Wednesday, April 15, 2015

पुरुषले शीघ्र स्खलन रोक्ने उपायहरू

७५ प्रतिशत पुरुषले योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेट भित्रै स्खलन हुन्छन । तीन मिनेट सम्म सख्लन नहुने पुरुष धेरै कम हुन्छन । तर, लिङ्गलाई योनिमा पसाए पछि ३० सेकेन्ड वा सो भन्दा कम समयमा स्खलन हुनु वा ५ - १० धक्कामा नै वीर्यस्खलन हुनुलाई छिटो स्खलन भएको मानिन्छ ।


यदि तपाई छिटो स्खलन हुने समस्या बाट पिडित हुनुहुन्छ भने त्यसको कारण नै पत्ता लगाएर मात्र त्यसको समाधान खोज्नुपर्दछ । कहिले काहिँ यौन कार्यकै चिन्ताले पनि यस्तो समस्या भएको हुन सक्छ । तेसैले चिन्ता र मनमा भय छ भने त्यो हटाउनु मुख्य समाधान हुन सक्छ । यौन सम्पर्कको बेला तनाव कम गर्ने र आत्मविश्वास बढाउनु ले पनि यौन क्रियाकलाप मा सघाउछ। सामान्यतया शीघ्र स्लखन हुनु अस्वाभाविक होइन र शीघ्र स्खलन भयो भनेर चिन्ता लिनु पर्दैन । शीघ्र स्खलन भए पनि नभए पनि लामो समय सम्म यौन क्रिया गर्न निमन उपाय प्रयोग गर्न सकिन्छ ।

शीघ्र स्खलन रोक्न के गर्ने ? 



१. यौनसम्पर्क गर्दा गर्दै रोक्ने र फेरी सुरु गर्ने (यसरी यौनसम्पर्क गर्दा केही क्षण बिसाउँदा उत्तेजनामा कमी आएर स्खलनको समय बढाउन सकिन्छ)
२. महिला माथि पुरुष तल भएर यौनसम्पर्क गर्ने (यस्तो सम्पर्कले महिलालाई स्खलन हुन सजिलो हुन्छ भने पुरुष सक्रिय नहुने हुनाले स्खलन हुने समय बढ्छ)
३. स्खलन हुन लाग्यो भने लिङ्गलाइ योनिबाट बाहिर झिक्ने,
४. लिङ्गको फेदलाई बेस्सरी अँठयाउने,
५. कन्डमको प्रयोग गर्ने (कण्डमले योनी र लिंगको बीचमा स्पर्श र उत्तेजना कम गरिदिन्छ) अझ पातलो भन्दा बाक्लो खालको कन्डमको प्रयोग गर्दा लामो समय सम्म स्खलन रोक्न सकिन्छ
६. केगल कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्ने ।
७. आशन परिर्वतन गर्दै बिभिन्न रूपमा यौन सम्पर्क गर्ने ।
८. उत्तेजना कम गर्ने खालको कुरा सोच्ने - विर्य झर्न लागेको बेलामा दिमागलाई यौन सम्पर्क बाहेक अन्य बिषयमा केन्द्रीत गर्ने
९. स्खलन हुन लागेमा लामो लामो स्वास लिने

No comments:

Post a Comment