Monday, September 7, 2015

डन्डिफोरले सताएको छ भने के गर्ने ?

प्रश्न - अनुहारमा अनुहारमा डन्डिफोर आएर सताएको छ के गर्ने होला ?

तपाइको उमेर कति भयो ? टिन अबस्थामा हो भने हर्मोनको कारणले डन्डिफोर आउछ ।

धुलो, मरेका कोष (dead cells), र छालावाट निस्कने तेल नै डन्डीफोरको मूख्य कारण हो / जे पायो तेही औषधी वा घेरलु औषधी लगाउँदा झन खराब गर्न सक्छ तेसैले - सरसफाई गर्नुहोस्, खुशी हुनुहोस ।
मूख्य रूपमा:

  • दिनमा २-३ पटक राम्रोसँग सफा पानीले अनुहार सफा गर्नुहोस्।
  • बिहान स्क्रब वा फेसवासले अनुहार सफा गर्ने र दिनमा एकपटक फेसप्याक लगाउने।
  • फेसप्याकका लागि तुलसी एवं निमका पात, एक चम्चा बेसन, एक चम्चा बेसार, सानो टुक्रा फिटकिरी मिसाई पेस्ट बनाउने र बिहान अनुहारमा लगाई १५ मिनेटसम्म त्यसै छोडी सुकेपछि सफा पानीले सफा गर्ने। हल्का हातले मसाज गर्दै नियमित रूपमा सफा गरे अनुहारको डन्डिफोर चाँडै हटेर जान्छ।
  • डन्डिफोर हटाउन खानामा पनि ध्यान दिनुपर्छ। हरियो सागपात धेरै खाने, फलफूल, गेडागुडीको रस, माछामासु, अण्डा, भिटामिनयुक्त खाना खाने र पानी बढी मात्रामा पिउने।
  • डन्डिफोर हुनेहरूले अनिँदो बस्नुहुँदैन
  • १५-१५ दिनमा दक्ष ब्युटिसियनको सल्लाहअनुसार अनुहारको उपचार गर्नुपर्छ।
यति गर्दा पनि डन्डिफोर हराएन भने चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु राम्रो हुन्छ।

डा. सुशिल देवकोटाले निम्न सुझाव दिनुभएको छ डन्डिफोरको दागबाट मुक्ति पाउनको लागि:

डन्डिफोरलाई समयमा उपचार नगरिएको खन्डमा छालामा नराम्रा दागहरु छोडने सम्भावना हुने हुनाले अनुहारमा खाल्डा खुल्डी भएर नराम्रो देखिने समस्या हुन सक्छ । डन्डिफोरका दागहरु समयसंगै कम हुंदै जाने भए पनि कहिले काहीं यि दागहरुले पिडीत ब्यक्तिको व्यक्तित्वमा नै नकारात्मक असर पारेको पनि देखिन्छ।

वयस्कहरुमा डन्डिफोर एकदम कम मात्रामा मात्र हुन्छ रे प्राय: य्स्तो डन्डिफोर छालाको एलर्जीको कारण वा छालामा जम्मा भएका विशाक्त पदार्थहरुको कारणले हुने गर्दछ । कपालको डन्डिफोर पीडादायक हुनुका साथै उपचार गर्न पनि कठीन डन्डिफोर हो ।

डन्डिफोरको दाग हटाउने विभिन्न किसिमका उपायहरु छन जसले मरेको छाला हटाएर नयां छालाले प्रतिस्थापन गर्ने पनि गरिन्छ । यसको निम्ति लेजर ट्रिटमेन्ट देखि कस्मेटिक सर्जरीसम्म गर्न् सकिन्छ । डन्डिफोरको दाग हटाउनको प्राकृतिक औषधीहरु ढिलो तर राम्रो उपाय हुन जस्तै:

पानी - डन्डिफोरको निम्ति मात्र होइन छालाको कान्ति बढाउनको निम्ति पानी उपयुक्त औषधीको रुपमा लिन सकिन्छ । छालालाई यसको उच्चतम स्वस्थ अवस्थामा राख्न आठ देखि दश लिटर पानीको सेवन गर्न आवश्यक हुन्छ ।

खानेकुरा - आफ्नो खाने तौर तरिकामा परिवर्तन गरी खानामा पर्याप्त मात्रामा फाइबर बढाउन सकेमा यस्ले छालालाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछ । धेरै ताजा फलफूलको सेवन गर्नुले पनि शरीरको पिएच ब्यालेन्स मिलएर शरीरको छाला राम्रो हुन्छ ।

भिटामिन इ - भिटामिन इ को प्रयोगले पनि डन्डिफोरको उपचारमा सहयोग गर्छ । भिटामिन इ को क्याप्सुललाई फुटाएर डन्डिफोरमा लगाएमा डन्डिफोर निको भएर दाग समेत हटन सक्छ ।

अलिभ तेल - डन्डिफोरले छोडेको दागमा ओलिभ तेलले कम गर्न सहयोग गर्छ । नयाँ दागमा बढि प्रभावकारी यो उपचार पुराना दागहरुमा भने त्यति धेरै प्रभावकारी नहुन पनि सक्छ ।

कागती - कागतीले ब्लिचिंग गर्ने हुनाले डन्डिफोरका दाग कम हुने मात्र नभै छालाको कान्ति पनि बढछ ।

No comments:

Post a Comment