काम उत्तेजनाको लागि स्पर्श गर्नु पर्ने महिलाका कामोत्तेजक अंगको बारेमा यो पोस्टमा पढ्नु होला,पुरुषका सम्बेदनशील अंगको बारेमा पनि हामीले यस अघिनै चर्चा गरेका थियौं ! आज स्पर्श भनेको के हो र किन चाहिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं :

स्पर्शले मानिसलाई मित्रता, प्रेम र यौनआकर्षण व्यक्त गर्न सहयोग गर्छ । सामाजिक परम्परा अनुसार विभिन्न उमेर, लिंग र व्यक्तिहरू बीचमा स्पर्श गर्न अनुमति दिने नदिने गरिन्छ
। यस्ता परम्परा
बिभिन्न समुदायहरूमा फरक फरक
हुन सक्छ ।
स्पर्श पनि दुई
प्रकारका हुन्छन – खराब स्पर्श र असल स्पर्श : असल स्पर्श सहमतीमा गरिएका सबै जसो
स्पर्श असल स्पर्श हुन यसका उदाहरणहरू - धाप मार्नु (स्याबासी दिनु), मालिस गर्नु, अंगालो हाल्नु, चुम्बन गर्नु, सुम्सुम्याउनु आदि हुन् । सहमतिमा नगरिएका धेरै जसो स्पर्श खराब
स्पर्श हुन्छन र यी प्राय: पीडादायी पनि हुन्छन । उदाहरणको लागि पिट्नु, धकेल्नु,
जबर्जस्ती गर्नु (जबर्जस्ती चुम्बन वा यौन सम्पर्क गर्नु) खराब स्पर्श हुन् ।
हाम्रा इन्द्रियहरूले अनुभब गर्न सक्ने पाँच प्रमुख
अनुभुतीहरू दृष्टि, श्रवण, सुँघ्ने, स्वाद र स्पर्शहुन्। असल स्पर्शले तनाव कम गराउने हर्मोन(सेरेटोनिन, डोपामिनजस्ता) को उत्पादन गर्न सहयोग गर्छ भने तनाब बढाउने हर्मोन (कर्टिसोल वा एड्रेनालिनजस्ता हर्मोन)को उत्पादन घटाउन सहयोग गर्दछ। तेसैले पर्याप्त मात्रामा गरिने स्पर्श ले निराशापन कम हुन सक्छ । यस अर्थमा स्पर्शलाई एउटा औषधि भने पनि फरक पर्दैन किनकी तनाब र निराशा काम भएमा रोगप्रतिरोध शक्ति बढेर व्यक्ति स्वस्थ हुन्छ ।
स्पर्श भावनात्मक, शारीरिक र मानसिक विकासको लागि अति नै महत्त्वपूर्ण छ । पर्याप्त स्पर्श नपाएको व्यक्तिमा बौद्धिक विकास पनि कम हुने बताइन्छ
। तेसैले शिशुकालदेखि नै बालबालिकाहरूलाई पर्याप्त स्पर्श दिनु पर्ने
हुन्छ । स्पर्श कम
पाएका बालबालिकामा असामान्य व्यहोराको विकास भएको पनि पाइन्छ। तर यौनको दृष्टिकोणले गरिने स्पर्श र यौनसम्पर्क भने श्रीमान र
श्रीमती बाहेक अरू संग गर्नु सामाजिकरूपमा अनैतिक र अस्वीकार्य मानिन्छ । अझ धेरैजसो परिस्थितिमा पुरुष र महिला बीचहुने कुनै पनि स्पर्शलाई यौनको दृष्टिकोणले हेर्ने पनि गरिन्छ ।
स्नेहयुक्त स्पर्श कुनै पनि उमेरका व्यक्तिलाई चाहिन्छ । बाल्यकालदेखि नै राम्रो स्पर्श नपाएका व्यक्तिले वयष्क भए पनि पनि अरू व्यक्तिसँग स्वस्थ सम्बन्ध बनाउन नसकेको देखिन्छ । पर्याप्त स्पर्श नपाएका व्यक्तिहरू बिवाह पछि पनि बिभिन्न यौन समस्याहरू बाट गुज्रिने
गरेका छन् । यौनसम्पर्कको दौरानमा चरमसुख पाएपछि पनि अँगालोमा बाँधिएर बस्नुको सट्टा अर्कोतिर फर्केर सुत्ने स्पर्शलाई निरन्तरता दिन नसक्नुको लक्षण हो ।
No comments:
Post a Comment