Tuesday, December 23, 2014

संधै रोमान्टिक भइ रहने टिप्स

सेक्स र रोमान्स एक अर्काका पुरक हुन । तेसैले सुखी यौन जीवनको लागि रोमान्टिक हुनु अत्याबश्यक हुन्छ । यसका लागि निम्न १० टिप्स उपयोगी हुन सक्छन:
  • एक अर्काको बीचमा कहिल्यै पनि झुठो कुरा नगर्नुहोस 
  • एक अर्काको बीचमा खुलस्त भएर कुराकानी गर्नुहोस्
  • एक अर्का प्रति मायालु र उदार बन्नुहोस
  • आफ्नो पार्टनरले चित्त दुखाएमा उसलाई सके सम्म कसरी माफ गर्ने भनेर सोच्नुहोस
  • कहिले पनि, कुनै पनि हालतमा, छुट्टिने कुरा नगर्नुहोस
  • 'सरी' भन्न सिक्नुहोस र सरी भन्दा मन देखिने साँच्चिकै सरी भएको आभाष दिलाउनुहोस् 
  • एक अर्का बीचमा इख वा 'इगो' लाई आउन नदिनुहोस
  • ठीक नभएको बेलामा पार्टनरलाई खुशी पार्न मात्र 'ठिकै छ' नभन्नुहोस
  • अहिलेको अबस्थालाई पहिलाको अबस्था संग कहिल्यै पनि नगर्नुहोस
  • र, सबै भन्दा ठूलो कुरा -- एक अर्कालाई एक दमै धेरै माया गर्नुहोस् 

Sunday, December 14, 2014

बच्चा जन्मेपछि कहिले यौन सम्पर्क गर्ने?

छोटो उत्टर -> ६  हप्ता पछि (वा, अझ बढी समय पछि, बिस्तृत विवरण तल पढ्नुहोस):
मानिसहरुमा सन्तान जन्मने क्रममा यौनेच्छा वा जाँगर मात्रै होइन, यौनप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ। तेसैले कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्ने भन्ने कुरा दम्पतीमा भर पर्छ । धेरैले  बच्चा जन्मे पछि ६ हप्ता पछि यौन सम्पर्क शुरू गर्नु राम्रो हुने भन्छन भने अरुले ६ हप्ता भन्दा बढी कुरेर मात्र शुरु गर्न सकिने बताउछन । खासमा यौन सम्पर्कको लागि शारीरिक र मानसिक रुपमा तयार भए पछि यौन सम्पर्क शुरु गर्नु पर्छ ।

सबैको लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रुपमा भन्नुपर्दा दुवैले उपयुक्त ठानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय ठानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा राखेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित ठानेको भेटिन्छ। यो बेला यौनक्रियाकलापमा संलग्न हुनुको सट्टा एक अर्काको माया, कुराकानी, स्पर्श, अंकमाल गरेर एक अर्काको नजिक हुने गर्नु पर्छ ।

Thursday, December 11, 2014

महिलालाई औंलाले नै शंतुष्ट कसरी पार्ने ?

शिघ्रस्खलनको समस्याले पीडित पुरुषहरु महिलालाई शंतुष्ट पार्न नसकेको ग्लानीले पीडित भएको पाइन्छ । तर लिंगले सन्तुष्ट पार्न नसके पनि लिंग पछि सबै भन्दा राम्रो यौन अंग - औंला - को प्रयोग गरेर पनि महिलालाई सन्तुष्ट पार्न सकिन्छ ।


महिलाको यौन प्रतिक्रिया चक्र

More in Wikipedia - Human sexual response cycle.
मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा बाडिएको छ। १. उत्तेजनाको चरण
२. प्लाटो फेज
३. चरमसुख र
४. रिजोलुसन फेज।

Friday, December 5, 2014

कण्डम प्रयोगका तेह्र टिप्स

पहिला कण्डम प्रयोगका ७ मुख्य टिप्सहरु भिडियो मा हेर्नुयोस त्यस पछि १३ टिप्स पढ्नुहोला:
कण्डम प्रयोगका टिप्सहरु (१३ टिप्स)

१. राम्रो गुण्स्तरको नयाँ कण्डम प्रयोग गर्नुहोस् । प्रयोग गर्नु अघि त्यसको समाप्ती मिति हेर्नुहोस् ।
२. यौन साथीको मुख, योनि वा गुदॄार सम्पर्क राख्नु अघि कण्डम लगाउनुहोस् ।
३. सावधानी पूर्वक कण्डमको प्याकेट खोल्नुहोस् र खोल्नको लागि तिखो सामाग्रीहरु जस्तै कैची वा दाँतको प्रयोग नगर्नुहोस् ¸ ख्याल गर्नुहोस् ।
४. कण्डम लगाउनु भन्दा अगाडि त्यसको टुप्पालाई समातेर हावा बाहिर निकाल्नुहोस् । कण्डममा हावाका फोकाहरु भएको खण्डमा कण्डम च्यातिन वा झर्न सक्छ । यसले स्वखलित पश्चात वीर्यको लागि ठाँउ मिल्दछ अन्यथा फुटन चुहिन सक्छ ।
५. बाहिर पट्टी घुमेको कण्डमको गोलाकार छेउलाई, उत्तेजित लिङग माथिबाट कण्डम छिराउनुहोस् ।
६. कण्डमलाई उत्तेजितलिङगको माथिल्लो भाग देखि तल्लो यौन केश सम्म लगाउनुहोस् ।
७. कण्डम भित्र रहेको हावालाई बिस्तरै बाहिर निकाल्नुहोस् र कण्डम उपयुक्त रुपले सुरक्षित छ भनि जाँच गर्नुहोस् ।
८. विर्य स्खलन पश्चात, तर लिङग नरम हुनु अघि कण्डमको गोलाकार छेउलाई मजबुत ढङगले समातेर र होशियारीका साथ यौनसाथीबाट लिङग निकाल्नुहोस् ।
९. यौन साथीको शरिरबाट निस्कने तरल पदार्थ (योनि रस) को सम्पर्कबाट बच्नको लागि टिष्यू पेपरको प्रयोग गर्नुहोस्, र कण्डमलाई बिस्तारै लिङगबाट निकाल्नुहोस् ।
१०. कण्डमलाई पोको पारेर फोहोर फाल्ने भाँडामा फाल्नुहोस् ।
११. कण्डम पुन: प्रयोग गर्न मिल्दैन । त्यस्तै गरी यदि कण्डम उल्टो लगाएमा र सजिलै तलतिर नझरेमा कण्डम पुन सुल्टो नगर्नु ।
१२. कण्डमहरुलाई चिसो र सुख्खा ठाँउमा राख्नुहोस् । उच्च तापक्रम तथा शरीरको तापले कण्डमलाई कमजोर पार्दछ । त्यसैले वालेट वा पाईन्टको गोजीमा कण्डमलाई हप्तादिन भन्दा बढि नराख्नुहोस् ।
१३. चिल्लो युक्त जेली तथा क्रिमहरु जसतै भ्यास्लीनले कण्डम फुट्न सक्छ । त्यसैले, पानी युक्त लुब्रिकेन्टहरु (मलम) सुरक्षित हुन्छ ।

Wednesday, November 26, 2014

शीघ्रपतन कम गर्न योग बिधी

यस  अघिको शीघ्रस्खलन कम गर्ने ७ तरिका पनि शिघ्र स्खलन कम गर्न सहयोगी हुन्छ !

शीघ्रपतन तीन किसिमले र तीनरूपमा हुन्छः-
१. लिङ्गमा उत्तेजना आएको तत्कालपछि नै वीर्य स्खलित भएर जानु।
२. योनीको लिङ्गसँग र्स्पर्श या साधारण घर्षण हुँदै वीर्य स्खलित भएर जानु।
३. लिङ्ग योनीमा प्रवेश गरेर घर्षण आरम्भ भएको एकैछिनमा वीर्य स्खलित भएर जानु।
लाज नमानी चिकित्सकको उपचार सेवा लिएमा शीघ्रपतनको असन्तोष हटाउन सकिन्छ र सम्भोगको पूर्ण अवधिसम्म लिङ्गमा कडापन राख्दै आफ्नी पत्नीलाई चरम सुखसम्म पुर्‍याई मात्र स्खलित हुन सकिन्छ।
सम्भोगमा समर्थ बन्नका लागि निम्न योग बिधीहरूमा ध्यान दिनु अनिवार्य हुन्छ।

सम्भोग समर्थको योग विधि र उपायहरूः-

(क) उठबस ब्यायाम -  खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस्। यस प्रकार प्रतिदिन ५० देखि १०० सम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस्। यसले कम्मर र खुट्टा बलियो हुन्छ, वीर्यको शुद्धि र वृद्धि हुन्छ। बुढेसकालमा पनि घुँडाहरूमा दुख्ने व्यथा हुँदैन। उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्ण धक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ।
(ख) यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडि तान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै-विस्तारै ५०० सम्म धक्काहरू रोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्ण मैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ।
(ग) सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डल (गुदा र लिङ्ग) लाई पुनः पुनः क्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा (क्रिया) प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ। वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।
(घ) मूल्यबन्ध - अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानको रन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाको कुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याई जनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाई दृढतापूर्वक विस्तारै-विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्ध भन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजना हुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।
(ङ) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासु आपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् र साथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानी रहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएर पेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यस क्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रिया रोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यास गर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यस क्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राको मांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।
(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेला लिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेको छ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीको योनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकी छिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसो गर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमा लिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएर वीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्री अवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। याद राख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्।
(छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सास लिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्त वीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै र दीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमको प्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेर जान्छ र थकाइ पनि लाग्दैन।
(ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २ सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १ देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएर सास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्री योनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।
(फोटो - स्मिता थपलिया) 

Sunday, November 23, 2014

कसिलो योनी - एक भ्रम !

मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष आफ्नो श्रीमती या प्रेमिकाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ । वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यसबारे केही चर्चा गरौँ ।

कसिलो योनी

कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् । महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ ।
 तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँ लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राकक्रीडा, प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, र शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।

Monday, November 10, 2014

सेक्सका ५ अन्धबिश्वास

नेपाली समाजमा सेक्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरै जसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नु पर्ने हुन्छ  । यो पोस्टमा सेक्स बारेमा भएका अन्धबिश्वासहरुको बारेमा जानकारी दिइएको छ ।

अन्धबिश्वास १. योनीमा लिङ्ग प्रवेश नगरेमा गर्भवती हुँदैन

गर्भवती हुन लिंग योनी भित्र छिराउनु नै पर्छ भन्ने छैन । महिलाको योनीको वरिपरी बिर्य झारेमा पनि गर्भवती हुने उत्तिकै सम्भावना हुन्छ । कतिपय महिलाहरूले पछाडी (गुद्वारमैथुन) गरेमा गर्भवती हुँदैन भन्ने सोचेर पछाडी बीर्य झार्ने गर्दछन । बीर्य गतीशील हुने हुनाले योनी भित्र पसेर गर्भवती बनाउन पनिसक्छ भन्ने बारेमा सचेत हुन आबश्यक छ । नीला फिल्महरुमा देखाए जस्तो बीर्य झर्ने बेलामा मात्र लिंग बाहिर निकालेर बीर्यलाई पेटमा झार्दा पनि कहिले काँही गर्भवती हुन सकिन्छ । वीर्यको आयु एक दिनदेखि एक हप्तासम्मको हुने हुनाले, अघिल्लो पटक यौन सम्पर्क गर्दा लिंगमा टाँसिएर रहेको बिर्यले समेत गर्भवती बनाउन सक्छ ।

अन्धबिश्वास २. महिनावारीको बेलामा सम्भोग गर्नु हुँदैन&

महिला महिनावारी भएको बेलामा पनि सेक्स गर्न हुन्छ । यस बेला सम्भोग गर्दा कुनै हानी नोक्सानी हुँदैन । यस्तो बेला योनीबाट रगतले निस्कने हुनाले सरसफाइमा भने बिशेष ध्यान दिनु पर्छ । कयौं अनुसन्धानहरुले महिनावारी भएको बेलामा सेक्स गर्दा झन आनन्द हुने पनि देखाएका छन् ।

अन्धबिश्वास ३. पहिलो पटक सेक्स गर्दा सबै कुमारी केटीहरुको योनीबाट रगत आउछ

योनीमा हुने पातलो झिल्ली पहिलो पटक सेक्समा गर्दा फुट्ने हुनाले योनीमा रगत देखिन सक्छ । तर त्यो झिल्ली फुट्न सेक्सनै गर्नु पर्छ भन्ने चै छैन । सो पातलो झिल्ली साइकल चढ्दा, पौडी खेल्दा, वा दौडिदा पनि फुट्न सक्छ । अझ कतिपय महिलाहरूले हस्तमैथुन गर्दा पनि लिंग आकारका बस्तु योनीमा हालेर झिल्ली फुटाएका पनि हुन सक्छन ।

अन्धबिश्वास ४. एकचोटी मात्रै सेक्स गर्दा गर्भवती  भइदैन

एकै चोटीमा पनि हुन सक्छ। बिर्यको एक कण महिलाको डिम्ब सम्म पुग्यो भने महिला गर्भवती हुन्छिन । टिनएजमा महिलाहरु बढि फर्टाइल हुन्छन् त्यसैले यो बेला सेक्स गर्दा बिशेष साबधानी अपनाउनु पर्छ । सेक्स पछि योनीलाई सरसफाई गर्ने, तातो पानी, चिसो पानी, साबुन, स्याम्पु आदि केहीले धोए पनि गर्भ रोक्न सकिदैन । बीर्य योनी भित्र पसे पछि उफ्रने,दौडने आदि कुनै पनि प्रकारका क्रिया गरे पनि गर्भ रहन रोक्न सकिदैन ।

अन्धबिश्वास ५. महिनावारीको क्यालेण्डर हेरेर सेक्स गर्दा गर्भवती  भइदैन

महिनावारीको क्यालेण्डर र गर्भ सिद्धान्तमा मात्र लागु हुन्छ । कहिले काहिँ महिनावारीको बेलामा सेक्सगर्दा पनि गर्भवतीहुने सम्भावना हुन्छ । यसको कारण बीर्यको आयु एक हप्तासम्म हुने हुनाले सेक्स गरेको दिनमा डिम्ब तयार नभए पनि बीर्य नमर्दै डिम्ब तयार भएर गर्भ रहन पनि सक्छ ।
यसरी जुनसुकै बेलामा पनि कण्डम लगाएर सेक्स गरेमा सरसफाई, यौन रोग बाट बचाउ र अनाबश्यक गर्भ बाट पनि बच्न सकिन्छ । महिनावारी भएको बेलामा सेक्स गर्दा त कण्डमले झन सरसफाइमा पनि सहयोग पुर्याउँछ ।
सुरक्षित सेक्स गर्नुहोस्, रमाइलो गर्नुहोस् !

Sunday, November 9, 2014

वीर्य स्खलन नियन्त्रणका ५ अभ्यासहरु

शिघ्रस्खलन को समस्याको लागि दीर्घकालीन उपचारमा यो अभ्यास सहयोगी हुनसक्छ ।

१. हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्त रोक्ने र यो प्रक्रिया दोहार्‍याउने ।

२. वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती -यौनसाथी सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

३. आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र (योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भए यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

४. वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले यौनसाथी बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिती वा क्षमता हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने ।

५.यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने । यौन सम्पर्क गर्दा नोकरी, खानेकुरा वा अन्य कुनै यौन उत्तेजना कम गर्ने खालको कुराहरू सोच्ने । (कण्डमको प्रयोग गर्दा लिंगको योनीसंग  सिधै घर्षण नहुने हुँदा उत्तेजना कम भएर लामो यौन सम्पर्क गर्दा स्खलन ढिलो पनि हुन सक्छ । तेस्तै यौन सम्पर्क गर्दा उत्तेजना कम हुने कुराहरु सोचेमा पनि  स्खलन हुने समय लम्ब्याउने सकिन्छ ।)

समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ र यसमा यौनसाथीले श्रीमान वा प्रेमीलाई पर्याप्त सहयोग गर्नु पर्ने हुन्छ ।

Tuesday, November 4, 2014

यौन सम्पर्क गर्दा कन्डम फुटे के गर्ने ?

कन्डम फुटे के गर्ने?
हामी सबैलाई थाहै भएको कुरा हो, सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नु पर्छ। कतिपय स्थितिमा कन्डम फुट्नसक्छ। कन्डम फुटेको थाहा भए पनि आत्तिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग मिल्छ।
  1. यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकी लिङ्ग बाहिर निकाल्नुपर्छ। त्यसपछि नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ।
  2. वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ।
  3. कन्डम फुट्नुको कारण र त्यसको सम्भावित असर -जस्तै कि गर्भ रहने वा यौनरोग सर्ने सम्भावनाका बारेमा आफ्नो जोडीसँग विस्तृत रुपमा कुराकानी गर्नुपर्छ।
यौनरोगको डर भएमा डाक्टरकोमा गएर सल्लाह लिनु उचित हुन्छ ! सबै प्रकारका यौनरोगको उपचार हुने हुनाले डर मान्नु पर्ने हुँदैन !



गर्भ रहने सम्भावना भएमा यौन सम्पर्क गरेको ३-५ दिन भित्र महिलाले मर्निग आफ्टर पिल (Morning after pill) खाएमा गर्भ रहने सम्भावना कम हुन्छ ।

Sunday, November 2, 2014

कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहदैन ?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।

गर्भधारणलाई यसरी पनि बुझ्न सकिन्छ :

महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । सामान्यतया महिनावारी शुरु भएको १४ दिन पछि डिम्ब निष्कासन हुन्छ। त्यो बेलामा योनी भित्र जिबित शुक्रकीट भएमा वा डिम्ब मर्नु अगाबै (निस्केको दुई दिन भित्र) शुक्रकीट संग भेट भएमा गर्भ रहन्छ ।

तलको चित्र अनुसार ११औ दिन यौंन संपर्क गरेको बीर्य, डिम्ब निष्कासन हुने १४औँ दिन सम्म जिवितै रहने सम्भावना रहन्छ  तेसैले ११ औँ देखि १५ औँ दिन सम्म यौंन संपर्क गर्दा गर्भ रहन सक्छ ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi2jkftkAwMxf0RUiUqlJsOEtR2mTKdGgkHPxxJvhtef7KxyUWNFdxqoIlw4IzQQlsFQPrNDa9fIJ_DjZKCZ0ivpjGnyezvdIreLY0fjIGaX3mEebnWwHFAkTLABYbaGXXU3I8oG2x4T_Q/s1600/mensural+cycle.jpg

जान्नु पर्ने कुरा:
- डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ
- महिलाको योनी भित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ

सामान्यतः महिनावारी शुरु भएको दिन देखि नवौं दिन सम्म यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।

Saturday, November 1, 2014

पत्नीहरुले डुबाउदैछन् खाडीका‘लाहुरेहरु’लाई

संखुवासभा, मादी मूलखर्कका रत्नमणि अधिकारी पैसा कमाउने सपना बोकेर कतार हानिए। त्यहाँ खटेर कमाएको पैसा घरमा रहेकी श्रीमती निर्मलाका नाममा पठाइदिन्थे। त्यो पैसाले घर फर्किएर सुखका दिन काट्ने सपना थियो उनको। गत वैशाखमा घर आइपुगेका रत्नमणिको त्यो सपना छिनभरमै टुट्यो। पैसा र गहना गरी पाँच लाख रुपैयाँभन्दा बढी कुम्ल्याएर निर्मला हिडिँछन्। त्यसपछि विक्षिप्त बनेका रत्नमणिले घर आएकै रात आत्महत्या गरे। 



श्रीमतीले ढुकुटी खेलाएर १ करोड ५० लाख रुपैयाँ डुबाएपछि इटहरीका मधु राई पागलजस्तो भएका छन्। इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेपछि मधु दम्पती प्रहरी कार्यालय धाउँदै छ। आफूले थाहै नपाई श्रीमतीले गरेको खर्च तिर्न बाध्य छन् मधु।

कोरिया गएका मोरङ, बेलबारीका ज्ञानु कुँवरको सपना पनि श्रीमतीले नै चकनाचुर पारिदिइन्। ज्ञानुले कोरियाबाट करिब ६० लाख रुपैयाँ पठाएका थिए। घर आउँदा श्रीमतीको बास अर्कै युवासँग रहेको देखेपछि ज्ञानुको हंसले ठाउँ छोड्यो। उनी सीधै बेलबारी प्रहरी चौकी पुगे। र, उजुरी दिए। प्रहरीले दुवैलाई राखेर सोधपुछ गर्योु। प्रहरी कार्यालयमा श्रीमतीले ठाडै भनिन् ‘तैँले पठाएको पैसा तेरो सिन्दुर लगाएकै बेला खर्च भयो, कुनै हिसाब छैन, के गर्न सक्छस्?’ श्रीमानले रुँदै पत्रकार सम्मेलन गरेर आफूले कमाएको सम्पत्ति फिर्ताका लागि पहल गरिदिन गुहारे। तर, उनले न्याय पाएनन्।

पुरुषप्रधान भनिने नेपाली समाजका पुरुष पीडित भएका घटना हुन् यी। श्रीमतीले सम्पत्ति लिएर हिँडेपछि लोकलाजका डरले पुरुषहरू पीडा सहेर बस्न बाध्य छन्। दुई वर्षअघि सुर्खेतका आठ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज नामक संस्थामा उजुरी दिएका थिए। गत वर्ष लमजुङमा ४० प्रतिशत पुरुष पीडित हुने गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा गत वर्ष पीडित पुरुषका ११ मुद्दा दर्ता भएका थिए। धरानको महिला सञ्जालले चार वर्षमा १ सय ५० घरझगडाका मुद्दा मिलाएको थियो। तीमध्ये २० वटामा पीडित पुरुष थिए।
 

पछिल्लो समय छोटोबाटोबाट पैसा कमाउन (ढुकुटी खेलाउने, मिटर ब्याजमा पैसा लगाउने आदि) चाहने श्रीमतीका कारण श्रीमान्हरू बढी पीडित हुने गरेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी सञ्जयसिंह थापा बताउँछन्। उनको अनुभवमा ढुकुटी खेल्ने र चक्रवर्ती ब्याजमा पैसा कारोबार गर्ने महिलाहरू सुरुमा श्रीमान्लाई थाहै नदिई यस्तो धन्दा गर्छन् र डुबेपछि श्रीमानले तिर्नुपर्ने गरेका घटना प्रहरीमा आउने गरेका छन्।

धरान महिला सञ्जालकी कोषाध्यक्ष शिला वज्राचार्यका अनुसार धरानका ५० प्रतिशत महिला चक्रवर्ती ब्याजको धन्दामा लागेका छन्। उनी भन्छिन्, ‘आफूले थाहै नपाई श्रीमतीले गरेको कारोबारको ऋण तिर्न नसकेर उठीबास भएका घटना पनि हामीले देखे–सुनेका छौँ।’

साभार  -  शुक्रबार साप्ताहिक

Wednesday, October 29, 2014

पुरुषका १० यौन संवेदशिल अंगहरू

कुनै पनि महिलाले निम्न यौन संवेदशिल अंगहरूमा सहलाएमा वा चुम्बन गरेमा पुरुष उत्तेजित हुने गर्दछन । पुरुषलाई उत्तेजित पार्नु पर्ने भएमा यी अंगहरुलाई बिशेष ध्यान दिएर फोरप्ले गर्दा सफाल भइन्छ ।

Human body

१. घाँटी -  पुरुषहरू महिलाले घाँटीमा चुम्बन गरेको अत्यधिक मन पराउँछन् । यदि पुरुषलाई यौन आकर्षण गराउने हो भने पुरुषलाई उत्तानो पारेर तकियामा टाउको राखी घाँटीको विभिन्न भागमा चुम्बन गरे पुरुषहरू आनन्दित एवं उत्तेजित हुन्छन् ।

Tuesday, October 28, 2014

महिलाका १ दर्जन यौन कामोत्तेजक अंगहरू

प्राय: छाला पातलो हुने अंगहरू बढी  संवेदनशील हुन्छन । पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ ।

१. तिघ्राको भित्री भाग 

महिलाको तिघ्राको भित्री भागको छाला धेरै पातलो हुन्छ उत्तेजक तत्व हुने हुनाले यो भाग अति नै संवेदनशील हुन्छ। तेसैले तिघ्रालाई स्नेहपूर्व सुमसुम्याए वा चुम्बन गरेमा महिलाहरू चाँडो उत्तेजित हुन्छन र यौनसम्पर्कका लागि तयार हुन्छन् ।
Photo - Indian actress Kamalini Mukharji

Monday, October 27, 2014

पुरुषमा शीघ्रस्खलन कम गर्ने ७ तरिका


सबैजसो बयस्क पुरुषले आफ्नो जीवनको कुनै न कुनै आफुले चाहेको भन्दा छिटो बेला वीर्य स्खलन भएको अनुभव गरेका हुनु सामान्य कुरा हो । लिंग योनिमा छिराउनासाथ वा छिराउनुभन्दा पनि अघि नै वा कुनै  घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी हुने  समस्या हो।  जति धेरै पुरुषमा देखिने समस्या भए पनि यो शीघ्र स्खलनको समस्या प्राय: जसो शारीरिक भन्दा पनि बढी मानसिक समस्या नै रहेको पाइन्छ। शीघ्र स्खलनको समस्यालाई कम गर्न के गर्न सकिन्छ भन्ने चर्चा गरौँ:

१. हस्तमैथुन गर्ने
हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने ।  
 
२. चिन्ता  कम गर्ने
कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न सक्दिन किन भन्ने गम्भीर चिन्ता हुनसक्छ। आफ्नो यौन जोडीलाई खुशी पार्ने लोभले चिन्ताबढाउछ र यसले नै झन बढी समस्याकोसिर्जना गर्न पनि सक्छ।  शीघ्र स्खलनको समस्यालाई कम गर्न सबै भन्दा पहिले चिन्ता बाट छुटकारा पाउनु पर्छ ।

३. यौनसम्पर्क गर्दा बेला बेलामा रोक्ने

जब स्खलन होला जस्तो लाग्छ आफ्नो मन अन्तै तिर लगेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि फेरी यौन क्रिया शुरु गर्ने ।यसो गर्दा लामो समय सम्म यौन क्रिडा गर्न सकिन्छ । यस्तो क्रिया गर्न अभ्यास पर्ने हुन्छ । तेस्तो अभ्यास यौन जोडीसंग सम्पर्क गर्दा भन्दा हस्त मैथुन गर्दा सजिलोहुन्छ
कतिपय पुरुषलाई यौन उत्तेजनामा लिङ्गलाई योनिबाट बाहिर झिकेर यौन क्रिया रोक्न गाह्रो हुन्छ भने हस्तमैथुन गर्दा भने हात एक छिन रोक्न सजिलो हुन्छ

४. लिंगको फेदमा समात्ने 

यौन क्रिया गर्दा स्खलन हुन लागेमालिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदमा बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। यसरी स्खलन रोकेर यौन उत्तेजना केही कम भएपछि फेरी यौनक्रिडा सुरु गर्ने।

५. आशन परिवर्तन गर्ने 

यौन क्रिडा गर्दा महिलामाथि पुरुष तल सुतेर यौन क्रिडा गर्दा पनि शीघ्रस्खलन कम भइ लामो समय सम्म यौन क्रिडा गर्न सकिन्छ ।

६. कन्डमको प्रयोग

कन्डमले पनि कतिपय पुरुषलाई शीघ्र स्खलनको समस्या कम गर्छ। योनी र लिंगको बीचमा बस्ने कन्डमले पुरुषमा उत्तेजना कम गरेर लामो समय सम्म यौन सम्पर्क गर्न सहयोग गर्छ ।

७. मांसपेशीको कसरत 
पिसाब रोक्न जुन मांसपेशी प्रयोग हुन्छ सोही मांसपेशीले वीर्य स्खलन रोक्न पनि सहयोग गर्छ। तेसैले बेला बेलामा यो मांसपेशीको कसरत गरे पनि शीघ्रस्खलन कम गर्न सहयोग पुग्दछ । 
 
यी सबै उपायहरु हस्तमैथुन गर्दै प्रयोग गर्ने र वीर्य स्खलन हुन लाग्दा रोक्ने गर्दै प्रयोग गरेरलामो समय सम्म

वीर्य स्खलनलाई नियन्त्रण गर्न सके पछि यौन साथी संग प्रयोग गर्नु पर्दछ । अझ आफ्नो यौन साथीलाई पनि बीर्य स्खलन ढिलो गर्न सहयोग गर्न भनेमा यौन क्रिडामा अझ रमाइलो  र आरामदायी अनुभब लिन सकिन्छ

Friday, May 9, 2014

पुरुषमा बाँझोपन या नपुंसकता कसरी पत्ता लगाउने

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गा-हो हुन्छ । सामान्यत: शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन गा¥हो हुन्छ ।

खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यत: नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।

कुनै मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ ।

खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?
– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन. ।
– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।

Monday, March 17, 2014

मन खुसी राख्न सेक्स

न्युजिल्याण्डको क्यान्टरबरी विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले मानिसलाई खुसी राख्ने उपायको रुपमा सेक्स सदावहार हतियार भएको देखाएको हो ।

मानिसलाई खुसी राख्ने उपायहरु
१. सेक्स
२. मदिरापान
३. स्वयं सेवा
४. योगा
५. बच्चाको हेरचाह
६. संगीतको श्रवण
७. सामाजिक कार्य
८. रुचीको काम गर्नु
९. सपिङ गर्नु
१०. खेल खेल्नु

मोबाइलमार्फत म्यासेज पठाएर जवाफ माग गरी गरिएको सर्भेक्षण अनुसार फेसबुकको प्रयोग, घरायासी काम, अध्ययन, अध्यापन, ज्यालादारी काम तथा कपडा धुने जस्ता काम मान्छेलाई सबैभन्दा मन नपर्ने काम हुन् र यी काम गर्दा मान्छेको मन पटक्कै खुसी हुँदैन ।