Friday, February 12, 2016

HIV त लागेन ?

प्रश्न - हाल म अफगानिस्तानमा काम गर्दै छु । आज भन्दा पाँच दिन अगाडि मैले एक युवतीसंग यौन सम्बन्ध राखेको थिए तर, यौन सम्पर्क को बेला कण्डम भित्र नै फुटेको रैछ पछि मात्रै थाहा भयो । तेस्को भोलिपल्ट लिङ चिलाउने र साना बिमिरा लिङमा देखिन थाल्यो । दुइ दिन पछि ति बिमिरा आफै हराएर गयो र अहिले सबै ठिक छ । तर, मलाइ डर लागि रहन्छ कि मलाइ HIV त भएन भनेर । म के गरौं, कृपय जवाफ दिनुहोला।

HIV को लक्षण देखिन ८-१० बर्ष लाग्छ तेसैले तपाइले दिएको लक्षण HIV लागेको ले होइन ।

तपाइले भने अनुसार ती बिमिरा डराएको कारण ले आएको र अहिले ठिक भएको पनि हुन सक्छ । वा, कुनै यौन रोग सरेर ठिक भएको पनि हुन सक्छ । डाक्टरको मा गएर चेक गर्नु उपयुक्त हुन्छ ।

HIV को बारेमा
AIDS (acquired immune deficiency syndrome) र HIV (Human immunodeficiency virus infection) फरक कुरा हुन । HIV भन्नाले AIDS रोग लगाउने किटाणु शरिरमा पस्नु भन्ने हो । तर, HIV किटाणु शरिरमा हुँदैमा AIDS रोग लागि हाल्दैन । तेसैले HIV परिक्षण गरेर यसको औषधि गरे आ AIDS को रोकथाम गर्न सकिन्छ । HIV किटाणु सरेको चाँडै पत्ता लागेमा आजकाल औषधिले नियन्त्रण गर्न सकिन्छ । ते

सैले एकपटक HIV test गर्नुहोला । Be safe than sorry !! आजकाल घरमै HIV टेस्ट पनि गर्न सकिन्छ । अफगानिस्तानमा पाइन्छ कि पाइदैन त्यो बारेमा भने अनलाइनमा बुझ्नुहोला।