Sunday, November 23, 2014

कसिलो योनी - एक भ्रम !

मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष आफ्नो श्रीमती या प्रेमिकाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ । वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यसबारे केही चर्चा गरौँ ।

कसिलो योनी

कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् । महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ ।
 तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँ लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राकक्रीडा, प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, र शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।


समय दिएर प्राकक्रीडा गरेर योनीमा लिंग पसाउँदा पनि महिलाले दुखाइ महसुस गर्छन र सम्भोग गर्न मान्दैनन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ । यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

खुकुलो योनी

महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार वा खुकुलो हुन्छ । जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज वा खुकुलो भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ । महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न ।
कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन ।
योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चा जन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो । केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनी सम्बन्धी केही कसरत गर्न सकिन्छ ।

योनी कसिलो बनाउने तरिका 

योनी साच्चिकै कसिलो भएमा यौन क्रिडा गर्दा रमाइलो हुँदैन । तर, योनीको मांशपेशीलाई बलियो बनाउन सकेमा र महिलाले चाहेको बेलामा लिंगलाई दबाव दिन सके यौन क्रिडामा बढी रमाइलो हुन सक्छ । यस हिसाबको कसिलो बनाउन योनीको कसरत गर्नु नै उत्तम उपाय हो ।
  • केगेल कसरत विधिः यौन चिकित्सकहरूले सल्लाह दिने केगेल कसरत बारे बिबरण केही समयमा पोस्ट गरिने छ ।  नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ । यो पढनुहोस -> योनीलाई कसिलो (टाईट) कसरी बनाउने?
  • विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो । यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्‍याउन सक्छन् । यसबारे सचेत हुनु जरुरी छ ।

No comments:

Post a Comment