Wednesday, July 22, 2015

५ तथ्य, महिला गर्भनिरोधक चक्किको बारेमा (पिल्स)

यौन सम्पर्क पछि गर्भाधारण नहोस भनेर महिलाहरुले प्रयोग गर्ने अस्थाइ परिवार नियोजनका साधन हरु मध्ये सबै भन्दा सुरक्षित र सजिलो गर्भनिरोधक चक्किलाई मानिन्छ। तर सर्बसाधारणमा यसको प्रयोगको बारेमा अन्योल भने रहिरहेको हुनाले सो को निवारण गर्न यो सामाग्रि तयार पारिएको हो । यस्ता कतिपय अन्योलाहरु अन्धबिस्वास मात्र हुन भने अरु चाँही सहि प्रयोग गर्ने जानकारि नहुनुका परिणाम हुन । निम्न भिडियोमा यो बारेमा चर्चा गरिएको छ :

के गर्भनिरोधक चक्कीले साइड इफेक्ट गर्छ? यस्तो औषधिले महिलाको प्रजनन क्षमतामा असर गर्छ ? यि प्रश्नको उत्तर तलका तथ्यले प्रष्ट पार्नेछ:

१. महिलाले प्रयोग गर्ने गर्भनिरोधक चक्कि के हो?

महिलाहरुले खाने गर्भनिरोधक चक्कि सन १९६०को दशकबाट नै प्रयोग हुन थालेको हो । यि चक्किमा सेन्थेटिक हर्मोन प्रयोग गरिएको हुन्छ जसले गर्भ रहन दिदैन। बिश्वभर यस्तो औषधि प्रयोग गर्ने महिलाको शंख्या २० करोड भन्दा बढि रहेको बताइन्छ । नेपालमा सि.आर.यस. कम्पनिले निलोकन र सुनौलो गुलाफ ब्र्यांडका गर्भनिरोधक चक्कि बिक्रि वितरण गर्ने गरेको छ। यि दुइ पिल्सको नाम मात्र फरक हो दुबैमा उस्तै मात्रामा एस्ट्रोजन तथा प्रोजेस्टिन हर्मोनको मिश्रण रहेको हुन्छ।
पिल्समा हुने हर्मोनले हर्मोन असन्तुलित हुने महिलाको हर्मोन सन्तुलित पार्ने कार्य पनि गर्न सक्छ ।

२. के गर्भनिरोधक पिल्स रोक्ने बित्तिकै गर्भ रहन्छ? 

गर्भनिरोधक चक्कीले प्रयोग गर्ने महिलालाइ गर्भाधारण गर्न केही समय ढिलो हुनसक्ने सम्भावना रहन्छ । चक्की सेवन बन्द गर्ने बित्तिकै गर्भ नरहन सक्छ तेसैले, बच्चा जन्माउन इच्छा भएमा पिल्स सेवन बन्द गरेको २ देखि ३ महिनासम्म पनि पर्खनु पर्ने हुन सक्छ । केही महिलाहरुलाइ यो समय ६ महिनासम्म लामो पनि हुन सक्छ ।

३. के गर्भनिरोधक पिल्सले मोटाइन्छ ?

अलि अलि मोटाउनु यस्ता पिल्सको साइड इफेक्ट हुन सक्छ किनकि, यि पिल्समा हुने दुइ मध्ये एउटा हर्मोनले (एस्ट्रोजन हर्मोनले) शरिरलाइ फुलाउने सम्भावना हुन्छ। आजकालका पिल्समा मोटो बनाउने हर्मोनलाइ कम यस्तो समस्या कम गरिए पनि यस्तो साइड इफेक्ट हुदैन भनेर ग्यारेन्टि दिन सकिदैन ।यस्तै पिल्सको प्रयोग शुरुमा गर्दा जिउ सुन्निने, वजन, वान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने आदि साइड इफेक्ट देखिन सक्छन तर यस्तो असर केहि समय पछि नै ठिक हुन्छ । यस्तो समस्या बढिमा तिन महिना हुने डाक्टरहरुले बताउछन ।

४. पिल्सले महिनावारी (रज्श्वाला)मा पनि असर गर्छ ?

पिल्सले महिनावारी हुने समयलाई केहि मात्रामा प्रभावित पार्ने सम्भावना हुन्छ । पिल्सले हर्मोनको असन्तुलनलाइ पनि ठिक गर्ने हुनाले पहिले असन्तुलित भएको रजश्वला चक्रलाइ पिल्सले सन्तुलित बनाइदिने सम्भावना पनि हुन्छ।

५. पिल्स शुरु गर्दा डाक्टरको सल्लाह लिनै पर्छ ?

स्वास्थ्य सम्बन्धि कुनैपनि समस्या नभएका महिलाहरुले डाक्टरलाइ नसोधि पिल्स शुरु गरे पनि हुन्छ । तर, स्वास्थ्य सम्बन्धि समस्या छ छैन भनेर बताउने नै डाक्टर भएको हुनाले डाक्टरसँग परामर्श गर्नु उपयोगि हुन्छ । डायबेटिक्स, हाइपर टेन्सन तथा थाइराइड जस्ता समस्या भएका महिलाले त पिल्स सेवन गर्नुअघि अनिबार्यरुपमा डाक्टरलाइ परिक्षण गर्नु पर्ने हुन्छ। कलेजो र रगत सम्बन्धि समस्या हुने महिलाले पनि डाक्टरको सल्लाह विना गर्भनिरोधक पिल्स प्रयोग गर्नु हुँदैन । अन्य कुनै रोगको उपचारको लागि औषधि सेवन गर्ने महिलाले पनि पिल्स र औषधिले गर्ने असरको बारेमा डाक्टरसंग सल्लाह गर्नु पर्छ ।


No comments:

Post a Comment