविष्यबाणी गरिंदै आएको छ । आज हामी बिभिन्न यौन सम्बन्धी सापनाको बारेमा कुरा गर्छौं :
आफ्नो पार्टनरसँग: आफ्नै पार्टनर लोग्ने स्वास्नी वा प्रेमी प्रेमिका बीच यौन सम्पर्क भएको सपना देख्नु भनेको कि तपाईहरू बीच एकदमै राम्रो सम्बन्ध छ अथवा तपाईलेआशा गरे अनुरुपको यौन शुख प्राप्त गर्न सक्नु भएको छैन । यदि तपाईले सपनामा पनि बिपनामा गरेकै जस्तो यौन सम्पर्क गर्नुहुन्छ भने तपाईलाई बधाई छ, तपाईहरू बीचको सम्बन्ध एक दमै राम्रो रहेछ । यदी सपनामा गर्ने यौन क्रिडा बिपानामा गर्ने क्रिडा भन्दा भिन्न खालको छ भने तपाईमा यौन सम्बन्धी कुनै अतृप्त इच्छा रहेका छन् भनेर बुझ्न सकिन्छ । यस्तो अबस्थामा तपाईले आफ्नो पार्टनरसंग तपाईले देखेको सपना सम्बन्धी कुरा गरेर सपानामा गरेको जस्तै यौन क्रिडा गर्ने सहमती गर्न पनि सक्नु हुन्छ । यसरी तपाईले आफ्नो अतृप्त चाहना पनि पूर्ण गर्न सक्नु हुन्छ ।
पूर्व पार्टनरसँग- यदि तपाईले सपानामा आफ्नो पूर्ब पार्टनर पूर्व गर्लफ्रेण्ड / ब्वाइफ्रेण्ड वा पति/पत्नी संग सेक्स गरेको सपना देख्नुहुन्छ भने तपाईले पूर्ब पार्टनरसंगको यौन क्रिया मिस गरिरहनु भएको छ। तपाईंले अवचेतन रूपमा आफ्नो नयाँ पार्टनरलाई पूरानो पार्टनरसंग तुलना गरिरहेरको पनि हुन सक्छ । यदी तपाई अहिले एक्लै हुनुहुन्छ भने तपाईले पार्टनर भन्दा पनि बढी सेक्स मिस गरेको पनि हुन सक्छ । तेसैले तपाईले के मिस गर्नु भएको छ त्यसको निदान गर्नु आबश्यक हुन्छ ।

मन परेको सेलीब्रेटीसँग - यस्तो सपना एक चोटीमात्रै देखेमा तपाईले उक्त सेलीब्रेटीलाई सम्झेको मात्र बुझ्न सकिन्छ । तर बारम्बार देख्ने गरेमा आफ्नो पार्टनर पनि सेलीब्रेटी जस्तै होस् भन्ने लागेको पनि हुन सक्छ । तपाईको पार्टनर भए पार्टनरमा ती सेलिवि्रटी मा भएको जस्तै कुनै चिज खोजिरहनु भएको पनि हुन सक्छ ।
समलिङ्गी यौन सम्पर्क : यदि तपाईंले सपनामा समलिङ्गी साथी संग यौन क्रियाकालाप देख्नु भयो भने तपाईलाई आफ्नो यौन झुकाब बिपरीत लिंगीसंग भन्दा पनि समलिंगी तिर भएको बुझिन्छ । कहिले काहिँ बिपरीत लिंगीसंग भएको यौन सम्पर्क सुखदायी नहुनाका कारणले समलिंगी तिर आकर्षित हुँदा पनि यस्तो सपना देखिन्छ । यदि यस्तो खालको सपना बारम्बार देख्नु समलिङ्गीप्रति आकर्षित हुनुको लक्षण हो र यदी समलिङ्गी साथी नभएमा खोज्नु उपयुक्त हुन्छ ।
पार्टनरलाई धोका दिएको सपना - सपनामा आफ्नो आफ्नो पार्टनरलाई धोका दिएर अन्य कसैसंग सेक्स गरेको देख्नु को मतलब तपाईं आफ्नो अहिलेको पार्टनरको विकल्प खोजिरहनु भएको छ । यस्तो सपनाले तपाईंको सम्बन्धमा दरार आउदैं गरेको संकेत गर्दछ । यो सपनाको अर्को अर्थ तपाईं तपाईको पार्टनरसँग पर्याप्त समय बिताउन नपाऊनु पनि हुन सक्छ। जे भए पनि, यस्तो सपना देख्नु भयो भने तपाईंले आफ्नो पार्टनरसंग भएका समस्या समाधान गरेर इमोशन बिल्डिङ गर्न शुरू गर्नु पर्ने हुन्छ ।

No comments:

Post a Comment