Sunday, December 3, 2017

हस्तमैथुनले तौल घटने, सोच्ने शक्तिमा कमि हुन्छ हो? (अन्धविस्वास)

नियमित हस्तमैथुनले स्वास्थमा कुनै असर गर्दैन, बरु यसले यौनिक तनावलाइ कम गरेर ब्यक्तित्व बिकासमा सहयोग गर्छ ।

सोच्ने शक्ति र हस्तमैथुन

हाम्रो समाजले हस्तमैथुनलाइ जबरजस्ति खराब कार्य बनाएको हो। हुन त, यौन क्रिडा नै खराब हो भनेर ब्रम्हचारि भएर बस्नु राम्रो हो भनेर भन्ने मानिसहरु पनि नभएका होइनन । हाम्रै समाजमा धेरै हाँस्न हुन्न, धेरै हास्यो भने रुनु पर्छ भनेर भन्ने पनि छन।

हस्तमैथुन गर्न हुँदैन भन्नु र धेरै हास्नु हुन्न भन्नु उस्तै हो !

हस्तमैथुनले सोच्ने शक्तिमा कुनै खरावि गर्दैन । सोच्ने शक्ति र हस्तमैथुनको बिचको सम्बन्ध बुझ्न निम्न उदाहरण उपयोगि होला:

हर्के भर्खर १७ बर्षको भयो । पुर्ण यौवनको मात चढिसकेको हर्केलाइ केटिहरु देख्ने बित्तिकै काउकुति लाग्न थाल्छ । उनिहरुको स्तन, नितम्बमा आँखा पुग्छ, भित्र कस्ता होलान, समात्दा कस्तो अनुभव हुन्थ्यो होला । सोच्दा सोच्दै उ बोल्न नै बिर्सिन्छ, लल्याक लुलुक हुन्छ । केटिहरुले हर्केको मनोदशा बुझ्दैनन, उसलाइ लजालु केटा भन्ठान्छन, आफ्नो बाटो लाग्छ्न । उ लुकिचोरि केटिहरुको अंग अंग नियाल्दै दिन बिताउँछ । सुत्ने बेलामामा पनि केटिहरुका पुष्ट स्तन र नितम्ब आँखा वरिपरि नाचिरहन्छन, बिहान उठदा उसको लिंग सँधै ठाडो भइ रहेको हुन्छ । सपनामा पनि ठिटिहरुले छोड्दैनन र बेलाबेलामा स्वप्नदोष पनि भइ रहन्छ । राति स्वप्नदोष भएर बिउँझदा कट्टु भिजेको देख्दा उसलाइ धेरै ग्लानि हुन्थ्यो । उसले त स्वप्नदोष हुनु पनि राम्रो होइन भन्ने सुनेको थियो । उ अति नै चिन्तित हुन थाल्यो । चिन्ताले पढाइमा समस्या आउन थाल्यो ।

एक दिन उसको एउटा साथि बिर्खेको घरमा एउटा यौन उपन्यास फेला पार्यो।

हर्केले प्रतिक्रिया दियो, "हैट, यस्तो किताव पनि पढ्छन ? मान्छेको मति बिगार्ने किताव।"

बिर्खे "के भन्या तेस्तो, यो त मलाइ हस्त मैथुन गर्न सहयोगि किताव हो।"

हर्के - "हस्तमैथुन त नपुंसकले मात्रै गर्छ।"

बिर्खे - "कस्ले भन्यो? तलाइ थाहा छ, म कसरि नलजाइ केटिहरुसंग बोल्न घुलमिल हुन सक्छु?"

हर्के - "कसरि नि?"

बिर्खे - "बेलाबेलामा हस्तमैथुन गर्ने हुनाले मलाइ केटि देख्ने बित्तिकै यौन चहाना बढ्दैन। तेसैले उनिहरुसंग साथिको जस्तो ब्यबहार गर्न सक्छु। हस्तमैथुन गर्नु भनेको आँफुले आँफैलाइ शान्त बनाउनु पनि हो। खासमा कतिपय केटिहरुले पनि हस्त मैथुन गर्छन । यस्तो गर्दा सामाजिक समस्या पनि कम हुन्छ, रमाइलो पनि हुन्छ ।"

हर्के - "हो र ? मैले त यस्तो सोचेकै थिइन ! मलाइ पनि त्यो उपन्यास पढन मन लाग्यो।"

के तपाइले पनि हर्केले जस्तै सोच्नु भएको थियो, कि बिर्खेले जस्तो । बिर्खेको कुरा एकदम नै सहि छ । युवावस्तामा मानिसलाइ यौनको चहाना हुन्छ। यौन इच्छालाइ शान्त बनाउने उपाय नभएमा मानिसको मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ ।

तेसैले, हस्त मैथुन गर्ने मानिसको सोच्ने सक्ति बढि हुन्छ, अनि पढाइमा पनि सफल हुन्छन ।

हस्तमैथुन र शरिरको तौल


शरिरको तौल घटनु भनेको धेरै क्यालोरि खर्च हुनु हो । हस्त मैथुन गर्ने प्रक्रिया अनुरुप कति क्यालोरि खर्च हुने कुरा निर्धारण हुने भए पनि साधारणतया एक पटक हस्त मैथुन गर्दा १०० देखि १५० क्यालोरि सम्म खर्च हुन सक्छ । १०० क्यालोरि खर्च गर्नु भनेको करिव डेढ किलोमिटर डौडिनु बराबर हुन्छ । तेसैले हस्तमैथुन गर्दा खर्च हुने बराबरको खान्कि थप नगरेमा शरिरको तौल घटन पनि सक्छ ।

मोटा ब्यक्तिको लागि त तौल घट्नु राम्रो कुरा हो । दुब्लो पातलो ब्यक्तिले हस्त मैथुन गरे पछि एक कप जुस वा दुध वा चिनिहालेको चिया मात्रै खाए पनि खर्च भएको क्यालोरि पुर्ति हुन्छ ।