Sunday, November 9, 2014

वीर्य स्खलन नियन्त्रणका ५ अभ्यासहरु

शिघ्रस्खलन को समस्याको लागि दीर्घकालीन उपचारमा यो अभ्यास सहयोगी हुनसक्छ ।

१. हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्त रोक्ने र यो प्रक्रिया दोहार्‍याउने ।

२. वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती -यौनसाथी सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

३. आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र (योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भए यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

४. वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले यौनसाथी बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिती वा क्षमता हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने ।

५.यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने । यौन सम्पर्क गर्दा नोकरी, खानेकुरा वा अन्य कुनै यौन उत्तेजना कम गर्ने खालको कुराहरू सोच्ने । (कण्डमको प्रयोग गर्दा लिंगको योनीसंग  सिधै घर्षण नहुने हुँदा उत्तेजना कम भएर लामो यौन सम्पर्क गर्दा स्खलन ढिलो पनि हुन सक्छ । तेस्तै यौन सम्पर्क गर्दा उत्तेजना कम हुने कुराहरु सोचेमा पनि  स्खलन हुने समय लम्ब्याउने सकिन्छ ।)

समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ र यसमा यौनसाथीले श्रीमान वा प्रेमीलाई पर्याप्त सहयोग गर्नु पर्ने हुन्छ ।

No comments:

Post a Comment