यौन सम्पर्क पछि गर्भाधारण नहोस भनेर महिलाहरुले प्रयोग गर्ने अस्थाइ परिवार नियोजनका साधन हरु मध्ये सबै भन्दा सुरक्षित र सजिलो गर्भनिरोधक चक्किलाई मानिन्छ। तर सर्बसाधारणमा यसको प्रयोगको बारेमा अन्योल भने रहिरहेको हुनाले सो को निवारण गर्न यो सामाग्रि तयार पारिएको हो । यस्ता कतिपय अन्योलाहरु अन्धबिस्वास मात्र हुन भने अरु चाँही सहि प्रयोग गर्ने जानकारि नहुनुका परिणाम हुन । निम्न भिडियोमा यो बारेमा चर्चा गरिएको छ :
के गर्भनिरोधक चक्कीले साइड इफेक्ट गर्छ? यस्तो औषधिले महिलाको प्रजनन क्षमतामा असर गर्छ ? यि प्रश्नको उत्तर तलका तथ्यले प्रष्ट पार्नेछ:
पिल्समा हुने हर्मोनले हर्मोन असन्तुलित हुने महिलाको हर्मोन सन्तुलित पार्ने कार्य पनि गर्न सक्छ ।

१. महिलाले प्रयोग गर्ने गर्भनिरोधक चक्कि के हो?
महिलाहरुले खाने गर्भनिरोधक चक्कि सन १९६०को दशकबाट नै प्रयोग हुन थालेको हो । यि चक्किमा सेन्थेटिक हर्मोन प्रयोग गरिएको हुन्छ जसले गर्भ रहन दिदैन। बिश्वभर यस्तो औषधि प्रयोग गर्ने महिलाको शंख्या २० करोड भन्दा बढि रहेको बताइन्छ । नेपालमा सि.आर.यस. कम्पनिले निलोकन र सुनौलो गुलाफ ब्र्यांडका गर्भनिरोधक चक्कि बिक्रि वितरण गर्ने गरेको छ। यि दुइ पिल्सको नाम मात्र फरक हो दुबैमा उस्तै मात्रामा एस्ट्रोजन तथा प्रोजेस्टिन हर्मोनको मिश्रण रहेको हुन्छ।