Saturday, May 16, 2015

साथीसंग यौनका कुरा (कामसुत्रको सुझाब)

के तपाईं पनि आफ्नो प्रेमी/प्रेमिका वा पति/पत्नीबीच संग यौन सम्पर्कका कुरा गर्न लजाउने र डराउने गर्नुहुन्छ? बिभिन्न अध्ययनले कतिपय पति/पत्नी सम्भोग गरे पनि सम्भोगको बारेमा कुनै कुराकानी गर्दैनन । यस्तो हुँदा सम्भोग सम्बन्धी गलत जानकारी र गलत धारणाको बिकास हुन सक्ने डर हुन्छ । जोडी बीचको सम्बन्ध अझ सुन्दर तथा मजबुद बनाउन सम्भोगको महत्वपूर्ण भूमिका भए जस्तै यौन सम्बन्धी कुराकानी र सल्लाह गर्दा पनि जोडी बीचको सम्बन्ध अझ सुन्दर तथा मजबुद हुन्छ ।
पुरातन ग्रन्थ कामसुत्रमा ‘प्रेमको आधार नै सम्भोग हो' भनिएको छ र यसमा स्त्री र पुरुषहरूको शारीरिक संरचना र मनोविज्ञानको बारेमा उल्लेख गरिएको छ । शरीर र मन अलग अलग भएपनि दुवैलाई एक बनाउने आधार नै सम्भोग भएको मानिन्छ । यौन जीवनमा कुनै पनि असन्तुष्टि भएमाआपसी सम्बन्धमा ठुलो समस्या पर्न सक्छ । यस कारण पनि आफ्नो साथीसँग यौनको बारेमा खुलेर कुरा गर्नु अति आवश्यक हुन्छ ।
कामसुत्रमा लेखिएको छ, 'सम्भोगका बारेमा खुलेर कुरा गर्दा तपाईले आफ्नो वैवाहिक जीवनलाई आफ्नो साथीसँगको सम्बन्धमा सामञ्जस्य बनाएर खुशीयाली र रोमाञ्चक बनाउन सक्नुहुन्छ ।' यो पौराणिक ग्रन्थमा सम्भोग बाहेक मानिसको जीवन शैली, एक अर्काको कर्तब्य, गृहकला, नाट्यकला, सौन्दर्यशास्त्र आदिको बारेमा पनि बिस्तृत रूपमा चर्चा गरिएको छ । यौन सम्बन्धी ब्यबशाय - नृत्यकला र वेश्याबृतीको जीबनको बारेमा पनि कामसुत्रको किताब मा चर्चा गरिएको छ । यिनै कुराहरूलाई आधार बनाएर सम्बन्धलाई मजबुत बनाउन आफ्ना यौनसाथीसँग खुलेर कुरा गर्नु सम्बन्ध बलियो बनाउने दिशामा पहिलो कदम हो।

साथीसँग सम्भोगका चर्चा

एउटै आसन भन्दा सम्भोगका बिभिन्न आसनहरूको पर्योग गर्दा यौन सम्पर्कको भिन्दै आनन्द हुन्छ । तर यी आसनमा यौन सम्पर्क गर्नु अघाडी वा गर्ने बेलामा नै दुबैजनाले आफुँले गरेको अनुभब आदानप्रदान गर्नु पर्ने हुन्छ । यसरी आफ्नो साथीसँग यस विषयमा खुलेर कुरा गर्दा सम्भोगको पूरा आनन्द लिन सक्नुहुन्छ । अझ, यौन आसनका बारेमा सही जानकारी एक अर्कामा बाँडन कामसुत्र किताब नै संगै पढ्न पनि सकिन्छ । प्रत्येक आसन, प्रतेक अनुभब, र विषयमा आफ्नो यौनसाथीसँग चर्चा गर्दा यौन जीबन बढी रोचक र बिबिधताले भरिपूर्ण बनाउन सहयोग पुग्छ । रोचकताको साथसाथै तपाईहरू बीचको आत्मियता पनि बढ्न सक्छ ।

एक अर्काको बीचमा विश्वास

सम्बन्धलाई प्रगाढ बनाउन तपाईं र तपाइको यौनसाथी बीचमा विश्वास हुनु एकदमै महत्वपूर्ण हुन्छ । यदि तपाई विवाहित हुनुहुन्छ भने श्रीमान/श्रिमतीसंग र प्रेममा हुनुन्हुन्छ भने प्रेमी/प्रेमिका बीचमा अर्काको विश्वास गर्नुपर्ने हुन्छ । विश्वास संगै आत्मियता र एकअर्काको शुखकोबारेमा बिचार गरिने हुनाले यौन सन्तुष्टिमा पनि यसको असर हुन्छ । एक अर्कालाई पूर्ण रूपमा विश्वास नगरेमा यो अबिश्वासको असर तपाईंहरूको शारीरिक र मानसिक सम्बन्धमा पनि पर्न सक्छ ।

प्रेम भावना

यौन सम्पर्क शारीरिक आबश्यकता भन्दा पनि मानोबैज्ञानिक आबश्यकता पनि हो । जीवनलाई शुखी बनाउने कलाको बारेमा कामसुत्रको किताबमा बिस्तृत चर्चा गरिएको छ पनि। यो ग्रन्थलाई साथमा राखेर अध्ययन गर्नु यौनशुख र मानसिक शुखको लागि पनि लाभदायक हुन्छ । यसर्थ, सम्भोगका बेला मात्रै नभएर जीबनको कुनै पनि कार्यमा साथीको साथ र सहयोग हुँदा सो कार्य सम्पन्न गर्न सजिलो हुन्छ । प्रेमको भावना मन वा हृदयमा मात्रै नभएर शरीरमा पनि हुन्छ ।  तेसैले स्त्री र पुरुषले एक अर्काको मनको साथै शरीरलाई पनि प्रेम गर्नु पर्छ । कामसुत्रका अनुसार 'प्रेमको सुरुवात नै शरीरबाट हुन्छ ।'

No comments:

Post a Comment