Friday, January 26, 2018

के हस्तमैथुन समस्या हो ?

हस्तमैथुन भनेको के हो ?


आफुले आँफ्नै यौनांग चलाउने खेलाउँने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने क्रियाकलापलाई हस्तमैथुन भनिन्छ। यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौन अंगको घर्षण मुख्य तरिका हो। हस्तमैथुन गर्दा मात्र होइन, बिपरितलिंगि वा समलिंगि साथिसंग सम्भोग गर्दापनि दुई व्यक्तिको यौनअंगहरु एकआपसमा घर्षण नै गराइन्छ । हस्तमैथुन गर्नु वा सम्भोग गर्नु वास्तमा एउटै कुरा हुन ।

मानिसले आफ्नो यौन अंग अरू कसैको यौन अंगमा घर्षण गराएर मात्र यौन आनन्द प्राप्त गर्ने हुँदैहोइन । यौन अंग वा ति बाहेक जहाँ घर्षण गरेर पनि यौनानन्द लिन सकिन्छ । तेस्तै, यौन क्रिया हो हस्तमैथुन - जसबाट यौन सम्पर्कबाहेक अन्य तरिकाबाट यौन आनन्द तथा यौन चरमसुख प्राप्त गर्न सकिन्छ ।

सिद्वान्तत: सम्भोग गर्दा वा हस्तमैथुन गर्दा यौन अंगको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै हो । त्यसैले जसरि सम्भोग गर्दा कुनै पनि हानि हुँदैन, त्यसरि नै हस्तमैथुन गर्दा पनि कुनै हानि हुँदैन । तेसैले हस्तमैथुन कुनै समस्या नै होइन।

के हस्तमैथुन सुरक्षित छ ?


यसको सजिलो उत्तर - "सुरक्षित तरिकाले गरेको हस्तमैथुन सुरक्षित हुन्छ।"

सामान्यत: हस्तमैथुन आफैंले कुनै पनि खराबी गर्दैन । तर, जब मानिसहरु हस्तमैथुनको बारेमा नकारात्मक सोच्छन, त्यस पछि भने समस्या आउन सक्छ । जस्तो कि, हस्तमैथुन गरेर हीनताबोध वा दोषीपन महशुस गरेमा मानसिक समस्या हुन सक्छ । हाम्रो स्वस्थ यौन विकासमा हाम्रा सामाजिक मूल्य–मान्यताको पनि ठूलो भूमिका हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा मूल्य–मान्यताले आन्तरिक रूपमा द्वन्द्वात्मक स्थिति सिर्जना भए नकारात्मक असर देखा पर्छन् । यस्ता नकारात्मक असरबाट जोगिन हामीले मनबाटै नकारात्मक धारणा निकाल्न सक्नुपर्छ ।

सुरक्षित हस्तमैथुन भनेको के के हो त?
१) हस्तमैथुनले कुनै खरावि गर्दैन भनेर विश्वास गर्ने । "होला" भनेर होइन, मन देखिनै, पुर्णरुपमा विश्वास गर्ने ।
२) यौन अंगको छाला र बनावट कमलो हुन्छ । तेसैले ति अंगमा घाउचोट लाग्ने कुनै पनि सामाग्रि प्रयोग नगर्ने। बल प्रयोग नगर्ने । जस्तो कि शिशाका, काठका, फलामका, तिखो, धार भएका सामग्रि प्रयोग नगर्ने।
३) बिस्तारै र समयलगाएर, चिल्लो घसेर हस्तमैथुन गर्ने ।
४) अरुले नदेखुन जस्तो लाग्छ भने, एकान्तमा, झ्याल ढोका बन्द गरेर, आवाज बाहिर नजाने गरेर हस्त मैथुन गर्ने ।
५) अझ, आँफ्नो यौन पार्टनर हुनेले ति पार्टनरलाई पनि हस्तमैथुन गर्न सहयोग गर्दा यो सम्बन्धि नकारात्मक असरबाट छुटकरा मिल्छ।



No comments:

Post a Comment