Wednesday, March 18, 2015

यौन के हो ? के यो समाजले भनेको जस्तो घृणित कार्य हो ?

सामजमा यौन आचरण गर्नु घृणित मानिन्छ । तर, खासमा यो  एउटा सामान्य र प्राकृतिक विषय हो। प्रकृतिले सन्तान जन्माउन तथा सृष्टि चलाउनका लागि भनेर दिएको यो एक उपहार हो। यौन क्रियाकलाप कारण नै सृष्टिले निरन्तरता पाएको वा संसार चलेको छ।
यौन नहुँदो हो त हामी नै हुने थिएनौ छौँ । अझ यौन कै कारण परिवारको निर्माण भएको हो, हामी एक अर्कामा प्रेम बार्नु आकर्षण हुनुमा पनि यौन ले नै ठूलो भूमिका खेलेको हुन्छ।
यौनका  केही फाइदाहरू निम्न छन्:
  • सन्तान  उत्पादन गर्न
  • परिवार को संरचना 
  • प्रेम, आकर्षण र एक अर्का बीचको सम्बन्धमा पनि यौनको ठूलो भुमीका हुन्छ 
  • तनाव हटाउने तथा आनन्द प्राप्तिको सरल माध्यम 
  • यो एक प्रकारको ब्यायामपनि हो
  • आनन्द पाउन गरिने क्रिडा
तर, बिभिन्न फाइदा छन् भन्दैमा यौनलाई मात्र प्राथमिकता दिएर अन्य कुराको बेवास्था गर्न भने हुँदैन ।
खाना खाने‚ सुत्ने कुराको समय हुन्छ तेस्तै सेक्स पनि समयमा गर्दा नै राम्रो हुन्छ । त्यस्तै यौन सम्पर्क गर्न सही उमेर‚ सही समय‚ सही वातावरणमा सही व्यक्तिसँग यौन सम्पर्क गर्दा डराउनु पर्ने‚ लजाउनु पर्ने हुँदैन ।
तर, हाम्रो समाजले भने यौन‚ सम्भोग, यौनांग आदि कुराहरु घृणीत विषयवस्तु हुन् भनेको जस्तो ब्यबहार गर्दछ । दुध खाएर हुर्केका सबै जना महिलाले दुध बाहिर देखाउन हुँदैन भनेर वकालत गर्दछन । लिंग र योनीलाई पनि छुनै नहुने अंग जस्तो ब्यबहार गरिन्छ  । यस्तो गर्नु गलत हो ।

बाहिर जतिसुकै घृणीत विषय भने पनि लुकीछिपी प्राय: सबैजनाले यौन क्रिया गरेकै हुन्छन । जतिसुकै लुकीछिपी सेक्स गरेपनि आखिर सन्तान जन्माउने समयमा त थाहा भइ हाल्छ । तै पनि किन कहिले नै यौन सम्पर्क नगरेको जस्तो ब्यबहार गरिन्छ ?
यसरी द्वैध चरित्र देखाउँदा कतिपय मानिसहरूमा अनाबश्यक कौतुहलता जाग्ने अनि भित्र गुम्स्याएर राखेको यौन कुण्ठा बाहिर आउँदा अपराध पनि गर्ने गर्दछन । तेसैले यौनबिषयमा समाज अलिक खुला हुन सकेमा बलात्कार जस्ता अपराधमापनि कमीआउने कुरामा कुनै शंका छैन ।

No comments:

Post a Comment