Tuesday, November 4, 2014

यौन सम्पर्क गर्दा कन्डम फुटे के गर्ने ?

कन्डम फुटे के गर्ने?
हामी सबैलाई थाहै भएको कुरा हो, सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नु पर्छ। कतिपय स्थितिमा कन्डम फुट्नसक्छ। कन्डम फुटेको थाहा भए पनि आत्तिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग मिल्छ।
  1. यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकी लिङ्ग बाहिर निकाल्नुपर्छ। त्यसपछि नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ।
  2. वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ।
  3. कन्डम फुट्नुको कारण र त्यसको सम्भावित असर -जस्तै कि गर्भ रहने वा यौनरोग सर्ने सम्भावनाका बारेमा आफ्नो जोडीसँग विस्तृत रुपमा कुराकानी गर्नुपर्छ।
यौनरोगको डर भएमा डाक्टरकोमा गएर सल्लाह लिनु उचित हुन्छ ! सबै प्रकारका यौनरोगको उपचार हुने हुनाले डर मान्नु पर्ने हुँदैन !



गर्भ रहने सम्भावना भएमा यौन सम्पर्क गरेको ३-५ दिन भित्र महिलाले मर्निग आफ्टर पिल (Morning after pill) खाएमा गर्भ रहने सम्भावना कम हुन्छ ।

यस्ता औषधीमा नेपालमा पाइने 'कपर टि' पनि एउटा हो ! (अंग्रेजी जान्नेको लागि तल दिइएको चित्र ले यस्ता औषधीको बारेमा बताउँछ - नेपालीमा उल्था गर्न पर्ने भए कमेन्टमा लेख्नुहोस) ।



No comments:

Post a Comment