Saturday, February 28, 2015

पुरुषहरूलाई सुझाब: यस्ता स्त्रीसंग कहिले पनि सम्बन्ध नराख्नुहोस

धेरै पुरुषहरू स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । यहि स्वभावको फाइदा उठाउन महिलाहरूले बेश्याबृती गर्ने हुन । एक हिसाबले बेश्या गमन ठीक भए पनि यसले सामाजिक मर्यादा, रोग लाग्ने सम्भावना र आत्मियताकोकमी, र खर्च हुने कारणले पुरुषहरू अन्य महिलासंग सम्बन्ध राख्न खोज्छन । यो एक प्राकृतिक स्वभाब भएकोले विवाहित र अविवाहित दुवै खाले पुरुषहरू अन्य महिलाहरुको निकट हुन चाहान्छन ।तर, चाहाना र समाज दुई भिन्न भिन्न कुराहरू हुन र मानिस बुद्धिमानी प्राणि र सामाजिक प्राणी भएकोले कुनै कुनै महिलासँग सम्बन्ध राख्दा ठूलै मूल्य चुकाउनु पर्ने हुनाले तेस्तो सम्बन्ध नराख्नु नै उचित हुँन्छ । यस्ता महिलाहरू निम्न छन् :

मिल्ने साथीका दिदी, बहिनी र नजिकका नातेदार 
तपाईलाई आफ्नो साथीको साथ जरुरत छ भन्ने लाग्छ भने उसका नाजिकका महिला संग नजिकिने प्रयास कहिले पनि नगर्नुस् । यस्तो प्रयासले तपाइँको साथीसँगको सम्बन्ध मात्र धरापमा पर्ने नभएर शत्रुताको जन्म पनि हुन सक्छ
। मिल्ने साथी शत्रु हुनु भनेको अरू शत्रु भन्दा बढी खतरनाक र दर्ददायी हुन सक्छ । साथीको सहमति नभएको यस्ता सम्बन्धले साथीलाई धोका दिएको भनेर अर्थ लाग्ने हुनाले सो साथी बाहेकका अन्य साथीहरूमा पनि गलत सन्देश जान सक्छ

साथीकी पुर्व प्रेमिका
यदि तपाइँलाई साथीसँगको सम्बन्ध मूल्यवान लाग्छ भने उसकी पूर्व प्रेमिकासँग बाट पनि टाढै रहनु उचित हुन्छ । यस्तो सम्बन्धले साथीसँगको मित्रता दुश्मनीमा परिणत पनि हुन सक्छ । यस्ता सम्बन्धले तपाईको  इमान्दारिता मा पनि प्रश्न चिन्ह लगाइदिन्छ  । 

आफ्नी पूर्व प्रेमिका
प्रेमीका पूर्ब प्रेमिका हुनु भनेको कुनै पनि सम्बंधको पराकाष्टा हो । धेरै जसो सम्बन्ध टुट्न एउटा घटनामात्र जिम्मेबार नभएर बिभिन्न थाहा अथाह पृष्ठभूमिहरुको निचोड जिम्मेबार हुन्छ । तेसैले एक पटक टुटीसकेको पुरानो सम्बन्धलाई फेरी जोड्ने प्रयास नगरेकै राम्रो हुन्छ । गाह्रो साह्रोमा पूर्व प्रेमिकाको सम्झना आउन सक्छ तर यसरी पूर्ब प्रेकीका सम्बन्ध राख्नु ठूलो पश्चातपको कारण बन्न सक्छ ।

धन सम्पतीकी लोभी महिला

यस्ता महिलाहरूलाई सम्बन्धको भन्दा पैसा बढी प्यारो हुने हुनाले आफू भन्दा धनी केटा फेला पार्ने बित्तिकै छोडेर धनीसँग सल्कन्छन । यस्ता महिलाले तपाइलाई खुशी पार्न हदै सम्म मेहनत गर्ने भए पनि दीगो सम्बन्ध भने रहदैन । तेसैले समयमा नै बुध्दि पुर्याएर यस्ता महिलाबाट टाढा रहनु उचित हुन्छ  ।