Wednesday, June 13, 2018

१० जिवनदान दिने प्राकृतिक ‘एन्टिबायोटिक औषधि’हरु

बजारमा पाइने ‘एन्टिबायोटिक’ औषधीको बिभिन्न साइड इफेक्ट हुन्छन । तर, तिनको सट्टा प्राकृतिक रुपमै पाइने यि खानेकुराले कुनै साइड इफेक्ट नगरि एन्टिबायोटिकले जस्तै काम गर्छन । यिनिहरुमा एन्टिबायोटिकको मात्रा कम हुनाले ढिलो असर गर्ने भए पनि यिनले पनि शरिरमा रोगसँग लड्ने शक्ति बढाउन मद्दत गर्छन।

१. लसुन – लसुनमा ‘एलिसिन’ नामक गरेको एक तत्व पाइन्छ जसले मुटुमा हुने समस्याबाट हामिलाइ बचाउँन मद्दत गर्छ । खालि पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाँदा फाइदा हुन्छ ।

२. मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले हामिलाइ संक्रमण हुनबाट बचाउँछ । कागति पानिमा थोरै मह घोलेर पिंउदा फाइदा हुन्छ।

३. दालचिनि – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरिर भित्र हुने खराव पदार्थ अर्थात toxin लाइ हटाउन मद्दत गर्छ । दालचिनिलाइ तरकारि मा मसलाको रुपमा वा चियामा हालेर पिउँदा पनि फाइदा हुन्छ ।

४. बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले शरिरमा immunity बढाउँन सहयोग पुर्याउँछ । बेसारलाइ तरकारिमा हालेर पकाउनुको बाहेक दुध वा पानीमा हालेर पिउँदा पनि फाइदा हुन्छ । ब्याक्टेरियल इन्फेक्सन भएर घाँटि दुखेको बेलामा एक चम्चा बेसार मुखमा हालेर दुध वा पानिले निल्दा फाइदा गर्छ ।

५. सुन्तला – सुन्तलामा पाइने भिटामिन सी ले पनि रोग प्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।

६. तुलसि – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट हामिलाइ बचाउँछ । तुलसिको पात खाने वा चियामा हालेर पिउदा पनि फाइदा हुन्छ ।

७. अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँन सहयोग गर्छ । अदुवालाई तरकारिमा मसलाको रुपमा वा चियामा हालेर पिउन सकिन्छ ।

८. हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर वा अचार वा तरकारिमा हालेर खान सकिन्छ ।

९. रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ । हरियो खुर्सानिमा हुने भिटामिन सि ले पनि रोगसंग लड्ने क्षमता बढाउँछ ।

१०. प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर वा तरकारिमा हालेर खान सकिन्छ।