Monday, November 10, 2014

सेक्सका ५ अन्धबिश्वास

नेपाली समाजमा सेक्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरै जसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नु पर्ने हुन्छ  । यो पोस्टमा सेक्स बारेमा भएका अन्धबिश्वासहरुको बारेमा जानकारी दिइएको छ ।

अन्धबिश्वास १. योनीमा लिङ्ग प्रवेश नगरेमा गर्भवती हुँदैन

गर्भवती हुन लिंग योनी भित्र छिराउनु नै पर्छ भन्ने छैन । महिलाको योनीको वरिपरी बिर्य झारेमा पनि गर्भवती हुने उत्तिकै सम्भावना हुन्छ । कतिपय महिलाहरूले पछाडी (गुद्वारमैथुन) गरेमा गर्भवती हुँदैन भन्ने सोचेर पछाडी बीर्य झार्ने गर्दछन । बीर्य गतीशील हुने हुनाले योनी भित्र पसेर गर्भवती बनाउन पनिसक्छ भन्ने बारेमा सचेत हुन आबश्यक छ । नीला फिल्महरुमा देखाए जस्तो बीर्य झर्ने बेलामा मात्र लिंग बाहिर निकालेर बीर्यलाई पेटमा झार्दा पनि कहिले काँही गर्भवती हुन सकिन्छ । वीर्यको आयु एक दिनदेखि एक हप्तासम्मको हुने हुनाले, अघिल्लो पटक यौन सम्पर्क गर्दा लिंगमा टाँसिएर रहेको बिर्यले समेत गर्भवती बनाउन सक्छ ।

अन्धबिश्वास २. महिनावारीको बेलामा सम्भोग गर्नु हुँदैन&

महिला महिनावारी भएको बेलामा पनि सेक्स गर्न हुन्छ । यस बेला सम्भोग गर्दा कुनै हानी नोक्सानी हुँदैन । यस्तो बेला योनीबाट रगतले निस्कने हुनाले सरसफाइमा भने बिशेष ध्यान दिनु पर्छ । कयौं अनुसन्धानहरुले महिनावारी भएको बेलामा सेक्स गर्दा झन आनन्द हुने पनि देखाएका छन् ।

अन्धबिश्वास ३. पहिलो पटक सेक्स गर्दा सबै कुमारी केटीहरुको योनीबाट रगत आउछ

योनीमा हुने पातलो झिल्ली पहिलो पटक सेक्समा गर्दा फुट्ने हुनाले योनीमा रगत देखिन सक्छ । तर त्यो झिल्ली फुट्न सेक्सनै गर्नु पर्छ भन्ने चै छैन । सो पातलो झिल्ली साइकल चढ्दा, पौडी खेल्दा, वा दौडिदा पनि फुट्न सक्छ । अझ कतिपय महिलाहरूले हस्तमैथुन गर्दा पनि लिंग आकारका बस्तु योनीमा हालेर झिल्ली फुटाएका पनि हुन सक्छन ।

अन्धबिश्वास ४. एकचोटी मात्रै सेक्स गर्दा गर्भवती  भइदैन

एकै चोटीमा पनि हुन सक्छ। बिर्यको एक कण महिलाको डिम्ब सम्म पुग्यो भने महिला गर्भवती हुन्छिन । टिनएजमा महिलाहरु बढि फर्टाइल हुन्छन् त्यसैले यो बेला सेक्स गर्दा बिशेष साबधानी अपनाउनु पर्छ । सेक्स पछि योनीलाई सरसफाई गर्ने, तातो पानी, चिसो पानी, साबुन, स्याम्पु आदि केहीले धोए पनि गर्भ रोक्न सकिदैन । बीर्य योनी भित्र पसे पछि उफ्रने,दौडने आदि कुनै पनि प्रकारका क्रिया गरे पनि गर्भ रहन रोक्न सकिदैन ।

अन्धबिश्वास ५. महिनावारीको क्यालेण्डर हेरेर सेक्स गर्दा गर्भवती  भइदैन

महिनावारीको क्यालेण्डर र गर्भ सिद्धान्तमा मात्र लागु हुन्छ । कहिले काहिँ महिनावारीको बेलामा सेक्सगर्दा पनि गर्भवतीहुने सम्भावना हुन्छ । यसको कारण बीर्यको आयु एक हप्तासम्म हुने हुनाले सेक्स गरेको दिनमा डिम्ब तयार नभए पनि बीर्य नमर्दै डिम्ब तयार भएर गर्भ रहन पनि सक्छ ।
यसरी जुनसुकै बेलामा पनि कण्डम लगाएर सेक्स गरेमा सरसफाई, यौन रोग बाट बचाउ र अनाबश्यक गर्भ बाट पनि बच्न सकिन्छ । महिनावारी भएको बेलामा सेक्स गर्दा त कण्डमले झन सरसफाइमा पनि सहयोग पुर्याउँछ ।
सुरक्षित सेक्स गर्नुहोस्, रमाइलो गर्नुहोस् !

No comments:

Post a Comment